१. राहाबलाई एक समय आफ्नो विगतकाे पापमय कामबाट चिनिन्थ्यो, तर उनको विश्वासले उनको भविष्यलाई पुनर्लेखन गर्यो । उनले इस्राएलका जासूसहरूलाई बचाएकी थिइन् र ख्रीष्टको वंशावलीको हिस्सा बनिन् ।
२. नाओमीले दुःख र क्षतिको सामना गरिन्, तैपनि उनको मार्गदर्शनले रूथलाई राजाहरूको वंशावलीमा स्थान दियो ।
३. रूथ आफैं वफादारी र भक्तिको एक शक्तिशाली उदाहरण बनिन् । आरामभन्दा विश्वास रोज्ने एक विदेशी विधवा, उनी दाऊद राजाकी हजुरआमा बनिन् ।
४. एस्तरले आफ्ना मानिसहरूलाई बचाउन राजाको अगाडि आफ्नो ज्यान जोखिममा पारिन् । एक साहसले राष्ट्रको भविष्य परिवर्तन गर्न सक्छ भन्ने प्रमाणित गरिन् ।
५. इस्राएल राष्ट्रलाई साहसको आवश्यकता पर्दा दबोरा न्यायकर्ता र अगुवाको रूपमा उभिइन्, जसले बुद्धि र शक्ति लिङ्गद्वारा सीमित हुँदैन भनेर प्रमाणित गरिन् ।
६. लाल समुद्रपछि मिरियमले इस्राएलको उपासनाको नेतृत्व गरिन् र आफ्नो पुस्तामा भविष्यसूचक आवाजको रूपमा उभिइन् ।
७. हन्नाले आफ्नो पीडालाई प्रार्थनामा परिणत गरिन्, र उनको गर्भबाट इस्राएलका महान् अगमवक्ताहरूमध्ये एक शमूएल जन्मिए ।
८. वर्षौंको पर्खाइमा पनि एलीशिबाले परमेश्वरको सामु विश्वासयोग्यतापूर्वक हिँडिन् । समय बित्दै जाँदा उनले बप्तिस्मा दिने यूहन्नालाई जन्म दिइन्, जसले मसीहको लागि बाटो तयार पार्ने थिए ।
९. मोशाकी आमा योकेबेदले आफ्नो बच्चाको जीवन बचाउन सबै कुरा जोखिममा पारिन्, पछि इस्राएललाई छुटकारा दिने व्यक्तिको रक्षा गरिन् ।
१०. इस्राएललाई दमनबाट छुटकारा दिँदा याएलले निडर साहस देखाइन्, जसले कहिलेकाहीं बहादुरीको एक निर्णायक कार्यले इतिहास परिवर्तन हुन्छ भनेर प्रमाणित गरिन् ।
११. फारोकी छोरी, मिश्रको दरबारमा हुर्केकी भए तापनि, उनले करुणा देखाइन् जसले भावी अगमवक्ताको जीवनलाई बचाइदियो ।
१२. मार्थाकी बहिनी मरियमले आफूलाई सामान्य कुराहरूमा व्यस्त नराखी सबैभन्दा महत्त्वपूर्ण कुरा खोजिन् । उनलेे आफै काम गर्नु र येशूसँग हुनु बीचको फरक देखाईन ।
१३. अबीगेलले बुद्धि र नम्रता देखाइन् जसले गर्दा रक्तपात हुनबाट रोकियो र उनको घरपरिवार सुरक्षित रह्यो ।
१४. मरियमले मानवलाई दिइएको सबैभन्दा ठूलो जिम्मेवारी वहन गरिन्, उनले संसारको मुक्तिदातालाई जन्म दिइन् ।
१५. मरियम मग्दलिनी पुनरुत्थानको पहिलो साक्षी थिइन्, जसलाई इतिहासको सबैभन्दा ठूलो समाचार घोषणा गर्ने जिम्मा दिइएको थियो ।
१६. सामरी स्त्रीले ख्रीष्टलाई इनारमा भेटिन् र एक दूत बनिन् जसले सम्पूर्ण शहरलाई ख्रीष्टकहाँ ल्याइन् ।
१७. रिबेकाले अनजानमा आफ्नो दिव्य भविष्यमा पाइला राख्दै इनारमा असाधारण उदारता र आतिथ्य प्रदर्शन गरिन् ।
१८. शूनम्मी महिलाले उल्लेखनीय विश्वास र आतिथ्य देखाइन्, र परमेश्वरले उनले एक पटक गुमाएको छोरालाई पुनर्स्थापित गर्नुभयो ।
१९. हन्नाले आफ्नो जीवन प्रार्थना र उपवासमा बिताए, र उनी मसीहलाई चिन्ने पहिलो व्यक्तिहरू मध्ये एक थिइन् ।
२०. डोरकासले आफ्नो जीवन दया र सेवाले भरिदिइन्, र जब उनको मृत्यु भयो, समुदायले उनको प्रभावशाली जीवनको कारणले गहिरो शोक मनायो ।
बाइबलमा उल्लेख गरिएका ती महिलाहरू, जसको विश्वास, साहस र बुद्धिले इतिहासको दिशा परिवर्तन गर्यो । बाइबल केवल राजाहरू, अगमवक्ताहरू र योद्धाहरूले मात्र भरिएको छैन तर यो उल्लेखनीय महिलाहरूले पनि भरिएको छ जसको निर्णयले पुस्तालाई आकार दियो ।
यी महिलाहरू फरक पृष्ठभूमिबाट आएका थिए । कोही रानीहरू थिए । कोही विधवाहरू थिए । कोही नोकरहरू थिए । कतिपयले पीडादायी विगत बोकेका छन् । तैपनि तिनीहरू प्रत्येकले विश्वास, साहस र आज्ञाकारिताका साथ परमेश्वरलाई प्रतिक्रिया दिए । त्यसैकारण, हजारौं वर्षपछि पनि उनीहरूका कथाहरूले संसारलाई आकार दिइरहेका छन् ।
आज हामी सबैतिर महिलाहरूको शक्ति, करुणा, बुद्धिमत्ता र विश्वासको उत्सव मनाउँछौं । अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना ।
Source :
https://www.facebook.com/share/p/1DUrwW5Qb5/

No comments:
Post a Comment