Tuesday, January 3, 2023

आफ्नो लागि मर्नुकाे अर्थ के हाे ?

 


1. जब तपाईलाई सबैले बिसर्न्छन अथवा तपाईलाई ध्यान दिँदैनन वा जानी जानी तिरस्कार गर्छन र तपाईलाई नदेखे झैँ गर्छन र तपाईलाई अत्यन्त पीडा र बेइज्जती गरेर दु:ख दिन्छन वा त्यस्तो कष्टको महसुस हुन्छ तर पनि तपाई आफु ख्रीष्ट येशूकाे साथ दुःख उठाउने सौभाग्य पाएँ भन्दै आत्मामा खुशी, आनन्दित हुनुहुन्छ भने,

यही हाे आफुलाई मारेको अनुभव !


2. जब तपाईंको राम्रो पक्षलाई खराब भनिन्छ, जब तपाईका शुभकामनालाई स्विकार गरिदैनन, तपाईको सल्लाहतिर कसैले ध्यान दिइदैन, तपाईका बिचारहरू उपेक्षा गरिन्छ र तपाईं आफैले आफ्नो मनमा उठ्ने रिसलाई मार्नुहुन्छ, यहाँ सम्म कि तपाईं तपाईंले अाफ्नाे तर्फबाट स्पष्टीकरण दिने प्रयास पनि गर्नुभएन, तर यी सबैमा सहनशीलता देखाउँदै चुपचाप प्रेममा सहनुभयाे भने,

यो हो स्वयंलाई मारेको अनुभव !


3. यदि तपाईले कुनै अव्यवस्था, अनियमितता र असमयमा हुने कार्यलाई या कुनै प्रकारको प्रतिकूल अवस्थालाई धैर्यवान प्रेममा सहनुहुन्छ । जब तपाई व्यर्थता, मुर्खता, अति व्यय(खर्च), आत्मीक अज्ञानताको सामना गर्नुहुन्छ र जसरी येशूले सहनुभयो त्यसैगरी तपाई पनि सहनुहुन्छ, 

यही हो आफैलाई मारेको अनुभव !


4. जब आपसमा कुरा गर्दै गर्दा तपाईको कुरालाई कसैले ध्यान दिँदैन, तपाईको असल कामको प्रशंसा गरिदैन वा मानिसहरूबाट प्रशंसा पाउने मन लाग्दैन, मानिसहरूले तपाईलाई नचिने झैँ गर्दा पनि तपाई खुशी रहनुहुन्छ,

यही हो स्वयंलाई मारेको अनुभव !


5. जब तपाई परमेश्वरको इच्छा अनुसार कुनै प्रकारको भोजन, कुनै पनि कपडा, जस्तो सुकै वातावरण, कुनै पनि प्रकारको समाज, एक्लो अवस्था, कुनै पनि प्रकारको अवरोध आउँदा पनि खुशी र सन्तुष्टीको साथ सहन वा सामाना गर्नका लागि तयार हुनुहुन्छ भने,

यही हो आफैलाई मारेको अनुभव !


6. जब तपाईको आवश्यकता पुरा भइरहेको छैन, तपाईको हालत दयनीय छ, तर तपाईको नजिकको भाइको आर्थिक अवस्था बढ्दैछ, उसको सबै आवश्यकता पूरा हुँदैछ, तब तपाईको मनमा डाह नभई बरू परमेश्वरसँग आफ्नो भाइले पाएको आशिषहरूको लागि उसको साथ आत्मामा आनन्द गर्न सक्नुहुन्छ भने,

यही हाे आफैलाई मारेको अनुभव !


7. जब तपाई भन्दा सानो व्यक्तिले तपाईको गल्ती देखाउँदै सुधार गर्ने सुझाव दिने समयमा तपाई विनम्र मनले उसको कुरालाई स्वीकार गर्न तयार हुनुहुन्छ र त्यस व्यक्तिको विरूद्ध मनमा कुनै घृणा या मनमुटाव आउन दिनुहुन्न भने,

- यही हो स्वयंलाई मारेका अनुभव !


* के तपाईं आफ्नो लागि मर्नु भएको छ ?


यसकारण लेखिएको छ ;

“उहाँ सबैका निम्‍ति मर्नुभयो, ताकि बाँच्‍नेहरू अब उसो आफ्‍नै निम्‍ति बाँच्‍ने होइन, तर उहाँको निम्‍ति बाँचून, जो तिनीहरूका खातिर मर्नुभयो, र फेरि जीवित पारी उठाइनुभयो।”

[२ कोरिन्थी 5:15]


लुका 9:23, युहन्ना 3:30, गलाती 2:20-21, गलाती 5:24-25, 1 कोरिन्थी 15:31



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...