येशू ख्रीष्ट मात्रै अन्तिम आदम हुनुहुन्छ । किनकि येशू ख्रीष्ट यस संसारमा सम्पूर्ण मानव जातीकाे पापकाे प्रयाश्चितकाे निम्ति बलिदान हुनुभयो । उहाँमा मात्रै उद्दार, पाप क्षमा र अनन्त जीवन छ ।
तर आज यस संसारमा अनगिन्ती मानिसहरूले आफुलाई उद्दारकर्ता मसिहकाे रूपमा प्रस्तुत गरेका छन ।
येशू ख्रीष्ट नै अन्तिम आदम भएको कारण अब कुनै उद्दारकर्ताकाे आवश्यकता छैन । अन्तिमकाे अर्थ "येशू ख्रीष्ट पछि अरू कुनै उद्दारकर्ता छैन", "फेरि अर्को उद्दारकर्ता आउन जरुरी छैन" भन्नू हाे, "येशू ख्रीष्टमा नै पुर्ण उद्दार छ" र "उहाँ एक मात्रै साँचो उद्दारकर्ता हुनुहुन्छ" भन्नू हाे ।
यसैले अब कसैले येशू ख्रीष्ट बाहेक अरू कसैलाई या स्वयं आफैलाई उद्दारकर्ता (मसिह) भन्छ भने त्यो झुठो हाे । यदि येशू ख्रीष्टपछि पनि कुनै उद्दारकर्ता (मसिह) आउने भए, सायद “अन्तिम आदम” लेखिदैँन थियो हाेला !
यसकारण यस्तो लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राणी भयो। अन्तिम आदम जीवन दिने आत्मा भयो।” [१ कोरिन्थी 15:45]
“तर जसरी सर्पले आफ्नो चलाकीले हव्वालाई छल्यो, त्यसरी नै ख्रीष्टप्रतिका तिमीहरूको निष्कपट र चोखो भक्तिबाट तिमीहरूका विचारहरू भ्रममा पर्छन कि भनेर मलाई डर लागेको छ।” [२ कोरिन्थी 11:3]

No comments:
Post a Comment