प्रिय ख्रीष्टियन दाजुभाइ तथा दिदीबहिनीहरू,
चमत्कारहरूलाई कहिल्यै नपछ्याउनुहोस।
1. चमत्कारहरू परमेश्वरको उपस्थितिको प्रमाण होइनन। याे विश्वास गर्नुहोस, कि शैतानले पनि चमत्कार गर्दछ।
2. मत्ती २४:२४ मा, येशूले चेताउनी दिनुभयो कि अन्तको समयमा, झूटा अगमवक्ताहरूले मानिसहरूलाई धोका दिन ठूला चिन्हहरू र चमत्कारहरू गर्नेछन। झूटा अगमवक्ताहरू र चमत्कार गर्नेहरू स्वयं पनि धोकामा पर्न सक्छन।
3. मत्ती ७:२२-२३ मा पनि चेतावनी दिईएकाे छ,
त्यो दिन धेरैले मलाई भन्नेछन, “प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?”
अनि म तिनीहरूलाई सफासँग भन्नेछु, “मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।”
4. २ थेसलोनिकी २:९ मा, प्रेरित पावलले पनि ख्रीष्ट विरोधी सबै शक्ति, चिन्ह र झूटा आश्चर्यकर्महरू लिएर आउनेछन भनी चेतावनी दिए। मिश्रका जादूगरहरूले पनि मोशा र हारूनले गरेका हरेक जस्तै चमत्कार गरे (प्रस्थान ७-९ अध्याय)। व्यवस्था १३:१-५ मा, परमेश्वरले भन्नुहुन्छ कि हामीले अगमवक्तालाई तिनीहरूको सन्देशद्वारा न्याय गर्नुपर्छ, चमत्कारहरूद्वारा होइन।
5. परमेश्वर एक चमत्कार गर्ने परमेश्वर हुनुहुन्छ। अगमवक्ता परमेश्वरले पठाउनुभएको हो कि होइन भनी कसरी थाहा पाउने? यदि अगमवक्ताले येशूको नामलाई उच्च पार्छ र मानिसहरूलाई येशूमा केन्द्रित गर्छ भने, उनी परमेश्वरद्वारा पठाइएको हो। यदि चमत्कार-कर्ताले आफूलाई उचाल्छ, ऊ मात्रै केन्द्र हो भने उसलाई शत्रुले पठाएको हो। येशूलाई पछ्याउनुहोस, चमत्कार होइन!
6. तपाईंले यी झूटा अगमवक्ताहरूलाई सधैं भविष्यवाणी गर्छन र पार्थिव धन र असल चीजहरूमा ध्यान केन्द्रित गर्नेछन, चमत्कारी पैसा र विवाहकाे जाेडिहरू खाेजिदिने गर्दछन, यसरी तपाईंले तिनीहरूलाई चिन्नुहुनेछ। तिनीहरूले तपाईंलाई सधैं धोका दिनेछन, र तिनीहरूले राम्रो काम गरेबापत विश्वासीहरूबाट पैसा पनि माग्नेछन।
7. प्रिय ख्रीष्टियन दाजुभाइ तथा दिदीबहिनीहरू, एक असल अगमवक्ताले तपाईंलाई राम्रो चीजहरूको बारेमा मात्रै बताउनेछैन, तर मुख्यतया मुक्ति, र आउने जीवनमा केन्द्रित हुनेछ, पापकाे बारेमा कठाेरताकाे साथ प्रचार गर्नेछ। तर यदि उसले राम्रो चीजहरूको बारेमा मात्र बताईरहेको छ भने त्यो अगमवक्ता नक्कली हो भनेर जान्नुहोस।
Sources :
1. https://www.facebook.com/100014841702542/posts/1747189105785796/?app=fbl
2. https://www.facebook.com/100084548984651/posts/pfbid02YQPv5PogP9CeMxZsJCQRVVJrdBeSaze4Lrh5QQcNj2a2LQaT2VHNyiaj3aCbERWvl/?app=fbl

No comments:
Post a Comment