Saturday, June 7, 2025

गाह्रो





1. बाइबल पढ्न गाह्रो छ,

 तर बाइबलकाे वचनकाे अर्थ थाहा नपाउनु झनै गाह्रो छ । [भजन ११९:१८,२७,३४,६४]


2. मण्डली जान गाह्रो छ,

 तर आत्मिक युद्ध एक्लै लड्नु झनै गाह्रो हुन्छ । [हिब्रू । [हिब्रू १०:२५, एफेसी ६:१०-१८]


3. प्रार्थना गर्न गाह्रो छ, 

 तर परमेश्वरसँग सम्बन्ध विच्छेद हुनु झनै गाह्रो छ । [उत्पत्ति २:१७, लुका २१:३६, १ थेस. ५:१७]


4. नयाँ जन्म पाउन गाह्रो छ, 

 तर परमेश्वरकाे सन्तान बन्न नपाउनु झनै गाह्रो छ । [युहन्ना ३:३, १:१४]


5. उद्दार पाउन गाह्रो छ, 

 तर पापमै जीवन बिताउनु झनै गाह्रो छ । [मर्कुस १६:१६, युहन्ना ८:२४]


6. बप्तिष्मा लिन गाह्रो छ, 

 तर परमेश्वरसँग जीवन समर्पण नगर्नु झनै गाह्रो छ । [राेमी १२:१-२]


7. पवित्र आत्माको बप्तिष्मा पाउन गाह्रो छ, 

 तर स्वर्गकाे अभिषेक र सामर्थ्य नपाउनु झनै गाह्रो छ । [प्रेरित १:८, लुका २४:४९]


8. प्रभु भोज लिन गाह्रो छ, 

 तर येशू ख्रीष्टकाे दाेस्राे आगमनमा छुट्नु झनै गाह्रो छ । [१ थेस. ४:१३-१८, लुका १७:३४-२७]


9. प्रभुकाे सेवा गर्न गाह्रो छ, 

 तर आफ्नो लागि मात्रै जीउनु झनै गाह्रो छ । [युहन्ना १२:२६, मर्कुस ८:२६]


10. स्वर्ग जान गाह्रो छ, 

 तर स्वर्गकाे राज्यकाे हकदार बन्नु झनै गाह्रो छ । [प्रकाश २१:७]


11. परमेश्वरकाे इच्छा जान्न गाह्रो छ, 

 तर आफ्नै इच्छामा मात्रै जीउनु झनै गाह्रो छ । [१ पत्रुस १:१०]


* तपाईंले कुन गाह्रो छान्नुहुन्छ ? तपाईंले आफ्नो गाह्रो छान्नुहोस !


यसकारण लेखिएको छ,

“तिनीहरू प्रेरितहरूका शिक्षा, सङ्गति र रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे।” [प्रेरित २:४२]


येशूले आफूमाथि विश्वास गर्ने यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ। तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” [यूहन्ना ८:३१-३२]


“तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले।” [प्रेरित ४:३१]


“तर हामीचाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिनेछौं।” [प्रेरित ६:४]




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...