२१ औं शताब्दीमा तपाईंलाई स्वागत छ।
1. जहाँ याैन सम्बन्ध राख्नु नि:शुल्क छ, तर साँचो प्रेम महँगो छ।
2. जहाँ आफ्नो कुमारित्व गुमाउनुभन्दा फोन हराउनु धेरै पीडादायी हुन्छ।
3. जहाँ आधुनिकता भनेको नग्नता हो।
4. जहाँ तपाईं धूम्रपान र मद्यपान गर्नुहुन्न भने तपाईं आधुनिक फेसनबाट बाहिर हुनुहुन्छ।
5. जहाँ केटाकेटीहरूले अन्य केटाकेटीहरूलाई जिस्क्याने र नकारात्मक टिप्पणीहरू गर्नु सामान्य कुरा हाे।
6. जहाँ तपाईं आफ्नो साथी र जीवन साथीलाई धोका दिन सक्नुहुन्न भने तपाईं स्मार्ट वा चलाख हुनुहुन्न।
7. जहाँ बाथरुम फोटो स्टुडियो बनेका छन।
8. जहाँ धार्मिक स्थनहरू डेटिङ प्वाइन्ट बनेका छन।
9. जहाँ परमेश्वरलाई सम्झन र उहाँको आराधना गर्न गाह्रो छ।
10. जहाँ झूट नै यथार्थ बन्छ।
11. जहाँ महिलाहरु H.I.V. भन्दा बढी गर्भ रहला कि भनेर डराउँछन।
12. जहाँ आपतकालीन प्रतिक्रियाभन्दा पिज्जा डेलिभरी र अनलाइन सामान डेलिभरी छिटो छ।
13. जहाँ मानिसहरू विषाक्त हुन्छन, जब तपाइँले उनीहरूलाई सत्य कुरा बताउनुहुन्छ या पश्चाताप गर्न र परिवर्तन हुन अनुरोध गर्नुहुन्छ।
14. जहाँ पहिरिने कपडाले एक व्यक्तिको स्तर र मूल्य निर्धारण गर्दछ।
15. जहाँ परिवार र साथीभाईभन्दा पैसा महत्त्वपूर्ण हुन्छ।
16. जहाँ युवाहरू आफ्नो केही पलको मायाको लागि आफ्नो परिवार छोड्न तयार हुन्छन।
17. जहाँ युवाहरू विवाहसँग डराउँछन, तर यौन सम्बन्ध राख्न मन पराउँछन।
18. जहाँ प्रेम एक खेल हो। जसले दिमागसँग खेल्छ, त्यसले सधै खुशी पाउँछ र मनसँग खेल्नेले सधै दुःख मात्रै पाउँछ।
19. जहाँ मानिसहरू परमेश्वरको डर भन्दा धेरै आतंकवादी र अपराधीहरूको डरले मर्छन।
20. जहाँ मानिसहरूले आत्मा र प्राणको ख्याल गर्न बिर्सिए, तर केबल आफ्नो शरीरको मात्रै ख्याल र प्रशंसा गर्ने निर्णय गरे।
* यी सबै अस्वभाविक व्यवहारहरू संसारकाे अन्त्यको दिनकाे चिन्हहरू हुन।
यसकारण लेखिएको छ,
“तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्दा समयहरू आउनेछन। किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको नगर्ने, बैगुनी र अपवित्र, स्वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, विश्वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्वरलाई भन्दा सुख-विलासलाई प्रेम गर्ने, भक्तिको भेषचाहिँ लिने, तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन। यस्ता मानिसहरूबाट अलग्ग बस।” [२ तिमोथी 3:1-5]
“दुष्टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। तर आखिरसम्म स्थिर रहनेचाहिँ बचाइनेछ।” [मत्ती 24:12-13]
Sources :
1. https://steemit.com/welcome/@francisxxx/welcome-to-the-21st-century
2. https://www.linkedin.com/pulse/welcome-21st-century-vipin-tyagi
.jpg)
No comments:
Post a Comment