एकपटक, एकजना बैज्ञानिकले आफ्नाे घरकाे प्रयोगशालामा केही विषयमा अनुसन्धानकाे लागि सुर्य र त्यसको उपग्रहहरूकाे एउटा अचम्मको र अति सुन्दर नमुना बनाएर सम्पन्न गर्दै थिए ।
त्यसै समय तिनका एकजना नास्तिक (सृष्टिकर्ता परमेश्वर छैन भन्ने विचार राख्ने व्यक्ति) वैज्ञानिक साथी अचानक तिनको घरमा आए, र ती वैज्ञानिकले बनाएको ग्रहहरूकाे नमुनालाई देखेर अचम्म मान्दै भने, “वाह, यति सुन्दर ग्रहहरूकाे नमुना कसले बनाएको हाे ?”
तब ती बैज्ञानिकले भने, “याे कसैले बनाएको हाेईन, तर आफै बनेको हाे ।”
फेरि ती नास्तिक साथीले भने, “मजाक नगर न, मलाई यति बेवकुफ पनि नसम्झ !”
बैज्ञानिकले भने, “हाे साँच्चै, यसलाई कसैले बनाएको हाेईन, तर याे त आफै नै बनेको हाे !”
तब फेरि ती नास्तिक साथीले भने, “हाेईन, म कसरी मानु कि यति सुन्दर ग्रहहरूकाे नमुना आफै बन्यो भनेर ?”
त्यसपछि ती बैज्ञानिकले पुनः जवाफ दिएर भने,
“हाे, मैले पनि तिमीलाई यही कुरा सम्झाउन खाेजेकाे थिए.. जब तिमीले याे ग्रहहरूकाे नमुना हेरेर यसलाई बनाउनेवाला छ भनेर विश्वास र तर्क गर्छाै भने, यति विशाल आकाशमण्डल, जाे अति व्यवस्थित, क्रमबद्द र अति सुन्दर छ.. के याे पनि कुनै सृष्टिकर्ता विना आफै बन्याे हाेला भनेर कल्पना गर्न सक्छौ र ?”
यस जवाफले ती नास्तिक वैज्ञानिककाे समझ खुल्यो र त्यही समय तिनले घुँडा टेकेर, “साँच्चिकै सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ” भनेर स्विकार गरे ।
सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भन्ने कुराकाे निर्णय गर्ने नितान्त व्यक्तिगत कुरा हाे । किनकि मानिस स्वतन्त्र प्राणी हाे र किनभने ऊ स्वतन्त्र इच्छाशक्ति भएको प्राणीकाे रूपमा सृष्टि गरिएको छ ।
यसकारण परमेश्वरले मानिसलाई स्वतन्त्र इच्छाशक्ति दिनुभएको कारण जबर्जस्ती “ममाथि विश्वास गर” पनि भन्नू हुन्न । तर एकदिन हामीले याे सुन्दर र बहुमुल्य जीवनकाे हिसाब बुझाउन र न्यायकाे सामना गर्न पनि आफैलाई तैयार गर्नु पर्छ ।
सृष्टिकर्ता परमेश्वरकाे वचन बाइबलमा लेखिएको छ,
“आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ।” [भजनसंग्रह 19:1]
“उहाँको अदृश्य गुण, अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन।” [रोमी 1:20]
यसैले हाम्रो आकाशमण्डलकाे रचनालाई हेरी दङ्ग पर्दै प्रसिद्ध वैज्ञानिक आइज्याक न्युटनले बताए,
“सुर्य, ग्रह र पुछ्रेताराहरूकाे याे ज्यादै सुन्दर प्रणाली प्रज्ञावान र शक्तिशाली व्यक्तित्वका बुद्धिबाट मात्र अाउन सक्छ ।”
सतहत्तर वर्षको उमेरमा "डिसकभरी" नाम गरेको अन्तरिक्ष यानबाट नियाली जाेन ग्लेनले दिएको अभिव्यक्ति कति साँचो छ,
“यस्तो खालको सृष्टिलाई हेरी परमेश्वरमाथि विश्वास नगर्नु मेराे लागि असम्भव छ ।”
आज इतिहासभन्दा फरक तरिकाले अहिले विज्ञानले हामीलाई देखाई रहेको छ कि याे आकाशमण्डल अविश्वसनीय रूपमा विचित्र, व्यवस्थित, याेजनाबद्द र उद्देश्यमुलुक छ ।
मेराे मन र समझलाई पनि “सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ” भन्ने तर्कले जितेको छ । याे अन्धविश्वास हाेइन, तर तर्कमा आधारित तथ्य हाे ।
अब, सृष्टिकर्ता "हुनुहुन्छ" या "हुनुहुन्न" भन्ने कुरा निर्णय गर्ने पालाे तपाईंको !
#BackToTheCreator #God

No comments:
Post a Comment