एक पटक एक जना चिनियाँ भाइले रेलबाट यात्रा गरिरहेका थिए र उनको साथमा त्यही कोठामा तीन जना गैर-ख्रीष्टियनहरु पनि थिए, जसले समय बिताउनको निम्ति तास खेल्न चाहे। खेल खेल्न चौंथो व्यक्तिको अभाव भएकोले, तिनीहरुले ती भाइलाई आफूहरुसँग खेल्न आग्रह गरे।
तर उनले भने, “तपाईंहरुलाई निराश पारेकोमा म क्षमा चाहन्छु। म तपाईंहरुसँग खेल्न सक्दिनँ, किनकि मैले मसँग मेरा हातहरु ल्याएको छैन।”
तिनीहरुले आश्चर्य मान्दै सोधे, “तपाईं यो के भन्दै हुनुहुन्छ?”
उनले भने, “यी दुई हातहरु मेरा होइनन।”
त्यसपछि त्यहाँ उनको जीवनमा भएको स्वामित्वको परिवर्तनलाई उनले व्याख्या गरे। ती भाइले आफ्नो शरीरका अङ्गहरु पूर्ण रुपमा प्रभुका हुन भनी मान्दथे। यो साँचो पवित्रता हो।
के याे घटना पापकाे निम्ति मर्नु वा पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएकाे उत्कृष्ट उदाहरण हाेईन र?
संसारका मानिसहरू पापकाे निम्ति जीवित हुन्छन र पापमा नै मर्छन, तर येशू ख्रीष्टमा विश्वास गर्ने एक साँचो विश्वासी पापकाे निम्ति मर्छ, परमेश्वरकाे निम्ति जीवित हुँदछ।
* के तपाईं पापकाे निम्ति मर्नुभएको छ?
यदि तपाईंसँग पनि पापकाे निम्ति मरेको अनुभव छ भने हामीसँग साझा गर्न सक्नुहुन्छ!
यसकारण लेखिएको छ,
“तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन।” [गलाती ५:२४]
“म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।” [गलाती २:२०]
“तिमीहरूमा रहेको मानवीय कमजोरीको कारणले म तिमीहरूले बुझ्न सकिने भाषामा बोलिरहेको छु। किनकि जसरी तिमीहरूले एक पल्ट आफ्ना अङ्गहरूलाई अशुद्धता र झन-झन बढ़ी अपराधका निम्ति समर्पण गर्यौ, अब त्यसरी नै पवित्रकरणको निम्ति आफ्ना अङ्गहरूलाई धार्मिकताको निम्ति समर्पण गर।” [रोमी ६:१९]
Source :
बाइबलीय ईसाई जीवन, वाचम्यान नी, (The Normal christian life), दिव्य वाणी प्रकाशन, काठमाडौं, पुनर्मुद्रण : भाद्र २०६३ (सेप्टेम्बर २००६), पृष्ठ ७३

No comments:
Post a Comment