Monday, January 27, 2025

मण्डली र परमेश्वरकाे अनन्त याेजना

 



1. यशैयाले मण्डलीकाे स्थापना हुनुभन्दा लगभग 750 वर्ष पहिले भविष्यवाणी गरे । [यशैया २:२-३]


2. मीकाले मण्डलीकाे स्थापना हुनुभन्दा लगभग 710 ईसा पुर्वमा भविष्यवाणी गरे । [मीका ४:१-२]


3. दानिएलले मण्डलीकाे स्थापना हुनुभन्दा लगभग 600 वर्ष पहिले भविष्यवाणी गरे । [दानियल २:३१-४५]


4. जकरियाले मण्डली यरूशलेममा स्थापित हुनेछ भने । [जकरिया १:१६]


5. याेएलले मण्डलीकाे बारेमा अगमवाणी गरे । [याेएल २:२८-३२]


6. येशूले मण्डली निर्माण गर्ने प्रतिज्ञा गर्नुभयो । [मत्ती १६:१८]


7. येशूले भन्नुभयो कि मण्डली यरूशलेममा तत्कालीन वर्तमान कोहीको जीवनकालमा स्थापित हुनेछ । [मर्कूस ९:१]


8. मण्डली लगभग 30 AD मा यरूशलेममा स्थापित भयाे । [प्रेरित २ अध्याय]


9. येशूले आज्ञाकारीहरूलाई मण्डलीमा थप्नुभयो । [प्रेरित २:४७]


10. शाऊल (पावल) ले मण्डलीलाई कडा रूपमा सताए । [गलाती १:१३]


11. ख्रीष्टले मण्डलीकाे लागि आफ्नो जीवनको दिनुभयो । [एफिसी ५:२५]


12. मण्डली जसको शिर र मुक्तिदाता दुबै येशू ख्रीष्ट हुनुहुन्छ । [एफिसी ५:२३]


13. मण्डली जाे ख्रीष्टको दुलही हो । [प्रकाश २१:९]


14. मण्डली जो ख्रीष्टको अधीनमा छ । [एफिसी ५:२४]


15. पावलले मण्डलीकाे बारेमा एफिसीहरूलाई यसरी वर्णन गरे । [एफिसी ५:२७]

 * “दाग नभएको”

 * “चाउरी नभएको”

 * “तेजस्वी मण्डली”

 * “पवित्र”

 * “निष्खोट”


16. मण्डली जुन ख्रीष्टले पितालाई सुम्पनुहुनेछ । [१ कोरिन्थी १५:२४]


* यसैले मण्डली अचानक स्थापना भएको हाेईन, तर याे त परमेश्वरकाे अनन्त याेजना हाे । के तपाईं परमेश्वरकाे याे अनन्त याेजनामा सहभागी हुनुहुन्छ ?


यसकारण लेखिएको छ,

“म तिमीलाई भन्दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु, र नरकका ढोकाहरू त्यसमाथि विजयी हुनेछैनन ।” [मत्ती १६:१८]


“ र परमेश्वरले सबै कुरा उहाँका पाउमुनि राखिदिनुभयो, र मण्डलीको निम्ति उहाँलाई नै सबै कुराको शिर बनाइदिनुभयो ।” [एफिसी १:२२]


“उहाँकहाँ जाओ, जो जीवित पत्थर हुनुहुन्छ। मानिसहरूबाट इन्कार हुनुभएको, तर परमेश्वरको दृष्टिमा उहाँ चुनिनुभएको र बहुमूल्य हुनुहुन्छ। 

तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिक घर बन्दैजाओ। 

किनभने धर्मशास्त्रमा भनिएको छ, ‘हेर, सियोनमा एउटा छानिएको र बहुमूल्य कुने-ढुङ्गो म बसाल्छु, र जसले उहाँमाथि विश्वास गर्छ त्यो शर्ममा पर्नेछैन’।” [१ पत्रुस २४-६]


“ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरिओस्। 

योचाहिँ ख्रीष्ट येशू हाम्रा प्रभुमा उहाँले पूरा गर्नुभएको अनन्त उद्देश्यअनुसार थियो।” [एफिसी ३:१०-११]


“त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ। 

उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ।” [एफिसी २:२०-२१]


Sources :

1. https://images.app.goo.gl/vWmkEagm2ps4R2aaA

2. https://pin.it/72va384wG




No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...