Monday, June 9, 2025

टी. एल. ओसबोर्नकाे प्रार्थना र चंगाई



 एक रात, लगभग दुई घण्टा बिरामीको लागि प्रार्थना गरेपछि, टी. एल. ओसबोर्न पछाडिको ढोकाबाट बाहिर निस्किए र आफ्नो कारतिर लागे । कसैले उनलाई हताश भएर समात्यो । त्यो एक वृद्ध महिला थिइन ।


उनले बिन्ती गरिन, “कृपया, म पूर्ण रूपमा अन्धो छु । म उज्यालो पनि देख्न सक्दिन । यदि तपाईंले मेरो आँखा छुनुभयो भने, म निको हुनेछु । मलाई थाहा छ परमेश्वरले मलाई निको पार्नुहुनेछ ।”


अँध्यारोमा, टी. एल. ओसबोर्नले उनको आँखामा हात राखे र भने, “नारी, परमेश्वरले मृत्युबाट जीवित पार्नुभएको येशू ख्रीष्टको नाममा, म तिम्रा अन्धा आँखाहरू खोल्ने आदेश दिन्छु । तिम्रो दृष्टि प्राप्त गर ।”


माथि हेर्न थाल्दा ती महिलाले टी. एल. ओसबोर्नको हात आफ्नो आँखाबाट हटाउन खोजिन । अचानक उनी कराइन, “ओह, परमेश्वरलाई धन्यवाद ! हो, म सबै कुरा देख्न सक्छु - चन्द्रमा, ताराहरू, मेरा हातहरू । ओह, परमेश्वरलाई धन्यवाद । मलाई थाहा थियो कि उहाँले यो गर्नुहुनेछ ।”


प्रभु देखा पर्नुभन्दा अघि जमैकामा एकै रातमा ओसबोर्न परिवारले आफ्नो श्रमको फल देखे, जुन फल उनीहरूले सात वर्षको सेवकाईमा देखेका थिएनन । र त्यो आश्चार्य कामले नै फरक पारेको थियो । टी. एल. र डेजी आश्चार्य कामको महत्त्व र आजको आवश्यकतामा दृढ थिए । 


टी. एल. ले साझा गरे, “आज जन्मिरहेका मानिसहरूलाई आश्चार्य कामको आवश्यकता छ । उनीहरूले येशूलाई बाइबलको समयमा जन्मेका मानिसहरू जस्तै देख्नु आवश्यक छ । मण्डली त्यतिबेलाका मानिसहरूको लागि स्थापित गरिएको थियो, तर परमेश्वरले प्रत्येक नयाँ पुस्ताको लागि आफूलाई पुन: स्थापित गर्नुहुन्छ । उहाँ आज पनि उत्तिकै वास्तविक हुनुहुन्छ जति पहिले हुनुहुन्थ्यो, र उहाँ यसलाई प्रमाणित गर्न चाहनुहुन्छ । त्यसैले संसारभरका हाम्रा सेवकहरूको विषयवस्तु सधैं येशू ख्रीष्ट हिजो, आज र सधैंभरि उस्तै हुनुहुन्छ ।”


“येशू ख्रीष्ट हिजो, आज र सधैंभरि एकरूप हुनुहुन्छ।” [हिब्रू १३:८]


Sources :

1. https://www.facebook.com/groups/123755984449068/permalink/2856789751145664/?app=fbl

2. https://www.facebook.com/100063837275839/posts/pfbid02UxagTGV6nuBmXy8scoK5kQXRgfMgtgpB6cHBTssYdY3dtciR8b5rQdwfJgad8LQjl/?app=fbl

3. https://www.scribd.com/document/581978188/Legacy-of-Faith-T-L-Osborn-T-L-Osborn-Kingdomsermons-com



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...