1. जो कोही पनि गिर्न सक्छ। म फेरि दोहोर्याउँछु, सेवकहरू कोही पनि गिर्न सक्छ। याे कुरा कहिल्यै नबिर्सनुहोस!
2. अभिषेकले परीक्षाहरू, प्रलोभनहरू र आक्रमणहरूबाट सुरक्षा गर्दैन। याे कुरा कहिल्यै नबिर्सनुहोस!
3. नियमित व्यक्तिगत परमेश्वरसँग एकान्तवासले तपाईंलाई बलियो राख्छ। याे कुरा कहिल्यै नबिर्सनुहोस!
4. तपाईंको शक्ति या बल परमेश्वरको वचन हो। यसलाई दैनिक अध्ययन र मनन गर्नुहोस। याे कुरा कहिल्यै नबिर्सनुहोस!
5. घृणाभावलाई छोड्नुहोस। घृणाभावकाे निम्ति मर्नुहाेस। घृणाभाव जो कोहीबाट पनि आउन सक्छ, त्याे तपाईंको श्रीमतीबाट पनि आउन सक्छ।
6. आफ्नो गोप्य स्थानलाई प्राथमिकता दिनुहोस। सेवकहरूको हैसियतमा अनावश्यक भेटघाट, अनावश्यक तर्कबितर्क र भौतारिने काम नगर्नुहोस, यसले तपाईंलाई अलमलमा पार्ने र तपाईंको बहुमुल्य समयलाई बर्बाद गर्ने काम मात्रै गर्नेछ।
7. पुरानो बानीहरू नबिर्सनुहोस। तपाईंले पुरानो समयमा संघर्ष गर्नुहुने बानीहरूलाई नबिर्सनुहोस।
8. आफ्ना कमजोरीहरूलाई क्रुसमा ठोकिरहनुहोस। यो निकै महत्वपूर्ण छ!
9. सेवकाई अघि परिवारलाई पनि ध्यान दिनुहाेस। यदि तपाईंको श्रीमती खुसी छैन भने, सबै सेवाहरू रद्द गर्नुहोस र ती समस्याहरू पहिले समाधान गर्नुहोस।
10. आफ्ना छोराछोरीलाई धेरै नपुल्पुल्याउनु हाेस अर्थात हदभन्दा बढी माया नगर्नुहोस। तिनीहरूमाथि थप उत्कृष्ट अनुशासन लागू गर्नुहोस।
11. दिन नसक्नेहरूका लागि आशिषकाे कारण बन्न नछोड्नुहोस। तपाईंलाई आशिष पाउन या माग्न हाेईन, तर आशिष दिन बोलाईएकाे छ र तपाईंलाई सेवा गर्नेहरू प्रति सधै धन्यवादी बन्नुहाेस। तपाईं सबैको पिता हुनुहुन्छ।
12. आफ्नो वचनमा स्थिर रहनुहोस। परमेश्वरकाे वचनहरूलाई सधैं आफ्नो हृदयमा राख्नुहोस।
13. तपाईंले पनि गल्ती गर्न सक्नुहुन्छ। त्यस परिस्थितिमा आफैलाई नमार्नुहाेस, तर ती गल्तीहरूदेखि पाठ सिक्नुहाेस र निरन्तर आफ्नो लक्ष्यतिर अगाडि बढाउनुहोस।
14. तपाईंलाई बाेलाउन सक्ने र क्रममा राख्ने आवाजहरू छन। त्यसकारण एल्डरहरू, डिकनहरू र डिकोनेसहरू महत्त्वपूर्ण छन।
15. अन्तमा : बुद्धिमा प्रार्थना गर्नुहाेस! अन्य भाषाहरूमा परमेश्वरकाे आराधना गर्नुहाेस! पवित्र आत्मामा प्रार्थना गर्नुहाेस!
- केनेथ कोपल्याण्ड
Sources :
1. https://lightfeatherstoriesw.home.blog/2020/06/21/15-words-of-wisdom-for-young-ministers-kenneth-copeland/
2. https://www.scribd.com/document/617417880/15-WISDOM-FOR-YOUNG-MINISTERS-KENNETH-COPELAND
3. https://www.facebook.com/101127488860423/posts/pfbid0eXqFdYm5s2S7KeLFPxjDkzse3vjjsgvdXmC1EJHHzXZRVY1QCX4Yq8EbSL7XLhaal/?app=fbl

No comments:
Post a Comment