उनी १९ वर्षका थिए, तर उनी खतरनाक थिए ।
उनी लापरवाह भएको कारणले हाेईन, तर उनकाे दृढ संकल्प गरेको कारणले हाे ।
जोनाथन एडवर्ड्स आफ्नो विश्वासमा बढ्न पर्खिरहेका थिएनन ।
१९ वर्षको उमेरमा, उनले अनन्तकालमा काम नलाग्ने व्यर्थका कुराहरूमा आफ्नो बहुमुल्य समय खेर फालिरहेका थिएनन ।
उनले सत्तरीवटा संकल्पहरू लेख्दै थिए ।
जाे रगत र आगोमा लेखिएको थियो ।
परमेश्वरको महिमाको लागि हरेक सास बाँच्ने ।
पाप बोल्नु अघि नै त्यसलाई मार्ने ।
परमेश्वरले दिनुभएको एक सेकेन्ड पनि खेर फाल्न अस्वीकार गर्ने ।
आज धेरैजसो मानिसहरू दिनको ६ घण्टा माेबाईल स्क्रोल गर्छन,
तर एडवर्ड्स उपवास बसेका थिए ।
शुद्ध मनले प्रार्थना गरिरहेका थिए ।
युद्धमा खटिएको मान्छे जस्तै पढ्दै थिए ।
उनी असावधान थिएनन ।
उनी मानसिक रूपमा सक्रिय थिए ।
उनी शैतानको लागि खतरनाक थिए ।
उनी सम्झौता गर्न घातक थिए ।
तपाईंलाई अब धेरै प्रचारको आवश्यकता छैन ।
तपाईंलाई अर्को पोडकास्ट चाहिँदैन ।
तपाईंलाई दृढ विश्वासको मेरुदण्ड चाहिन्छ ।
तपाईंलाई विधान चाहिन्छ ।
तपाईंलाई संकल्प चाहिन्छ ।
तिनीहरूलाई लेख्नुहोस ।
त्यस अनुसार जिउनुहोस ।
तिनीहरूका लागि आफ्नो रगत बगाउन पनि तैयार हुनुहोस ।
किनभने उद्देश्यपूर्ण जीवन बिताउने मानिसहरू शक्तिकाे साथमा नेतृत्व गर्छन ।
पवित्र रहनुहाेस ! स्वतन्त्र बन्नुहाेस !!
Sources :
1. https://en.m.wikipedia.org/wiki/Jonathan_Edwards_(theologian)
2. https://www.britannica.com/biography/Jonathan-Edwards
3. https://www.facebook.com/651596605/posts/10161057999121606/?app=fbl

No comments:
Post a Comment