1. येशूले नरकमा विश्वास गर्नुभयो। (मत्ती २३:१५, ३३)
* नयाँ नियममा “नरक” १२ पटक पाइन्छ।
* १२ मध्ये ११ पटक येशूद्वारा बोलिएको थियो।
2. युहन्ना बप्तिष्मा दिनेवालाले नरकमा विश्वास गरे। (मत्ती ३:१२)
3. पावलले नरकमा विश्वास गरे। (२ थेसलोनिकी १:७-९)
4. युहन्नाले नरकमा विश्वास गरे। (प्रकाश २१.८)
5. तड्पिने स्थानमा धनी मानिसले नरकमा विश्वास गर्यो। (लूका १६:१९-३१)
6. भजन लेखकले नरकमा विश्वास गरे। (भजन ९:१७)
7. यशैयाले नरकमा विश्वास गरे। (यशैया १४:१५, ३०:३३)
8. भुतहरूले पनि नरकमा विश्वास गरे। (मत्ती ८:२९)
के त्यहाँ साँच्चै नरक छ? बाइबलीय जवाफ हो, “छ”!
यसकारण लेखिएको छ,
“तर राज्यका सन्तान बाहिरी अन्धकारमा फालिनेछन। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन।”
[मत्ती ८:१२]
“किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो।”
[रोमी ६ः२३]

No comments:
Post a Comment