Saturday, January 18, 2025

मण्डलीमा शिष्टाचार

 



1. मण्डलीमा जानुहोस । अत्यावश्यक नभएसम्म मण्डली कहिल्यै नछुटाउनुहोस । जर्ज वाशिंगटनका पास्टरले उनको बारेमा भने, “कुनै कामले उनलाई कहिल्यै मण्डली जानबाट रोकेन ।”


2. मण्डलीमा चाँडै जानुहोस । अन्तिम मिनेटमा मण्डलीमा जान हतार गर्नु साँचो आराधनाको लागि अनुकूल छैन ।


3. आफ्नो सम्पूर्ण परिवारसँग मण्डलीमा जानुहोस । मण्डलीकाे सेवा भनेको परिवारले प्रतिनिधि मात्रै पठाउनुपर्ने अधिवेशन होइन ।


4. सकेसम्म सधै मण्डलीको अगाडिकाे एउटा ठाउँमा बस्नुहाेस । पछाडिको ठाउँ बिमारी तथा कमजोरहरू, विश्वासदेखि पछि हट्न लागेकाहरू र बच्चाहरू भएका आमाहरूका लागि छोड्नुहोस ।


5. समर्पित र आत्मिक हुनुहोस । मण्डली कुनै थिएटर वा मनोरञ्जनको ठाउँ होइन । तपाईं मण्डलीमा परमेश्वरको आराधना गर्न जानुहुन्छ, तर कानाफूसी गर्न, आराम गर्न वा सुत्न होइन । परमेश्वरको भवन अत्यन्तै सम्मानको योग्य छ ।


6. अपरिचितहरूलाई फेला पार्दा सेवाकाे क्रमलाई अनुसरण गर्न मद्दत गर्नुहोस । यदि तिनीहरूसँग कुनै पुस्तक छैन भने, तिनीहरूसँग साझेदारी गर्नुहोस । गाउनुहोस ! आराधनामा सामेल हुनुहोस ! बसेर हर्ने काम मात्रै नगर्नुहोस !


7. सधैं याद गर्नुहोस कि अपरिचितहरू मण्डलीका सदस्यहरूका अतिथिहरू हुन । उनीहरूलाई तपाईंको घरमा भेट्न आएका जस्तो शिष्टाचारको साथ व्यवहार गर्नुहोस ।


8. परमेश्वरलाई उत्तम भेटी दिनुहोस । खुसीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ । 


9. आशीर्वादकाे प्रार्थनापछि मण्डलीमा आगो लागेको जस्तो गरी कहिल्यै पनि ढोकाबाट बाहिर निस्कन हतार नगर्नुहोस । अरूसँग बोल्नुहोस र अरूकाे कुराहरू पनि सुन्नुहाेस । मिलनसार हुनुहोस ।


10. कुनै पनि मण्डली सिद्ध छैन भनेर मण्डलीबाट कहिल्यै टाढा नबस्नुहोस ।  सिद्ध मण्डलीमा तपाईं कत्ति एक्लो महसुस गर्नुहुन्छ ।


यसकारण लेखिएको छ,

जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्दित भएँ। [भजनसंग्रह १२२:१]


“हे सर्वशक्तिमान परमप्रभु, तपाईंको वासस्थान कति मनोहर छ। 

परमप्रभुका मन्दिरको निम्ति मेरो प्राण इच्छुक छ, र मूर्च्छै पनि पर्छ। मेरो हृदय र मेरो शरीर दुवैले जीवित परमेश्वरको पुकारा गर्दछ।” [भजनसंग्रह ८४:१-२]


“तपाईंको मन्दिरभित्रको एक दिन अरू ठाउँका हजार दिनभन्दा उत्तम छ। दुष्टहरूका पालमा बस्नुभन्दा बरु मेरा परमेश्वरका भवनको ढोके हुनलाई मलाई मन पर्छ।” [भजनसंग्रह ८४:१०]


“उहाँको भवनका द्वारहरूभित्र धन्यवादसाथ पस, र प्रशंसा गर्दै उहाँको मन्दिरमा प्रवेश गर। उहाँलाई धन्यवाद चढ़ाओ, र उहाँका नाउँको प्रशंसा गर। 

किनभने परमप्रभु भला हुनुहुन्छ, र उहाँको करुणा सदाकाल रहन्छ। उहाँको विश्वसनीयता पुस्तादेखि पुस्तासम्म रही नै रहन्छ।” [भजनसंग्रह १००:४-५]


धेरै जाति-जातिहरू आएर भन्नेछन, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं।” व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन। 

[मीका ४:२]


“ख्रीष्टको वचन तिमीहरूमा प्रशस्ततासँग वास गरोस। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्वरप्रति आफ्नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्तुति र आत्मिक गान गाओ। 

कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्वर पितालाई धन्यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।” [कलस्सी ३:१६-१७]


Sources :

1. https://concordiaandkoinonia.wordpress.com/2023/10/10/church-etiquette/

2. https://pin.it/1nqja9oye

3. https://www.reddit.com/r/excoc/comments/1ejeify/typical/?rdt=41862

4. https://www.facebook.com/100005372911500/posts/pfbid02P99jAgzb1tsVwSRFP3oma4DgexwKuY2GofG8ezCnmwvxdf3peTbg1GVwWV9A4wmLl/?app=fbl

5. https://www.facebook.com/groups/IRMEC.PARANG/permalink/6314829725288571/?app=fbl

6. https://www.facebook.com/1557112741071692/posts/pfbid02uNjkrvmmr3oupn8e6gGPx84mX2zPtk3rtkuNwSZoz85WTvYAfMDzuYH49CWmuXN1l/?app=fbl


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...