1. मोसाको व्यवस्थाले हामीलाई पापको आरोप लगाउँछ।
येशुको अनुग्रहले हाम्रो पापको जवाफ दिन्छ।
2. मोसाको व्यवस्थाले हामीलाई बाँध्छ।
येशुको अनुग्रहले हामीलाई स्वतन्त्र दिन्छ।
3. मोसाको व्यवस्थाले हामीलाई दाेष लगाउँछ।
येशुको अनुग्रहले हामीलाई निको पार्छ।
4. मोसाको व्यवस्थाले मृत्यु ल्याउँछ।
येशुको अनुग्रहले जीवन ल्याउँछ।
5. मोसाको व्यवस्थाले मानिसलाई परमेश्वरबाट निष्कासित गर्छ।
येशुको अनुग्रहले मानिसलाई परमेश्वरमा उचाल्छ।
6. मोसाको व्यवस्थाले हामीलाई सीमारेखा भित्र राख्छ।
येशुको अनुग्रहले हामीलाई मुक्त गराउँछ।
7. मोसाको व्यवस्थाले परमेश्वर र मानिस बिचकाे दुरी प्रकट गर्छ।
येशुको अनुग्रहले उपहार प्रकट गर्छ।
8. मोसाको व्यवस्थाले नर्कलाई धेरै पक्का गर्छ।
येशुको अनुग्रहले स्वर्गलाई धेरै पक्का गर्छ।
9. मोसाको व्यवस्थाले असम्भव देखाउँछ।
येशुको अनुग्रहले इम्मानुएलद्दारा सबै सम्भव देखाउँछ।
10. मोसाको व्यवस्थाले न्याय गर्दछ।
येशुको अनुग्रहले धर्मीकरण गर्दछ।
11. मोसाको व्यवस्थाले मार्छ।
येशुको अनुग्रहले क्षतिपूर्ति दिने नातेदार ल्याउँछ।
12. मोसाको व्यवस्थाले तरिकाहरू (विधीवाद) दिन्छ।
येशुको अनुग्रहले मसीह (प्रभु र मुक्तिदाता) दिन्छ।
13. मोसाको व्यवस्थाले कहिल्यै बचाउदैन।
येशुको अनुग्रह कहिल्यै असफल हुँदैन।
14. मोसाको व्यवस्थाले हामीलाई बाध्य पार्छ।
येशुको अनुग्रहले हाम्रो लागि ढोका खोल्छ।
15. मोसाको व्यवस्था सिनाईमा प्रस्तुत गरियो।
येशुको अनुग्रह हृदयमा प्रस्तुत गरियो।
16. मोसाको व्यवस्थाले कम्पन र डर ल्यायाे।
येशुको अनुग्रहले मेरो डरलाई शान्त पार्छ।
17. मोसाको व्यवस्था ढुङ्गाकाे पाटीमा लेखियाे।
येशुको अनुग्रह पवित्र हृदयमा लेखियाे।
18. मोसाको व्यवस्थाले परमेश्वरको त्रास र भय प्रकट गर्याे।
येशुको अनुग्रहले परमेश्वरको कोमलता प्रकट गर्याे।
19. मोसाको व्यवस्थाले विश्वव्यापी पाप देखाउँछ।
येशुको अनुग्रहले विश्वव्यापी मुक्ति देखाउँछ।
20. मोसाको व्यवस्थाले व्यर्थता माथि व्यर्थता ल्याउँछ।
येशुको अनुग्रहले विजय माथि विजय ल्याउँछ।
21. मोसाको व्यवस्थाले बलिदानद्वारा पाप ढाक्छ।
येशुको अनुग्रहले मुक्तिदाताद्वारा पाप धुन्छ।
22. मोसाको व्यवस्थाले असाधारण कानून देखाउँछ।
येशुको अनुग्रहले असाधारण प्रेम देखाउँछ।
23. मोसाको व्यवस्थाले हिजोको बाटो देखाउँछ।
येशुको अनुग्रहले “हो” र “आमेन” मात्रै देखाउँछ।
24. मोसाको व्यवस्थाले धार्मिक परम्परा र रीतिरिवाजको लागि जोसिलो बनाउँछ।
येशुको अनुग्रहले परमेश्वरको लागि जोसिलो बनाउँछ।
* तपाईं मोसाको व्यवस्था र येशुको अनुग्रह मध्ये कहाँ खडा हुनुहुन्छ?
यसकारण लेखिएको छ,
“उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं।
किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।” [यूहन्ना १:१६-१७]
Sources :
1. https://discoveringchristinus.wordpress.com/2013/11/03/a-z-acronym-of-law-vs-grace/
2. https://pin.it/7INjV2NIw

No comments:
Post a Comment