जोन वेस्लीले नयाँ जन्म पाएको ६ महिना पछिकाे घटनालाई यसरी वर्णन गर्छन,
“सोमबार, ०१ जनवरी १७३९ मा श्री हल, किन्चिन, इन्घाम, ह्वाइटफिल्ड, हचिन्स र मेरो भाइ चार्ल्स, फेटर लेनमा भएको हाम्रो प्रेम भोजमा हाम्रा साठी जना भाइहरूसँग उपस्थित थियाैं । बिहान लगभग तीन बजे, जब हामी प्रार्थनामा निरन्तर लागिरहेका थियौं, परमेश्वरको शक्ति हामीमाथि शक्तिशाली रूपमा आयो, यति धेरै कि धेरैले अत्यधिक आनन्दको लागि कराए र धेरै जना भुइँमा लडे । उहाँको महिमाको उपस्थितिमा त्यो विस्मय र आश्चर्यबाट हामी अलिकति ठिक हुने बित्तिकै, हामी एक स्वरमा भन्न थाल्यौं, ‘हे परमेश्वर, हामी तपाईंको प्रशंसा गर्छौं, हामी तपाईंलाई प्रभु भनेर स्वीकार गर्छौं’ ।”
फेटर लेन चैपलमा भएको त्यो क्षण १८ औं शताब्दीको जागृतिको परिभाषित आत्मिक अनुभवहरू मध्ये एक बन्यो । आत्माको खन्याइले मानिसहरू जागृत भए, राेए, आराधना गरे र याे सधैंको लागि गवाही बन्यो ।
साथै यो अनुभव वेस्लीको सेवकाईमा एउटा महत्वपूर्ण मोड थियो । त्यसबेलादेखि त्यहाँ नयाँ शक्ति र अभिषेक आयो । उदाहरणका लागि, अप्रिल २५, १७३९ मा, जब उनी प्रचार गरिरहेका थिए, तब तुरुन्तै जमिन हल्लिन थाल्याे; तिनीहरू चारैतिर लडे, मानौं कुनै गर्जनले स्तब्ध भए । मानिसहरू परमेश्वरको र तिनीहरूको पापको पापपूर्णताको अद्भुत प्रकाशले कायल थिए । छेउमा उभिरहेका आलोचकहरू अचानक त्यस्तै विश्वासले ग्रसित भए र घटनास्थलमै येशू ख्रीष्टलाई आफ्नो प्रभु र उद्दारकर्ता स्विकार गरे ।
वेस्लीको लागि यो एक प्रमाण थियो कि प्रारम्भिक मण्डलीको पेन्टेकोस्टल शक्ति इतिहासमा सीमित थिएन । जर्ज ह्वाइटफिल्डको लागि यसले जनतामा सुसमाचार पुर्याउने आवश्यकतालाई बलियो बनायो । केही दिनपछि, ह्वाइटफिल्डले किंग्सवुडमा कोइला खानी कामदारहरूलाई खुला रूपमा प्रचार गर्न थाले, जसले ब्रिटिश इतिहासको सबैभन्दा ठूलो जागृति आन्दोलनहरू मध्ये एकलाई प्रज्वलित गर्यो ।
यो नयाँ वर्षको भ्रमण व्यक्तिगत आशिषको क्षण मात्र थिएन, तर यो एउटा जागृतिकाे आन्दोलन सुरु गर्ने झिल्काे थियो । त्यो प्रार्थना सभाबाट, वेस्लीको घोडा प्रचारक रूपमा पवित्रताकाे जागृति र ह्वाइटफिल्डको सुसमाचारीय गर्जन इङ्गल्याण्ड, स्कटल्याण्ड, वेल्स र अन्ततः अमेरिकी उपनिवेशहरूमा फैलियो । हजारौं आत्मालाई बचाइयो । मण्डलीहरू हलचलित भए । र पहिलो महान जागृतिले जनवरीको त्यो बिहानको आत्मिक आगोमा आफ्नो जरा फेला पार्यो, जब मुट्ठीभर मानिसहरूले परमेश्वरलाई आमनेसामने भेटे र फेरि कहिल्यै पहिले जस्तो रहेनन ।
* के तपाईंले अझैसम्म पवित्र आत्माको त्याे सामर्थ्यलाई अनुभव गर्नुभएको छैन ?
जोन वेस्लीकाे प्रार्थना र जागृतिले गर्दा इङ्गल्याण्डमा जागृति मात्रै आएन, तर यसले गर्दा त्यो राष्ट्रलाई फ्रान्सेली क्रान्तिको भयावह अवस्थाबाट बचायो । जोन वेस्लीले एक पटक एक जना सँगी विश्वासीलाई लेखेका थिए, “मलाई एक सय प्रचारकहरू दिनुहोस जो पाप बाहेक अरू केहीबाट डराउँदैनन र परमेश्वर बाहेक अरू केही चाहँदैनन, र मलाई वास्ता छैन कि तिनीहरू पास्टर हुन वा साधारण विश्वासी, तिनीहरूले मात्र नरकको ढोका हल्लाउनेछन र पृथ्वीमा स्वर्गको राज्य स्थापना गर्नेछन ।”
यसले प्रथम शताब्दीको थेस्सलोनिकाको क्रोधित भीडले शहरका शासकहरूलाई दिएको गुनासोको सम्झना गराउँछ, “संसारलाई उलटपुलट पार्ने यी मानिसहरू यहाँ पनि आइपुगेका छन।” [प्रेरित १७:६]
यद्यपि यो आलोचना थियो, साथै यो एक सर्वोच्च प्रशंसा पनि थियो । यसले पावल र सिलासले प्रथम शताब्दीको संसारमा पारिरहेको प्रभावलाई स्वीकार गर्यो ।
यदि कहिल्यै त्यस्तो समय आएको थियो जब संसारलाई उल्ट्याउनु आवश्यक थियो भने, त्यो समय अहिले हो । यो जोन वेस्लीले खोजेका जस्तै प्रतिबद्ध विश्वासीहरू मार्फत हुनुपर्नेछ, “जाे पाप बाहेक अरू केहीबाट नडराउने र परमेश्वर बाहेक अरू केही नचाहने मानिसहरू ।”
* के तपाईं नरकको ढोका हल्लाउने र पृथ्वीमा स्वर्गको राज्य स्थापना गर्ने प्रतिबद्ध विश्वासी बन्नुहुनेछ ?
John Wesley | Full Movie | Leonard Sachs
Sources :
1. https://www.desiringgod.org/articles/what-would-power-look-like
2. https://en.m.wikipedia.org/wiki/Circuit_rider_(religious)
3. https://www.facebook.com/100055273670172/posts/pfbid0ZAuwyNwkPzaAudQCHCgDNLqxEV22BgzK2pJdMvav5sW8wXaeJeBwVL2SkojfthGCl/?app=fbl
4. https://www.fosterhistory.com/en/john-wesley-and-the-first-great-awakening/
5. https://bythisverse.com/extreme-pentecostalism-analyzed-biblical/
6. https://www.azquotes.com/quote/311549#google_vignette
7. https://harvest.org/resources/devotion/fear-nothing-but-sin-desire-nothing-but-god/#:~:text=The%2018th%2Dcentury%20preacher%20John,kingdom%20of%20heaven%20upon%20earth.%E2%80%9D
8. https://thegenevanfoundation.com/tag/john-wesley/

No comments:
Post a Comment