१. यहूदी : दाऊदको वंशबाट अभिषिक्त राजाको आगमन हुनेछ ।
नयाँ करारकाे मण्डली : येशूको पुनरागमन (दोस्रो आगमन) हुनेछ ।
२. यहूदी : शान्ति, न्याय र परमेश्वरको ज्ञानको समय हुनेछ ।
नयाँ करारकाे मण्डली : उहाँ बादलहरूमा महिमामा आउनुहुनेछ ।
३. यहूदी : उहाँले यहूदी मानिसहरूलाई इस्राएलको भूमिमा फिर्ता गर्नुहुनेछ ।
नयाँ करारकाे मण्डली : ख्रीष्टमा मरेकाहरू पुनरुत्थान हुनेछन् ।
४. यहूदी : उहाँले मन्दिर पुनर्स्थापित गर्नुहुनेछ र आराधना पुनर्स्थापित गर्नुहुनेछ ।
नयाँ करारकाे मण्डली : उहाँले राष्ट्रहरूको न्याय गर्नुहुनेछ ।
५. यहूदी : राष्ट्रहरूले एक मात्र साँचो परमेश्वरलाई चिन्नेछन् र उहाँको सेवा गर्नेछन् ।
नयाँ करारकाे मण्डली : दुष्टता नष्ट हुनेछ ।
६. यहूदी : उहाँले यरूशलेमबाट राजाको रूपमा शासन गर्नुहुनेछ ।
नयाँ करारकाे मण्डली : मसीही युग सुरु हुनेछ ।
* २००० वर्ष पहिले यहूदीहरूले सिंह खोजिरहेका थिए र तिनीहरूले एउटा थुमा पाए । २००० वर्ष पछि ख्रीष्टियनहरूले एउटा थुमा खोजिरहेका थिए र तिनीहरूले एउटा सिंह पाउनेछन् । जब मसीह फर्कनुहुन्छ, उहाँ अब दयाको सिंहासनमा होइन, तर न्यायको सिंहासनमा हुनुहुन्छ ।
मसीह आउँदा के हुनेछ ?
हजारौं वर्षदेखि, विश्वासका मानिसहरूले मसीहको आगमनको प्रतीक्षा गरिरहेका छन् । एक ईश्वरीय अभिषिक्त नेता जसले संसारमा शान्ति, न्याय र पुनर्स्थापना ल्याउनुहुनेछ। तर त्यो दिन आउँदा हामी वास्तवमा के हुने आशा गर्छौं ? शताब्दीयौंदेखि साझा गरिएको हाम्रो आशा मानवताको मुक्ति र परमेश्वरका प्रतिज्ञाहरूको पूर्तिको लागि हो ।
[भजनसंग्रह १२६, मत्ती २४:२७, प्रकाश १:७, मत्ती २४:३०, १ थेसलोनिकी ४:१६-१७, मत्ती २५:३१-३३, प्रेरित ३:२१, प्रकाश ११:१५]
* मुस्लिम र ख्रीष्टियनहरूले ख्रीष्ट विरोधीको अपेक्षा गर्छन्, जबकि यहूदीहरूले मसीहको प्रतीक्षा गर्छन् । यहूदीहरूको मसीह ख्रीष्ट विरोधी हुनेछ, किनकि मसीह त २००० बर्ष अघि नै आईसक्नुभएको छ ।
Source :
https://howdoirepent.org/what-to-expect-when-the-messiah-mashiach-arrives/

No comments:
Post a Comment