Monday, May 20, 2024

दुई ख्रीष्टियन सेवक

 



तलको दुई सर्प, एकको विष सेवनबाट मृत्यु भयाे, र अर्कोकाे निसास्सिएर मृत्यु भयाे।


दुबैले एकअर्कालाई छोड्न मान्दैनन... के छोड्ने?


1. तिनीहरू दुवै आफै सही हुनको लागि एकअर्कालाई छोड्दैनन।


2. आफ्नो सार्वजनिक छवि, पक्षका व्यक्ति र प्रतिष्ठा जोगाउन तिनीहरूले एकअर्कालाई छोड्दैनन।


3. एकअर्कालाई गलत साबित गर्न तिनीहरूले एकअर्कालाई छोड्दैनन।


4. एकअर्कालाई अन्तिम शब्द भन्नलाई छोड्दैनन।


5. तिनीहरु कसैले आफ्नो घमण्डलाई छोड्दैनन।


प्रीय हाे, आज सामाजिक सञ्जाल सेवकहरूकाे बिचमा आफुमात्र सहि र अरू सबै गलत भन्ने प्रतिस्पर्धाकाे रणभुमीकाे क्षेत्रमा परिणत हुँदैछ। यो निकै चिन्ताजनक छ।


तर सत्य यो हो कि हामीले सर्प (शैतान) लाई चिन्नुकाे सट्टामा कसको हारजित हुन्छ भन्ने कुरामा लागिरहेका छाैँ।


* सार्वजनिक माफी कहाँ छ?

* नम्रता कहाँ छ?

* क्षमा कहाँ छ?

* घृणाभावलाई नजरअन्दाज गर्ने महिमा कहाँ छ?

* येशू ख्रीष्टकाे स्वरूप र समानता कहाँ गयो?


मण्डली र यसका सेवकहरूको अवस्थालाई लिएर यस अन्तिम घडीमा परमेश्वरको हृदय गहिरो शोकमा छ।


हामी के बनेका छौं?


आलोचक, क्रोध, घमण्ड, बदला, निन्दा, गफ र विभाजन यी सबै सर्पकाे गुणहरू हुन।


प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वास, नम्रता र आत्म-संयम सबै पवित्र आत्माका गुणहरू हुन।


आज हामी हरेकलाई थुमाको ठूलो खाँचो छ!

 - यर्मिया जॉनसन


यसकारण लेखिएको छ,

“दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। 

यो त शिरमा लगाइएको मूल्यवान तेलजस्तो हुन्छ, जो हारूनको दाह्रीसम्म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्मै बगेर जान्छ। 

त्यो हेर्मोन डाँड़ाको शीत सियोन पर्वतमा परेजस्तै हुन्छ। किनकि त्यहीँ परमप्रभुले सदाकाल जीवनको आशिष खन्याउनुहुन्छ।” [भजनसंग्रह १३३:१-३]


“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर।  

यदि तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, यसैबाट सबैले जान्नेछन, कि तिमीहरू मेरा चेलाहरू हौ।” [यूहन्ना १३:३४-३५]


“आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो, र कुनै हत्यारासँग अनन्त जीवन रहँदैन भन्ने तिमीहरूलाई थाहै छ।” [१ यूहन्ना ३:१५]


किनभने, लेखिएको छ, “अन्यजातिहरूका बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा नै निन्दित भएको छ।” [रोमी २:२४]


“तर तिमीहरू एउटाले अर्कोलाई टोक्ने र निल्ने गर्छौ भनेता होशियार गर, तिमीहरू एक-अर्काबाट नै खतम हुनु नपरोस।” [गलाती ५:१५]


Source :

https://www.facebook.com/100044538095213/posts/pfbid02dvKCPHkXhFmipvv541evB6sm2Ze6BtszkXPxQffTW29ACzDvNmzFM8wM4M1oBXjxl/?app=fbl



[King cobra bites python. Python constricts cobra. Cobra gets crushed to death. Python dies from the cobra’s venom.

Had they both chose to slither away, they would had both won. Moral of the story, do nothing is a winning option too at times.

Choose your options wisely!]



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...