पिटर कार्टराइट उन्नाईसौं शताब्दीका खरा प्रचारक थिए। एक दिन आइतवार मण्डलीको मञ्चमा बोल्नुअघि उनलाई मण्डलीका अर्का अगुवाले सम्झाउँदै भने,
“राष्ट्रपति एन्ड्रु ज्याक्सन आज विहान सेवामा उपस्थित हुनुहुन्छ। कुनै पनि आपत्तिजनक र विवादास्पद शब्द राष्ट्रपतिको अघि नराख्नुहोला।”
त्यसपछि पीटर कार्टराइट बोल्न मञ्चमा पुगे। उनको पहिलो वाक्य थियो,
“आज हाम्रो वीचमा सम्मानिय राष्ट्रपति एन्ड्रे ज्याक्सन हुनुहुन्छ भन्ने कुरा मलाई थाहा भयो। मलाई सावधानीसँग बाेल्नुहोस भनी बिन्ती गरिएको छ।”
त्यसपछि उनलेे भने, “एन्ड्रु ज्याक्सनले पश्चात्ताप गरेनन भने नर्क कुण्डमा जानेछन।”
सेवा सिद्धिएपछि राष्ट्रपतिले प्रचारक पिटर कार्टराइटसँग हात मिलाउँदै भन्नुभयो, “सर, तपाईं जस्ता व्यक्तिहरू मेरो सेनामा भए, म पृथ्वीलाई कोर्रा लाउन सक्थें।”
सत्य कुरा घोषणा गर्दा सम्झौता गर्नुहुन्न। मानिसहरू परिवर्तन हुन सक्छन, तर सत्यता सदैव रहिरहन्छ।
यसकारण जोन वेस्लीेले एकपटक भनेका थिए,
“मलाई एक सय प्रचारकहरू दिनुहोस, जो पाप बाहेक अरू केहीसँग डराउँदैनन, र परमेश्वरबाहेक अरू केही चाहँदैनन, र म परवाह गर्दिन कि तिनीहरू पास्टरहरू हुन वा सामान्य मानिस हुन; यस्ताहरूले नै नर्कको ढोका हल्लाउनेछन र पृथ्वीमा स्वर्गको राज्य स्थापना गर्नेछन।”
परमेश्वरले पुरानो नियम र पहिलो शताब्दीकाे मण्डलीकाे निम्ति यस्तै खरा प्रचारक खडा गर्नुभएको थियो। याे अन्तिम समयमा पनि परमेश्वरले ती भन्दा खतरनाक, खरा र कडा प्रचारकहरूलाई तैयार गर्नुभएको छ। किनकि कडा प्रचारकले मण्डलीलाई नम्र बनाउँछ, र नम्र प्रचारकले मण्डलीलाई कडा बनाउँछ।
* के वर्तमान मण्डलीमा पनि खराे प्रचारकहरूकाे आवश्यकता छैन र?
* के तपाईं ती प्रचारकहरूकाे वचनहरू सुन्न र तिनिहरूकाे सामना गर्न तैयार हुनुहुन्छ?

No comments:
Post a Comment