Sunday, March 15, 2026

येशू ख्रीष्ट र ख्रीष्ट विरोधी बीचको समानताहरू




१. येशू परमेश्वरका पुत्र हुनुहुन्छ ।

 ख्रीष्ट विरोधी शैतानको पुत्र हो ।


२. येशू अविवाहित हुनुहुन्थ्यो ।

 ख्रीष्ट विरोधीले महिलाहरूको चाहना गर्दैन; ऊ अविवाहित रहने अपेक्षा गरिन्छ ।


३. येशू इस्राएलको सुरक्षा हुनुहुन्छ । 

 ख्रीष्ट विरोधीले इस्राएलसँग सुरक्षाको करार गर्नेछ ।


४. येशूको मृत्यु हुनुभन्दा अघि उहाँको एउटा सेवा थियो ।

 ख्रीष्ट विरोधीको मृत्यु हुनुभन्दा पहिले एउटा सेवा हुनेछ ।


५. येशूसँग उहाँको पिताको शक्ति थियो ।

 ख्रीष्ट विरोधीसँग उसको पिता शैतानको शक्ति हुनेछ ।


६. येशूको अधिकार उहाँको पिताबाट आएको थियो । 

 ख्रीष्ट विरोधीले आफ्नो पिताबाट अधिकार पाउनेछ ।


७. येशूले पिताको आदर गर्नुहुन्छ ।

 ख्रीष्ट विरोधीले आफ्नो पितालाई सम्मान गर्छ ।


८. येशूले महान् आश्चर्यकर्महरू गर्नुभयो ।

 ख्रीष्ट विरोधीले झूटा चिन्हहरू र चमत्कारहरू गर्नेछ ।


९. येशूका अनुयायीहरूले पनि पिताको उपासना गर्छन् ।

 ख्रीष्ट विरोधीका अनुयायीहरूले पनि शैतानको उपासना गर्नेछन् ।


१०. येशू यरूशलेममा प्रवेश गर्नुभयो । 

 ख्रीष्ट विरोधी यरूशलेममा प्रवेश गर्नेछ ।


११. येशूलाई क्रूसमा टाँगिएको थियो ।

 ख्रीष्ट विरोधीलाई टाउकोमा नश्वर चोट लाग्छ ।


१२. येशू मृत्युबाट बौरी उठ्नुभयो ।

 ख्रीष्ट विरोधी फेरि जीवित हुनेछ ।


१३. येशूको मृत्युले बलिदानहरूको अन्त्य गर्‍यो ।

 ख्रीष्ट विरोधीले बलिदानहरू रोक्नेछ ।


१४. येशू शरीरमा आउनुभएको परमेश्वर हुनुहुन्छ ।

 ख्रीष्ट विरोधीले आफूलाई परमेश्वर भएको घोषणा गर्नेछ ।


१५. येशूलाई पछ्याउनेहरूले उहाँको उपासना गर्छन् ।

 ख्रीष्ट विरोधीलाई पछ्याउनेहरूले उसको उपासना गर्नेछन् ।


१६. त्रिएकत्व : पिता परमेश्वर, पुत्र परमेश्वर (ख्रीष्ट) र पवित्र आत्मा परमेश्वर । एक परमेश्वरमा तीन व्यक्तित्व हो ।

 त्रिमूर्ति : शैतान, ख्रीष्ट विरोधी र झूटा अगमवक्ता । तीन अलगअलग व्यक्ति हाे ।


१७. येशूले १,००० वर्षसम्म संसारमाथि शासन गर्नुहुनेछ ।

 ख्रीष्ट विरोधीले ३.५ वर्षसम्म संसारमा शासन गर्नेछ ।


१८. येशूले यरूशलेमबाट शासन गर्नुहुनेछ ।

 ख्रीष्ट विरोधीले यरूशलेमबाट शासन गर्नेछ ।


१९. येशू मन्दिरमा हुनुहुनेछ ।

 ख्रीष्ट विरोधी मन्दिरमा हुनेछ ।


२०. येशू सत्य हुनुहुन्छ ।

 ख्रीष्ट विरोधी छल र झूट हो ।


२१. येशू प्रेम हुनुहुन्छ ।

 ख्रीष्ट विरोधी घृणाको अवतार हो ।


२२. सन्तहरू पवित्र आत्माले छाप लगाइन्छ ।

 धोका दिइएकाहरूलाई ६६६ चिन्हले छाप लगाइनेछ ।


२३. पवित्र आत्माले तपाईंलाई सत्यतर्फ डोऱ्याउनुहुन्छ ।

 झूटा अगमवक्ताले तपाईंलाई छल गर्न डोऱ्याउछ ।


२४. पवित्र आत्माले येशूलाई महिमा दिनुहुन्छ ।

 झूटा अगमवक्ताले ख्रीष्ट विरोधीको महिमा गर्दछ ।


२५. येशूले जीवन दिनुहुन्छ ।

ख्रीष्ट विरोधीले मृत्यु दिन्छ ।













Sources :

1. https://www.slideserve.com/iago/presented-by

2. https://share.google/aIAGaw7X7mV1w0hAv

3. https://www.wisdomonline.org/files/uploads/Revelation34AntichristandtheManyFacesofEvilPartV.pdf?srsltid=AfmBOorjTEe6bONWp-KbQ03Qqat-j65L0yviVVy6CJiQQTtmkRNG-f2T

4. https://www.facebook.com/groups/291649598650140/permalink/1521296755685412/?app=fbl

5. https://www.davidjeremiah.org/age-of-signs/spotting-the-counterfeit-a-comparison-of-antichrist-and-christ?srsltid=AfmBOopu08l9KTglpsGKQwH9yIPV-q8ErPNN1USftqohzwolFqil8gNG

6. https://patrickoben.com/antichrist-new-world-order/

7. https://beholdthestone.com/archives/430

8. https://www.facebook.com/groups/dailychristianmotivations/permalink/1686045488752010/?app=fbl



The Antichrist Pretending to Be Jesus :

1. The Fake White Horse (Revelation 6:2)
“And I looked, and behold, a white horse! Its rider had a bow, and a crown was given to him, and he came out conquering, and to conquer.”

The first seal opens with a rider on a white horse.

He looks like Christ but isn’t — he’s the Antichrist.

He has a crown (false authority) and a bow (false power).

This is Satan’s counterfeit savior, pretending to be Jesus.

2. Jesus Warned Us About This (Matthew 24:5)
“For many will come in my name, saying, ‘I am the Christ,’ and they will lead many astray.”

Jesus warned His followers that many would come in His name.

The Antichrist fulfills this — he comes in Christ’s image, but he is a deceiver.

3. The True Jesus Comes Later (Revelation 19:11)
“Then I saw heaven opened, and behold, a white horse! The one sitting on it is called Faithful and True, and in righteousness he judges and makes war.”

The real Jesus returns at the end, riding a white horse in glory.

He carries the sword of God’s Word and comes with true authority.

4. The Real Rapture Happens at the Last Trumpet
1 Corinthians 15:52 — “…at the last trumpet. For the trumpet will sound, and the dead will be raised imperishable, and we shall be changed.”

The resurrection/rapture happens at the seventh trumpet (Revelation 11:15).

Not at the first seal. Not with the fake rider.

This is why we must wait for God’s true timing.

5. Application

The Antichrist comes first, pretending to be Christ (Revelation 6).

The true Christ comes last, after the trumpets, in power and glory (Revelation 19).

Know the order — so you don’t get deceived.

✨ Summary:

Revelation 6 = Fake Christ (Antichrist pretending to be Jesus).

Revelation 19 = True Christ (Jesus returns as King).

1 Corinthians 15:52 = Resurrection happens at the last trumpet, not the first seal.



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...