Saturday, May 9, 2026

परमेश्वरले आज नै संसारको न्याय किन गर्नुहुन्न ?

 



मानवसँग परमेश्वरको वर्तमान व्यवहारको बारेमा एक सही विभाजन गरिएको उत्तर


आज संसारमा युद्ध, भ्रष्टाचार, विकृति, हिंसा, छलकपट जस्ता अराजकताहरू व्याप्त छन्, धेरैलाई आश्चर्य लाग्छ । 


 * “यी सबैमा परमेश्वर कहाँ हुनुहुन्छ ?”

 * “उहाँले पुरानो नियम जस्तो किन स्वर्गबाट ​​आगो पठाइरहनुभएको छैन ?”

 * “परमेश्वरले यो दुष्टता कहिलेसम्म रहन दिनुहुनेछ ?”


यो एउटा सहि प्रश्न हो र यसको उत्तर सही विभाजनमा पाइन्छ, जब अनुग्रहको प्रबन्ध अन्तर्गत आज परमेश्वरले कसरी काम गरिरहनुभएको छ भनेर बुझ्छाैँ ।


१. विगतमा... परमेश्वरले न्याय गर्नुभयो ।


पुरानो नियममा, परमेश्वरको न्याय प्रत्यक्ष र दृश्यमान थियो । जस्तैः 

 * नूहको जलप्रलय [उत्पत्ति ६-७ अध्याय]

 * सदोम र गमोरा [उत्पत्ति १९ अध्याय]

 * मिश्रमा विपत्तिहरू [प्रस्थान ७-१२ अध्याय]

 * कोरहलाई जिउँदै निल्यो [गन्ती १६ अध्याय]


इस्राएलको अनाज्ञाकारिताको बारेमा अगमवक्ताहरू मार्फत न्याय गर्नुहुन्थ्यो । व्यवस्था अन्तर्गत इस्राएलसँग परमेश्वरको ढाँचा स्पष्ट थियो, आशिष्को लागि आज्ञापालन गर्नुहोस् । न्यायको लागि अवज्ञा गर्नुहोस् । [लेवी २६; व्यवस्था २८ हेर्नुहोस्]


जब इस्राएलले पाप गर्‍यो, तब परमेश्वरले क्रोध, दण्ड वा निर्वासनको साथ प्रतिक्रिया दिनुभयो । 


त्यसो भए के परिवर्तन भयो ?


२. त्यसपछि क्रस आयो... र केही आमूल परिवर्तन भयो ।


ख्रीष्टको मृत्यु, दफन र पुनरुत्थानले पहिले अगमवक्ताहरूबाट लुकेको रहस्यको परिचय दियो ।


धेरैले अपेक्षा गरेजस्तो क्रूसपछि परमेश्वरले आफ्नो क्रोध खन्याउनुभएन । बरु, उहाँले पापीहरूको प्रमुख (पावल) लाई बचाउनुभयो र एउटा नयाँ योजना प्रकट गर्नुभयो :


परमेश्वरको अनुग्रहको प्रबन्ध [एफिसी ३.२]


न्यायको सट्टा, उहाँले सम्पूर्ण संसारलाई अनुग्रह र शान्ति प्रदान गर्नुभयो ।


“परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।” [रोमी १:७, १ कोरिन्थी १:३, गलाती १:३ आदि]


यसकारण पावलका प्रत्येक पत्र अनुग्रह र शान्तिबाट शुरू हुन्छ, तर क्रोध र न्यायबाट हुँदैन ।


३. परमेश्वरले आज संसारको न्याय गरिरहनुभएको छैन, किनभने उहाँले अनुग्रह प्रदान गर्दै हुनुहुन्छ ।


आज, हामी प्रभुको बदलाको दिनमा होइन, अनुग्रहको प्रबन्धमा बाँचिरहेका छौं । [यशैया ६१:२] यसको अर्थ : परमेश्वरले पापलाई महामारी वा आगोले न्याय गरिरहनुभएको छैन, तर उहाँले सित्तैमा क्षमा र मुक्ति प्रदान गर्दै हुनुहुन्छ ।


पावलले यस वर्तमान समयलाई “धीरज” अवधि भन्छन्,

“हाम्रा मुक्तिदाता परमेश्वरको दृष्टिमा यो असल र ग्रहणयोग्य छ । 

सबै मानिसहरूले मुक्ति पाऊन् र तिनीहरू सत्यको ज्ञानमा आऊन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ ।” [१ तिमोथी २:३-४]


“...नोआको समयमा जहाज बनाउँदा परमेश्वरले धैर्य धारण गरी पर्खिनुभएको थियो...।” [१ पत्रुस ३:२०] (र यो अब फेरि भइरहेको छ !)


“...के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ ?” [रोमी २:४]


परमेश्वरले धेरै मानिसहरूलाई बचाउन सकियोस् भनेर न्यायलाई ढिलाइ गरिरहनुभएको छ ।


४. तर न्याय आउँदैछ... अझै आएको छैन ।


परमेश्वरको मौनतालाई कमजोरी नठान्नुहोस् । उहाँले पापलाई बेवास्ता गर्नु हुँदैन । उहाँले केही समयको लागि आफ्नो क्रोध रोकेर राख्नुहुन्छ ।


“यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ । 

किनकि उहाँले एक दिन तोकिदिनुभएको छ, जुन दिन उहाँले आफूले नियुक्त गर्नुभएका एक जना व्यक्तिद्वारा धार्मिकतामा संसारको इन्साफ गर्नुहुनेछ । उनलाई मृतकबाट जीवित पार्नुभएर उहाँले सबै मानिसहरूलाई यसको प्रमाण दिनुभएको छ ।” [प्रेरित १७:३०-३१]


त्यो दिन आउँदैछ र त्यो हुनेछ, जब त्यो आउँछ,

 * विश्वव्यापी

 * धर्मी

 * अपरिहार्य [२ थेस्सलोनिकी १:८-९]


तर आज त्यो दिन होइन । आज मुक्तिको दिन हो, दण्डको दिन होइन । [२ कोरिन्थी ६:२]


५. यो किन महत्त्वपूर्ण छ ?


 परमेश्वरको न्यायलाई गलत युगमा राखेर उपदेश नदिनुहोस् ।


आज धेरै मण्डलीहरूले अगमवक्ताहरू वा सुसमाचारका पुस्तकहरूबाट न्याय प्रचार गर्छन् :

 * “परमेश्वरले राष्ट्रलाई प्रकोपहरूद्वारा दण्ड दिँदै हुनुहुन्छ !”

 * “जागृति हुनुहोस्, नत्र परमेश्वरले हाम्रो न्याय गर्नुहुनेछ !”

 * “पश्चात्ताप गर्नुहोस्, नत्र उहाँले हामीलाई सदोम जस्तै नाश गर्नुहुनेछ !”


तर यसले भविष्यवाणीलाई रहस्यसँग, व्यवस्थालाई अनुग्रहसँग, इस्राएललाई ख्रीष्टको शरीरसँग भ्रमित गर्छ । यदि तपाईंले आज न्यायको प्रचार गर्नुभयो भने, तपाईंले गलत सन्देश प्रचार गरिरहनुभएको छ । त्यो व्यवस्था अन्तर्गत इस्राएलको लागि थियो । आज, हामी सबैभन्दा खराब पापीहरू सहित सबैलाई अनुग्रहको उपदेश दिनुहोस् ।


“व्यवस्था आयो र अपराधको वृद्धि भयो, तर जहाँ पाप बढ़्यो अनुग्रह झन् बढ़ी मात्रामा बढ़्यो... ।” [रोमी ५:२०]


६. आज हामीले के प्रचार गर्नुपर्छ ?


क्रोध होइन । डर होइन । आगो र गन्धक होइन ।


 * हामी क्रूसमा टाँगिएको ख्रीष्टको प्रचार गर्छौं । [१ कोरिन्थी १:२३]

 * हामी मेलमिलापको प्रचार गर्छौं, न्यायको होइन । [२ कोरि. ५:१९]

 * हामी विश्वासद्वारा अनुग्रहद्वारा मुक्तिको प्रचार गर्छौं, व्यवहार परिवर्तन मात्रै होइन । [एफिसी २:८-९]


तपाईंको सन्देश तपाईंको युगसँग मेल खानुपर्छ ।


निष्कर्ष : 

परमेश्वरको न्याय आउँदैछ, तर उहाँको अनुग्रह अहिले यहाँ छ । परमेश्वरको धैर्य अनुमति होइन, तर यो एउटा अवसर हो । उहाँ आज संसारको न्याय गरिरहनुभएको छैन किनभने उहाँले क्रूसमा पापको न्याय गरिसक्नुभयो । र आज, उहाँले सबै न्याय आउनु अघि मुक्ति सित्तैमा प्रदान गर्दै हुनुहुन्छ । यो अनुग्रहको सुसमाचार हो । सहि प्रसङ्ग नगुमाउनुहोस् ।


प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् (जुन काम उहाँले समाप्त गरिसक्नु भएको छ) र तपाईं उद्दार पाउनु हुनेछ ।


अध्ययन गर्न मुख्य खण्डहरू :

 * रोमी २:४ - परमेश्वरको भलाइ र सहनशीलता ।

 * २ कोरिन्थी ५:१९ - आज उहाँ पापहरूको दोषारोपण गरिरहनुभएको छैन ।

 * प्रेरित १७:३०-३१ - एक दिन तोकिएको छ ।

 * १ तिमोथी २:४ - परमेश्वर सबैले मुक्ति पाऊन् भन्ने चाहनुहुन्छ ।

 * रोमी ११:३२ - परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनुभएको छ ।

 * एफिसी ३:२ - अनुग्रहको युग ।

 * तीतस २:११ - अनुग्रह सबै मानिसहरूकाे निम्ति हो ।


 * सत्यलाई सही रूपमा विभाजित गर्नुहोस् !


Source :

https://www.facebook.com/groups/httpswww.facebook.comgroups826713651951364/permalink/1443252600297463/?app=fbl



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...