उज्जियाह राजा मरेको वर्षमा यशैयाले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें । उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो ।
उहाँको मास्तिर सराफहरू (स्वर्गदूतहरू) खड़ा थिए, प्रत्येकका छ-छ वटा पखेटा थिए । दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दैथिए । अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दैथिए, “सर्वशक्तिमान परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ ।”
तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए, र मन्दिर धूवाँले भरियो ।
यशैयाले भनें, “धिक्कार ! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान परमप्रभु महाराजाधिराजलाई देखेको छु ।”
तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए । तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ । अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो ।”
तब यशैयाले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने ?”
अनि यशैयाले भनें, “म हाजिर छु । मलाई पठाउनुहोस !” [यशैया ६:१-८]
यद्यपि उनी एक अगमवक्ता थिए, त्यो एकल भेटमा उनको रूपान्तरण भयो । परमेश्वरको उपस्थितिकाे एक क्षणले यशैयाकाे जीवनकाे सबै कुरा परिवर्तन गर्यो । यसले उनको बोलावट पक्का गर्याे, उनलाई पवित्र पार्याे र उनको जीवनकाे उद्देश्यलाई स्पष्ट गर्यो ।
* के आज हामीलाई पनि परमेश्वरको अद्भुत उपस्थितिकाे आवश्यकता छैन र ?

No comments:
Post a Comment