एकपटक परमेश्वरको एक स्वर्गदूत जीवनको पुस्तक लिएर उभिएका थिए, जसमा स्वर्गमा प्रवेश गर्नेहरूको नाम लेखिएको थियोे।
त्यहाँ एकजना मानिस पनि थिए, जसको नाम त्यो पुस्तकमा लेखिएको थिएन। याे कुरामा भने उनी सहमत थिएनन, किनकि उनले संसारमा राम्रो जीवन बिताएका थिए भनेर उनले विश्वास गर्थे।
अन्तमा उनले स्वर्गदूतलाई सोधे, “के त्यो पुस्तकमा पावलको नाम छ?”
स्वर्गदूतले भने, “छ।”
त्यसपछि त्यो मानिसले जवाफ दियो, “पावलले भनेका थिए कि ‘म पापीहरूमा सबैभन्दा मुख्य हुँ’, त्यसोभए तपाईंले त्यहाँ उनको नाम कसरी लेख्नुभयो?”
तब स्वर्गदूतले जवाफ दिए, “हो, यो सत्य हो कि पावल पापीहरूमा सबैभन्दा मुख्य थिए, तर उनी पापी हो भनेर स्वीकार गर्नमा इमानदार थिए। तर तिमीले पृथ्वीमा कहिल्यै ‘म पापी हुँ’ भनेर स्वीकार गरेनौं, र यहाँ पनि तिमीले स्वीकार गरिरहेका छैनाैँ।”
* स्वर्ग असल मान्छेले भरिदैन, तर इमानदार मान्छेले भरिएको हुन्छ!
* असल मानिसहरू स्वर्ग जाँदैनन, तर क्षमा गरिएका मानिसहरू मात्रै स्वर्ग जानेछन!
यसकारण लेखिएको छ,
“किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।”
[रोमी 10:9]
“यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन।
यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।”
[१ यूहन्ना 1:8-9]
“ख्रीष्ट येशूमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रा प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लिआयो।
यो वचन हरप्रकारले ग्रहणयोग्य छ, कि पापीहरूलाई उद्धार गर्न येशू ख्रीष्ट संसारमा आउनुभयो, र पापीहरूमा म सबैभन्दा मुख्य हुँ।
तर यसकारण मैले कृपा पाएँ, कि पापीहरूमा सबैभन्दा मुख्य भएर पनि मद्वारा येशू ख्रीष्टले आफ्नो असीम धैर्य प्रकट गर्न सकून्, ताकि उहाँमाथि विश्वास गरेर अनन्त जीवन पाउनेहरूका लागि म एउटा उदाहरण बन्न सकूँ।”
[१ तिमोथी 1:14-16]
Sources :
101 Bible Lessons by E.D. Chelladurai, Page No. 294, Originally published in English as 101 Bible Lessons in 2009 by Authentic Books.
First Hindi edition 2010, 5th Reprint 2018.

No comments:
Post a Comment