Wednesday, March 4, 2026

साधु बिरालो र लाटो मुसाहरु

 


एउटा बिरालो बुढो भएर मुसा मार्न सकेनछ र भोकले गर्दा निकै दुब्लो भएछ । अनि उसले एउटा फटाहा जुक्ति निकालेछ ।


उसले रुद्राक्षको माला लगाएर बाजा बजाउँदै हरेक दिन पुजा पाठ गर्न थालेछ । अनि मुसाहरुलाई फकाउँदै भनेछ, “हेर बाबुहरु, मैले धेरै मुसाहरु मारेर खाएँ र धेरै पाप गरें । अब मर्ने बेलामा पापको प्रायश्चित गर्न साधु बनेको छु । मलाई माफ गरिदेउ । अब तिमीहरूलाई मार्ने काम गर्ने छैन । तिमीहरु मसँग नडराउ ।”


बिरालोको यो कुरा सुनेर मुसाहरु दंग परे । अनि मुसाहरु बिरालोको छेउ छाउमा गएर खेल्न थाले । निकै दिनसम्म पनि बिरालोले मुसाहरूलाई केहि गरेन । मुसाहरुले पनि ढुक्क भएर बिरालोलाई विश्वास गरे । 


समय बित्दै गयो । बिरालो मोटाउँदै गयो । मुसाहरुले आफ्ना साथीहरु घट्दै गएको थाहा पाए । के भएको हो भनेर बुझ्दै जाँदा, त्यो बिरालोले कसैले थाहा नपाउने गरेर मुसा मारेर खाँदो रहेछ । मुसाहरुको बुद्धि धेरै पछि मात्र आयो ।


* के तपाईंले ती साधु विरालोहरूलाई चिन्नुहुन्छ ?

* के अब कसैले थाहा नपाउने गरेर मुसा मारेर बिरालोलाई हटाउने बेला आएन र ?


Source :

https://www.facebook.com/611465478/posts/10163762510055479/?app=fbl




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...