Saturday, March 14, 2026

ख्रीष्ट विरोधी प्रणालीको तैयारी

 



१. एक विश्व नेता खडा हुनेछ । [प्रकाश १३:२, दानिएल ७:४-७]


२. एक विश्व सरकार हुनेछ । [प्रकाश १३:३, ७]


३. एक विश्व सेना हुनेछ । [प्रकाश १३ :४,५]


४. एक विश्व धर्म हुनेछ । [प्रकाश १३:८, १२]


५. एक विश्व मुद्रा हुनेछ । [प्रकाश १३:१६-१८]


६. एक विश्व नयाँ व्यवस्था हुनेछ । [प्रकाश १३:१६-१७]


यी सबै ख्रीष्ट विरोधी प्रणालीको तैयारीकाे केही झलक मात्रै हुन् । यसको कार्यान्वयन चाँडै हुनेवाला छ । जसको लागि अहिले UN, NATO, WHO, SDR, WCC, World Bank, World Court, Starlink, BTC/ETH, AI, Quantum Computer इत्यादि संस्थाहरूले अदृश्य रूपमा आफ्नो कार्य गरिरहेका छन ।


शान्ति र सुरक्षाको नाममा संसारले अन्जानमा ख्रीष्ट विरोधीको प्रणाली तैयार गर्दैछन । यो सबै पहिल्यैदेखि नै तैयार छ, तर यो तब शुरू हुनेछ, जब येशू ख्रीष्टको दुलहीलाई उठाई लगिनेछ !


यी सबै कुराहरूको बारेमा परमेश्वरकाे वचन बाइबलमा हजारौं वर्ष पहिल्यै भविष्यवाणीकाे रूपमा उल्लेख गरिएको थियो !


* के तपाईं यी सबै कुराहरूकाे निम्ति तैयार हुनुहुन्छ ?


* के शैतानको दुलही र येशूको दुलही साथसाथै तयार हुँदैछैनन् र ?


* येशू ढोकामा हुनुहुन्छ !


यसकारण लेखिएको छ,

“किनकि झूटा ख्रीष्टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला-ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन् ।

याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु ।” [मत्ती २४:२४-२५]


“म आफ्ना पिताको नाउँमा आएको छु, तर तिमीहरू मलाई ग्रहण गर्दैनौ । अर्को कोही आफ्नै नाउँमा आयो भने त्यसलाई ग्रहण गर्नेछौ ।” [यूहन्ना ५:४३]


“तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, जो पृथ्वीमा वास गर्ने मानिसहरूलाई जाँच गर्न सारा संसारमा आउनेवाला छ ।” [प्रकाश ३:१०]


“ससना केटाकेटीहरू, आखिरी घड़ी यही हो । ख्रीष्ट विरोधी आइरहेछ भन्ने तिमीहरूले सुनेका छौ । अब धेरै ख्रीष्ट विरोधी आएका छन् । यसकारण हामी जान्दछौं, कि यो आखिरी घड़ी हो ।” [१ यूहन्ना २:१८]


तब तिनले मलाई यसो भने, “यस पुस्तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ । 

दुष्ट काम गर्नेले दुष्ट काम गरिरहोस्, अश्लील काम गर्नेले अश्लील काम गरिरहोस्, धर्मात्माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस् ।” [प्रकाश २२:१०-११]





No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...