Friday, January 9, 2026

येशू ख्रीष्टको वंशावली र गहिरो शिक्षा




 धेरैजसो मानिसहरू येशूको वंशावलीलाई यो केवल उच्चारण गर्न गाह्रो नामहरूको सूची हो भनेर छोड्छन् । तर मत्ती १ र लूका ३ अध्यायले ख्रीष्ट, सुसमाचार र परमेश्वरको अनुग्रहको बारेमा शक्तिशाली सत्यहरू प्रकट गर्दछ । यहाँ किन ख्रीष्टको वंशावली तपाईंले सोचेभन्दा बढी महत्त्वपूर्ण छ भन्ने कुरा छ । तल ख्रीष्टको वंशावलीको बारेमा जान्नुपर्ने कुराहरू छन, जुन धेरैलाई थाहा छैन ।


१. ✨ येशू परमेश्वरको प्रतिज्ञाको पूर्ति हुनुहुन्छ ।


येशूको वंश अब्राहाम र दाऊदसम्म फर्कन्छ, जसले उहाँ प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्दछ ।


“अब्राहामका पुत्र, दाऊदका पुत्र, येशू ख्रीष्टको वंशावली:” [मत्ती १:१]


परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ, चाहे त्यसमा जतिसुकै समय लागोस् ।


२. 👑 कानूनी अधिकार र रक्तवंश प्रकट गरिएको छ ।


मत्तीको वंशावली येशूलाई यूसुफ मार्फत लैजान्छ, जसले दाऊदको सिंहासनको कानुनी अधिकारलाई देखाउँछ ।


लूकाको वंशावली मरियम मार्फत लैजान्छ, जसले दाऊदको वास्तविक रक्तवंशलाई देखाउँछ ।


दुवै पुस्तकले एकसाथ, येशू नै कानुनी र वंशाणुगत (वा जन्मजात) रूपमा सही राजा हुनुहुन्छ भनेर देखाउँछन् ।


3. 🌍 अन्यजातिहरू समावेश छन् ।


येशूको वंशावलीमा राहाब र रूथ जस्ता अन्यजातिका नामहरू देखा पर्छन् ।


यसले प्रमाणित गर्छ कि मुक्ति इस्राएलको लागि मात्र थिएन तर सबै राष्ट्रहरूको लागि थियो । [रोमीमी १०:१२, ११:११, प्रेरित १३:४७, २८:२८, २ पत्रुस ३:९]


४. 💔 टुटेका मानिसहरूको उद्धार गर्ने उद्देश्यलाई देखाउँछ ।


येशूको वंशावलीमा व्यभिचारीहरू, मूर्तिपूजकहरू, वेश्याहरू र हत्याराहरू पनि समावेश छन् ।


किन ? किनकि ख्रीष्ट सिद्ध मानिसहरूकाे लागि आउनुभएको थिएन, तर उहाँ अयोग्य मानिसहरूको लागि आउनुभएको थियो ।


५. 👩 परमेश्वरको योजनामा ​​महिलाहरूको महत्व देखाउँछ ।


तामार, राहाब, रूथ, बथशेबा र मरियम जस्ता महिलाहरूको नाम जानाजानी राखिएको छ ।


पितृसत्तात्मक संस्कृतिमा, यसले देखाउँछ कि परमेश्वरले महिलाहरूलाई मूल्यवान ठान्नुहुन्छ र मुक्तिको योजनामा उनीहरूलाई शक्तिशाली रूपमा प्रयोग गर्नुहुन्छ ।


६. 🕊️ येशू पूर्ण रूपमा मानव हुनुहुन्छ, साथमा उहाँ पुर्ण ईश्वरीय पनि हुनुहुन्छ ।


वंशावलीले येशू साँच्चै मानव इतिहासमा प्रवेश गर्नुभएको प्रमाणित गर्छ । उहाँ कुनै मिथक वा किंवदन्ती हुनुहुन्न, तर उहाँको वास्तविक परिवार, वास्तविक पुर्खाहरू र वास्तविक उद्देश्य थियो ।


७. ❤️ अनुग्रह वंशावलीबाट अघि बढ्छ ।


 यदि परमेश्वरले त्यो वंशावली मार्फत काम गर्न सक्नुहुन्छ भने, उहाँले तपाईंको वंशावली मार्फत पनि काम गर्न सक्नुहुन्छ । तपाईंको विगतले तपाईंलाई अयोग्य ठहराउँदैन, तर अनुग्रहले तपाईंलाई योग्य बनाउँछ ।


अन्तमा :

ख्रीष्टको वंशावली रुचिहीन तथा थकाइलाग्दो छैन, यो बीउको रूपमा सुसमाचार हो ।


यसले हामीलाई भन्छ कि परमेश्वरले अनुग्रहद्वारा बचाउनुहुन्छ, आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ र पापीहरूलाई आफ्नो परिवारमा स्वागत गर्नुहुन्छ ।


वंशावलीलाई त्यत्तिकै नछोड्नुहोस् । यसमा आफूलाई हेर्नुहोस् ।


* के तपाईंलाई पनि येशू ख्रीष्टको वंशावली रुचिहीन तथा थकाइलाग्दो लाग्छ ?
















Sources :

1. https://www.facebook.com/1815695849/posts/10226135549414650/

2. https://myheritageancestry.wordpress.com/2024/06/18/the-ancestors-of-jesus/

3. https://leomalovegrove.store/products/adam-and-eve-family-tree




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...