Thursday, May 8, 2025

प्रार्थनाविहीनतामाथि कसरी विजयी हुने

 


1. प्रार्थनाविहीनता आत्मिक आक्रमण हो भनेर पहिचान गर्नुहोस ।
2. एक प्रार्थना तालिका निर्धारण गर्नुहोस र त्यसमा अडिग रहनुहोस ।
3. तपाईंको ध्यान भड्काउने बाधाहरू हटाउनुहोस ।
4. अनुशासनको साथ आलस्यसँग लड्नुहोस ।
5. तपाईंले कुन बिषयमा प्रार्थना गर्ने भनेर थाहा नभएको बेला पनि प्रार्थना गर्नुहोस ।
6. जवाफदेहिता साझेदार व्यक्ति खोज्नुहोस ।
7. प्रार्थनाको लागि तपाईंलाई भोक दिन परमेश्वरसँग सोध्नुहोस ।

के तपाईंले कहिल्यै प्रार्थना भनेको संघर्ष हो जस्तो महसुस गर्नुभएको छ ? जस्तो कि तपाईं प्रार्थना गर्न चाहानुहुन्छ, तर बहकाव, थकान वा दिक्कले तपाईंलाई यसबाट टाढा राख्छ ?

तपाईं एक्लै हुनुहुन्न ! धेरै विश्वासीहरू प्रार्थनाविहीनतासँग संघर्ष गरिरहेका छन । शत्रुलाई थाहा छ कि जब तपाईं प्रार्थना गर्न छोड्नुहुन्छ, तपाईं आत्मिक रूपमा बढ्न छोड्नुहुन्छ ।

तर तपाईंको निम्ति एक शुभ समाचार छ ।
तपाईं प्रार्थनाविहीनता हटाउन सक्नुहुन्छ । आज, हामी अबरोधहरू परास्त गर्ने, आलस्यलाई जित्ने र शक्तिशाली प्रार्थनामय जीवन निर्माण गर्ने व्यावहारिक तरिकाहरू उजागर गर्नेछौं ।

1. प्रार्थनाविहीनता आत्मिक आक्रमण हो भनेर पहिचान गर्नुहोस ।

शैतानलाई प्रार्थनाको शक्ति थाहा छ, त्यसैले उसले तपाईंलाई धेरै व्यस्त, धेरै थकित वा प्रार्थना गर्न धेरै विचलित राख्न प्रयास गर्दछ ।

“किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका सांसारिक शासकहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा भएका दुष्ट्याइँका आत्मिक सेनाहरूका विरुद्ध हो।” [एफिसी ६:१२]

कसरी प्रार्थनाविहीनतासँग लड्ने :
* ध्यान दिनुहोस कि प्रार्थनाविहीनता एक बानी मात्र होइन - यो एक आत्मिक युद्ध हो ।
* जब तपाईं अल्छी वा विचलित महसुस गर्नुहुन्छ, त्यसलाई प्रार्थनाबाट हटाउनु होस ।
* परमेश्वरसँग सामर्थ्य र ध्यान केन्द्रित हुन सहायता माग्नुहोस ।

2. एक प्रार्थना तालिका निर्धारण गर्नुहोस र त्यसमा अडिग रहनुहोस ।

धेरै कारण मध्ये मानिसहरु प्रार्थनासँग संघर्ष गर्नुकाे कारण प्रार्थना तालिका निर्धारण नगर्नु पनि हाे ।

“जब दानिएलले त्यो आदेश प्रकाशित भएको थाहा पाए, तिनी आफ्नो घरको माथिल्लो तलाको कोठामा गए, जहाँ झ्यालहरू यरूशलेमतिर खुला थिए। पहिलेजस्तै तिनी दिनमा तीन पल्ट घुँड़ा टेकी परमेश्वरलाई धन्यवाद दिँदै प्रार्थना गर्थे।” [दानियल ६:१०]

व्यावहारिक कदमहरू :
* प्रत्येक दिन प्रार्थनाको लागि समय र स्थान छान्नुहोस ।
* प्रार्थनालाई परमेश्वरसँगको महत्त्वपूर्ण भेट जस्तै व्यवहार गर्नुहोस ।
* सुरुकाे दिनमा 5-10 मिनेटबाट शुरू गर्नुहोस र बिस्तारै समय बढाउँदै जानुहाेस ।

3. तपाईंको ध्यान भड्काउने बाधाहरू हटाउनुहोस ।

माेबाइल फोन, सामाजिक सञ्जाल तथा दैनिक जिम्मेवारीहरूले सजिलै आफ्नो प्रार्थना समय चोर्न सक्छ ।

“बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो।” [मर्कुस १:३५]

तपाईंले के गर्न सक्नुहुन्छ :
* माेबाइल फोनकाे नाेटिफिकेसन सूचनाहरू बन्द गर्नुहोस र प्रार्थनाको समयमा आफ्नो फोन टाढा राख्नुहोस ।
* शान्त ठाउँ खोज्नुहोस, जहाँ तपाईं प्रार्थनामा ध्यान केन्द्रित गर्न सक्नुहुन्छ ।
* यदि तपाईंको दिमाग भटकन्छ भने, व्यस्त रहनको लागि तपाईंको प्रार्थनाहरू लेख्नुहोस ।

4. अनुशासनको साथ आलस्यसँग लड्नुहोस ।

प्रार्थनाविहीनता प्रायः तब हुन्छ, जब हामी अनुशासनको सट्टा हाम्रा भावनाहरू पछ्याउँछौं ।

“तर म आफ्नो शरीरलाई कठोरतासाथ सधाउँछु, र यसलाई वशमा राख्तछु, नत्रता अरूहरूलाई प्रचार गरेपछि म आफैचाहिँ अयोग्य ठहरिनेछु।” [१ कोरिन्थी ९:२७]

आलस्यलाई कसरी हटाउने :
* प्रार्थना गर्न “राम्रो महसुस” भएको परिस्थितिलाई नपर्खनुहोस, तर केबल प्रार्थना गर्न सुरु गर्नुहाेस ।
* दैनिक प्रार्थना गर्न अलार्म वा रिमाइन्डर सेट गर्नुहोस ।
* यदि तपाईंलाई निद्रा लाग्ने बानी छ भने उठ्नुहोस, हिँड्नुहोस, वा ठूलो स्वरमा प्रार्थना गर्नुहोस ।

5. तपाईंले कुन बिषयमा प्रार्थना गर्ने भनेर थाहा नभएको बेला पनि प्रार्थना गर्नुहोस ।
कहिलेकाहीँ, कुन बिषयमा प्रार्थना गर्ने भनेर थाहा नभएको बेला हामी प्रार्थनाबाट टाढा रहन्छौं ।

“त्यसै गरी पवित्र आत्माले पनि हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ। कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ।” [रोमी ८:२६]

कसरी प्रार्थनामा लागिरहने :
* प्रभुको प्रार्थना प्रयोग गर्नुहोस (मार्गदर्शनको रूपमा) [मत्ती ६:९-१३]
* बाइबल पदहरू पढेर प्रार्थना गर्नुहोस ।
* भजनसंग्रहकाे पुस्तकलाई परमेश्वरसँग प्रार्थना गर्न प्रयोग गर्नुहोस ।
* तपाईंलाई प्रार्थनामा मद्दत गर्न पवित्र आत्मालाई सोध्नुहोस ।

6. जवाफदेहिता साझेदार व्यक्ति खोज्नुहोस ।

कसैसँग प्रार्थना गर्नाले तपाईंलाई उत्प्रेरित र निरन्तर रहन्छ ।

“एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन।
यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा!” [उपदेशक ४:९-१०]

यसले कसरी मद्दत गर्छ :
* नियमित रूपमा प्रार्थना गर्ने साथी, पति/पत्नी वा मण्डलीका सदस्यसँग साझेदार गर्नुहाेस ।
* प्रोत्साहनको लागि प्रार्थना समूहमा सामेल हुनुहोस ।
* तपाईंलाई जाँच गर्न सक्ने कसैसँग तपाईंको प्रार्थना लक्ष्यहरू साझा गर्नुहोस ।

7. प्रार्थनाको लागि तपाईंलाई भोक दिन परमेश्वरसँग सोध्नुहोस ।

यदि तपाईं प्रार्थनाविहीनतासँग संघर्ष गर्नुहुन्छ भने, तपाईंलाई प्रार्थना गर्ने इच्छा दिन परमेश्वरसँग सोध्नुहोस ।

“जसरी हरिणले खोलाका पानीको तृष्णा गर्दछ, त्यसरी नै, हे परमेश्वर, मेरो प्राणले तपाईंको तृष्णा गर्दछ।
मेरो प्राण परमेश्वरको निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ। म कहिले गएर परमेश्वरलाई भेटूँ?” [भजनसंग्रह ४२:१-२]

तपाईंले के गर्न सक्नुहुन्छ :
* प्रार्थना गर्नुहोस : “प्रभु, मलाई प्रार्थनाको लागि भोक दिनुहोस ।”
* प्रेरणाको लागि बाइबलमा प्रार्थना योद्धाहरूको कथाहरू पढ्नुहोस ।
* आफूलाई सम्झनुहोस कि प्रार्थनाले तपाईंलाई जीवित परमेश्वरसँग जोड्छ !

निष्कर्ष :
✴️ प्रार्थनाविहीनता एक लडाई हो, तर तपाईंले हार्नु पर्दैन !
✴️ ध्यान दिनुहोस कि विचलित र आलस्य शत्रुको औजार हो ।
✴️ प्रार्थना तालिका सेट गर्नुहोस र अवरोधहरू हटाउनुहोस ।
✴️ अनुशासन मार्फत आलस्यलाई हटाउनुहोस ।
✴️ तपाईंमा प्रार्थनाको लागि जोश प्रज्वलित गर्न परमेश्वरलाई सोध्नुहोस ।
✴️ जब तपाईं निरन्तर प्रार्थना गर्न सुरु गर्नुहुन्छ, तपाईं आत्मिक शक्ति, शान्ति र परमेश्वरसँग गहिरो घनिष्ठता अनुभव गर्नुहुनेछ ।

* के तपाईं प्रार्थनाविहीनता हटाउन र बलियो प्रार्थना जीवन निर्माण गर्न तयार हुनुहुन्छ ?

यदि तपाईं आज एक प्रतिबद्धता गर्दै हुनुहुन्छ भने कमेन्ट बक्समा लेख्नुहाेस... “म दैनिक रूपमा प्रार्थना गर्नेछु !”

[यदि यो सन्देशले तपाईंलाई आशिष दियो भने, यो कसैसँग साझा गर्नुहोस जसलाई प्रार्थना जीवनमा प्रोत्साहन चाहिन्छ ।]

“प्रार्थना एउटा यस्तो मार्ग हाे, जसद्दारा तपाईं शैतानलाई पराजित गर्नहुन्छ,
हराएकाहरू कहाँ पुग्न सक्नुहुन्छ,
विश्वास त्याग गरेकोलाई पुनःस्थापित गर्नहुन्छ,
सन्तहरूलाई मजबुत पार्नुहुन्छ,
मिसिनरीहरूलाई बाहिर पठाउनुहुन्छ,
बिरामीलाई निकाे पार्नुहुन्छ,
असम्भव कुराेलाई पूरा गर्नुहुन्छ,
र परमेश्वरकाे इच्छालाई जान्नुहुन्छ !” - डेभिड जेरमिया 

Sources :
1. https://www.facebook.com/61556399775060/posts/pfbid02TM5Z4fvh1C5vaL5tRtANuLS4fXMJ4EruuhYu863ceYHC6XPhbb7sriusaz81xLv5l/?app=fbl
3. https://youtu.be/LfvHSa6K5e4?si=ujfMhSMpNacDvZM9
4. https://www.facebook.com/100001676056647/posts/pfbid02zQpz1XBb5s3hLnyH8TVDY4MTgpbJtXFocJPqveCCP73KEEt3LdDre7QwvLh9fGYLl/?app=fbl



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...