Sunday, February 26, 2023

मुक्ति के हाे ?

 




मुक्ति एउटा यस्तो विषय हाे, जसलाई बुझ्न र पाउन आज सारा संसारका मानिसहरूले कठाेरभन्दा कठाेर मेहनत, परिश्रम र कामहरू गरिरहेका छन।


संसारले मुक्तिकाे साँचो ज्ञान नपाएका हुनाले यसलाई प्राप्त गर्न अनेकौं तरिकाहरू अपनाई रहेका छन। यसको निम्ति कसैले ज्ञान मार्ग, कसैले धर्म मार्ग, कसैले कर्म मार्ग अपनाई रहेका छन। कसैले आफ्नाे गुरूलाई खुशी बनाएपछि मुक्ति पाइन्छ भनेर आ-आफ्नो गुरूहरूलाई खुशी पार्ने प्रयास गरिरहेका छन।


साथै, दु:खकाे कुरा आज अनेकौं मण्डली पनि मुक्ति पाएको र मुक्तिकाे परिभाषा जानेकाे भनी घमण्ड गरिरहेका छन, तर वास्तवमा तिनीहरूलाई थाहा छैन। जसको कारण अनगिन्ती गलत शिक्षाहरू मण्डली भित्र घुसिसकेका छन। उदाहरण : यहाेवाका साक्षीहरू।


यहाेवाका साक्षीहरूकाे विश्वास अनुसार मुक्ति भनेको “Watch Tower” प्रती आज्ञाकारीता र परमेश्वरकाे इच्छा बुझ्ने एउटा प्रक्रिया हो। Watch Tower पत्रिका पढ्नु नै परमेश्वरकाे इच्छा बुझ्नु हाे। मानिसले आफ्नाे उद्दारकाे लागि Watch Tower भित्र रहेर परिश्रम गर्नु पर्दछ, तब मुक्ति पाईन्छ भनी तिनिहरूले सिकाउने गर्छन।


* Watch Tower भनेकाे यहाेवाका साक्षीहरूकाे पुरानाे नाम हाे, अहिले त्याे नामबाट मासिक रूपमा पत्रिका प्रकाशित गर्दछन। त्यसको नेपाली संस्करण “प्रहरी धरहरा” पत्रिका हाे। याे पत्रिकामा तिनीहरूको आफ्नो शिक्षा र सिद्धान्तहरू प्रकाशित गर्छन।


यहाेवाका साक्षीहरूकाे बिश्वास अनुसार मुक्तिकाे तीन तहहरू छन,

१) Publisher Salvation

पव्लिसर उद्दार, जसकाे लागि हरेक महिना 10 घण्टा घर-घरमा गएर प्रचार गर्नु पर्दछ।

२) Pioneer Salvation

पायाेनियर उद्दार, जसकाे लागि हरेक महिना 90 घण्टा घर-घरमा गएर प्रचार गर्नु पर्दछ।

३) Special Pioneer Salvation

स्पेशल पायाेनियर उद्दार, जसकाे लागि हरेक महिना 140 घण्टा घर-घरमा गएर प्रचार गर्नु पर्दछ।


यसको अर्थ याे हुन्छ कि तपाईं जति धेरै प्रचार गर्न जानुहुन्छ, त्यति नै धेरै उद्दारकाे निश्चयता हुँदछ। त्यसैले तिनिहरूले हरेक समयकाे हिसाब राखेका हुन्छन, र याे रेकर्ड हरेक हप्ता Watch Tower मा पठाउँछन, त्यसपछि त्यहाँबाट पाप क्षमाकाे एउटा प्रमाण-पत्र पनि पाउँछन।


जब काेहि ब्यक्ति Watch Tower देखि बाहिर निस्कन्छ, तब तिनिहरूकाे सबै रेकर्डहरू नष्ट पारिन्छ र मुक्ति पनि गुमाउनेछ, र आफ्नाे परिवार, छाेरा-छाेरीहरू पनि गुमाउनेछन। त्यसैले यहाेवाका साक्षीहरूलाई Watch Tower देखि अलग हुन निकै कठिन हुन्छ। यसरी त्यहाँ बिश्वासीहरूलाई यी बन्धनहरूले बाँधेर राखिएकाे हुन्छ। त्यसैले तिनिहरूलाई आफ्नाे उद्दार कहिले गुम्ने हाे, त्याे पनि थाहा हुँदैन।


साथमा यहाेवाका साक्षीहरूकाे अनुसार, हरेक मानिसले मृत्युपछि पनि आफ्नाे पाप क्षमा (मुक्ति) पाउनकाे लागि दाेस्राे माैका पाउनेछन। 1000 बर्षकाे राज्यमा मानिसहरू जीवित हुनेछन, त्यस समयमा मानिसहरूले आफ्ना पापहरूकाे क्षमाकाे निम्ति पश्चात्ताप गर्न सक्छन, भनी भन्छन। हेर्नुहाेस त शैतानकाे चातुर्यता र धाेका!


यी त केवल मण्डली भित्रकाे प्रतिनिधि शिक्षा मात्रै हाे। कतिपय मण्डलहरूले त एकपटक मुक्ति पाएपछि त्याे पाएको मुक्ति कहिल्यै गुम्दैन भनेर आफ्नै सिद्धान्त पनि बनाईसकेका छन। तर बाइबल मुक्तिकाे बारेमा स्पष्ट छ, बाइबलले मुक्तिलाई तीन चरणमा विभाजन गरेको छ।

1. मुक्ति पाए।

2. मुक्ति पाइरहेको छु।

3. मुक्ति पाउनेछु।


1. मुक्ति पाए (Saved)

[एफेसी 2:8-9, तीतस 3:5, राेमी 5:10]

याे मुक्तिकाे पहिलो चरण हाे, जसलाई धर्मीकरण पनि भनिन्छ। मलाई विगतबाट बचाइएको छ, अर्थात पापको दण्डबाट मलाई बचाइएको छ। यसलाई येशू ख्रीष्टमाथि विश्वासद्दारा नि:शुल्क प्राप्त गर्न सकिन्छ। याे चरणका व्यक्तिहरूलाई विश्वासी भनिन्छ। आज धेरै ख्रीष्टियनहरू यसैमा नै सन्तुष्ट छन र हुन्छन।


2. मुक्ति पाइरहेको छु (Being Saved)

[फिलिप्पी 2:12, फिलिप्पी 1:6, याकुब 1:21, राेमी 8:13]

याे मुक्तिकाे दाेस्राे चरण हाे, जसलाई पवित्रीकरण पनि भनिन्छ। म वर्तमानमा बचाइरहेको छु, अर्थात म पापको शक्तिबाट मुक्ति पाइरहेको छु। याे निकै महँगो छ, यसकाे निम्ति मुल्य चुकाउनु पर्नेछ। याे चरणका व्यक्तिहरूलाई चेला भनिन्छ। चेला बन्न थुप्रै मुल्य चुकाउनु पर्ने हुन्छ। (लुका 9:23, 14:26,33, यशैया 55:1)


3. मुक्ति पाउनेछु (Shall Be Saved)

[राेमी 5:10, फिलिप्पी 1:6, 3:20-21, 1 युहन्ना 3:2-3]

याे मुक्तिकाे तेस्रो तथा अन्तिम चरण हाे, जसलाई महिमीकरण पनि भनिन्छ। म भविष्यमा पनि बचाइनेछु, अर्थात म पापको उपस्थितिबाट मुक्त हुनेछु। त्यस समय हामी परमेश्वरकाे आमने-सामने हुनेछौं र हाम्रो शरीरहरू महिमापूर्ण हुनेछ।





* तपाईं मुक्तिकाे कुन चरणमा पुग्नुभएको छ ?


मुक्ति जीवन रहुन्जेलसम्म चलिरहने प्रक्रिया हाे, याे एकै दिनमा र एकै पटकमा पुर्ण हुँदैन। येशू ख्रीष्टमाथि विश्वास गरेर हामी धर्मी ठहरिएका छाैँ, र याे मुक्तिकाे पहिलो चरण हाे। त्यसपछि हामी दाेस्राे चरण पवित्रकरण तर्फ अघि बढ्नुपर्छ, र यहाँ धेरै विश्वासीहरू चुक्छन। यस समयमा हामीले पवित्र आत्माकाे मद्दतद्दारा हाम्रो शत्रुहरू पाप, शरीर, संसार र शैतानसँग लड्दै विजय प्राप्त गर्दै जानुपर्ने हुन्छ। यदि हामीले यी शत्रुहरूमाथि विजय हुँदै पवित्रता तर्फ अगाडि बढेनाैँ भने विस्तारै-विस्तारै त्यसैले हामीलाई कब्जा गर्दै लानेछ, र अन्तमा पवित्र आत्मा शाेकित भएर छाेडेर जानुहुनेछ, तब त्यसको निम्ति कुनै आशा रहनेछैन (हिब्रू 10:26-2, 6:3-6, 2 पत्रुस 2:20-22, कलस्सी 3:6)। र महिमाकरण त हाम्रो मृत्युपछि परमेश्वरले दिने महिमा हाे, जाे पाप, शरीर, संसार र शैतानसँग लड्दै विजय प्राप्त गरेर जयवन्त जीवन बिताएका हुन्छन।


के येशू ख्रीष्टमाथि विश्वास गरेर धर्मी ठहरिएकाहरू स्वर्ग जाँदैनन ? पक्का जानेछन, जसरी क्रुसमा येशूसँग टाँगिएको एउटा चाेर विश्वासद्दारा स्वर्ग गयाे, तर धर्मी ठहरिएपछि पनि माैका या समय मिल्दा-मिल्दै पवित्रकरणतर्फ अघि बढेन भने एकदिन शत्रुले त्यसलाई पक्कै पुनः कब्जा गर्नेछ। तब पापले कब्जा गरेको विश्वासी कसरी स्वर्ग जान सक्ला ?


मुक्तिका यी तीन अवस्थाहरू नबुझेर या मुक्तिका सबै अवस्थालाई एकै ठाउँमा राख्न खाेज्दा मण्डलीमा अनगिन्ती गलत शिक्षाहरू उत्पन्न भएका छन।


यदि तपाईं पनि बाइबलकाे साँचो मुक्तिकाे क्रमलाई बुझ्न चुक्नुभयाे भने अनगिन्ती मुक्तिकाे गलत अर्थ्याइकाे शिक्षाहरूमा फस्नुहुनेछ। शैतानकाे एउटै उद्देश्य याे छ कि आज कसैले मुक्तिकाे साँचो अर्थ नबुझाेस, तब सबै उसैको हुनेछन।


यसकारण लेखिएको छ,

“किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि।” [रोमी 1:16]


“म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन।

म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक।” [एफिसी 1:17-18]


“तर धर्मी मानिसले आफ्‍नो धार्मिकतालाई त्‍यागेर पाप गर्छ, र दुष्‍ट मानिसले गरेका घिनलाग्‍दा कामहरू गर्छ भने, के त्‍यो बाँच्‍नेछ र? त्‍यसले अघि गरेको कुनै पनि धर्मको कामको सम्‍झना हुनेछैन। त्‍यसको अविश्‍वास र त्‍यसले गरेका पापको कारणले त्‍यो मर्नेछ।” [इजकिएल 18:24]


“यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञापालन गरेका छौ, मेरो उपस्‍थितिमा मात्र गरेजस्‍तो होइन, तर अब झन बढ़ी मेरो अनुपस्‍थितिमा डर र कम्‍पसाथ तिमीहरूको आफ्‍नो मुक्तिको काम पूरा गर्न परिश्रम गर।” [फिलिप्पी 2:12]


स्मरण रहाेस! मुक्तिकाे बारेमा यी दुई महत्त्वपूर्ण तथ्यहरू :
1. परमेश्वर तर्फबाट मुक्ति कहिल्यै गुम्दैन, किनकि याे अनन्त छ।
2. तर मानिस तर्फबाट भने मुक्ति गुम्न सक्छ, यदि उसले विश्वासद्दारा धर्मि ठहरिएर समय र माैका मिलेर पनि परमेश्वर वचन, इच्छा र याेजना अनुसार जीवन छैन, र पाप, शरीर, संसार र शैतानमाथि विजय प्राप्त गरेको छैन।

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...