Wednesday, January 7, 2026

पापको भारी

 



 एकजना युवकले प्रचारकलाई गिल्ला गर्दै भने, 

“तपाईं भन्नुहुन्छ कि मुक्ति नपाएका मानिसहरूले पापको ठूलो भार बोक्छन् । साँच्चै, मलाई त्यस्तो लाग्दैन । पाप कति भारी छ ? दश किलो ? पचास किलो ? अस्सी किलो ? एक सय किलो ?”


प्रचारकले एक क्षण सोचे र बिस्तारै जवाफ दिए, 

“यदि तपाईंले लाशमा चार सय किलो वजन राख्नुभयो भने, के यो भार महसुस हुन्छ ?”


ती युवकले हतार-हतार भने, “पक्कै महसुस हुँदैन, किनकि त्यो मरिसकेको छ ।”


प्रचारकले जवाफ दिए, “येशू ख्रीष्टलाई नचिनेको व्यक्ति पनि उत्तिकै मरेको छ । र भार धेरै भए तापनि उसले केही महसुस गर्दैन ।”


* के तपाईंले आफ्नो जीवनमा पापकाे भारी महशुस गर्नुभएको छ ?

* के तपाईंले पापकाे भारी बिसाउन चाहनुहुन्छ ?


येशू ख्रीष्टले मात्रै तपाईंको जीवनको पापको भारी हटाउन सक्नुहुन्छ । येशू ख्रीष्ट तपाईं र मेरो मात्रै हाेईन, तर सारा मानव जातीकाे पापकाे निम्ति मारिनुभयो, गाडिनुभयाे र तेस्रो दिनमा जीवित हुनुभयो ।


यसकारण लेखिएको छ,

“तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो।” [एफिसी २:१]


“किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो। 

उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।” [१ कोरिन्थी १५:३-४]


“किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नुहुनेलाई परमेश्वरले हाम्रा खातिर पाप बनाउनुभयो।” [२ कोरिन्थी ५:२१]


“हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।” [१ पत्रुस २:२४]


“तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेड़ियो। हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो, र उसको कोर्राको चोटले हामी निको भयौं।” [यशैया ५३:५]


“मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट। 

उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि।” [१ यूहन्ना २:१-२]


Source :

https://www.gty.org/articles/45SIN/freedom-from-sin-booklet



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...