1. यदि तपाइँसँग सेवकाईकाे निम्ति परमेश्वरबाट बाेलावट भएको छैन भने पूर्णकालीन सेवकाईमा नजानुहोस।
पूर्णकालीन सेवकाईकाे बाेलावट नपाउँदासम्म सेवकाई गर्दैगर्दा आफ्नो कामलाई पनि निरन्तरता दिनुहोस।
सेवकाईमा पैसा छ भन्ने सुन्दा विश्वास नगर्नुहोस। तपाईंले आफ्नो जीवनभर सेवा गर्न पैसाको लागि परमेश्वरमा विश्वास गर्नुपर्नेछ। त्यसैले कुनै पनि सेवकाई संस्थाले वित्तीय साझेदारहरूको लागि सोध्न छोडेको छैन। त्यसकारण पनि ठूला सेवकाई संस्थाहरूले चरणमा आयोजना स्थापना गर्ने गर्छन किनभने उनीहरूसँग प्रायः सबै पैसा एकैपटक हुँदैन।
तपाईं विश्वासमा हिँड्दै गर्दा परमेश्वरले प्रबन्ध गर्नुहुन्छ।
2. तपाईंले प्रार्थना र वचनमा राम्रोसँग तयारी नगरेसम्म कुनै पनि सेवामा सेवकाई नगर्नुहोस।
यदि तपाइँ बिना तयारी सेवकाई गर्नुहुन्छ भने तपाइँले मानिसहरूको समय र भविष्य बर्बाद गर्न सक्नुहुन्छ।
जब तपाईं अभिषेक ताजा नभएर सेवा गर्नुहुन्छ, तब आत्मिक महत्त्वकाे प्रभाव हुँदैन। मानिसहरु चिच्याउन सक्छन तर ५ देखि १० वर्षपछि थाहा हुन्छ कि उनीहरुले भविष्य बर्बाद गरेका छन।
3. पुलपिटकाे निम्ति कसैसँग मित्रता नबनाउनुहोस। पुलपिटको लागि कसैसँग भिख माग्न नजानुहोस र कोही तपाईंको साथी भएको कारणले मात्रै पनि कसैलाई पुलपिट नदिनुहोस।
जब परमेश्वरले तपाईलाई भन्नुहुन्छ, तब मात्र तपाईले पुलपिट छोड्नुहुन्छ।
धेरै मानिसहरू व्यवस्थित रूपमा तपाईंको साथी बन्नेछन ताकि तिनीहरूले तपाईंको लागि प्रचार गर्न सकून। पुलपिटकाे निम्ति कसैलाई साथी नबनाउन, पहिल्यै मन बनाउनुहाेस।
4. यदि तपाईं सेवकाईको किनारामा हुन जाँदै हुनुहुन्छ भने सिक्न, पढ्न, बढ्न, परिवर्तन हुन र सुधार गर्न कहिल्यै नराेकिनुहाेस। होइन भने केही वर्षपछि तपाईं जिउँदै इतिहास बन्नुहुनेछ।
मलाई थाहा छ, तपाईं सेवकाईकाे बारेमा धेरै जानकार हुनुहुन्छ, तर... महिमा बिदा भएको छ।
5. तपाईं अभिषिक्त हुनुहुन्छ वा बाेलावट पाउनुभएकाे छ र तपाईंसँग पैसा हुनेछ भनेर ढुक्क नहुनुहाेस। आफ्नो आर्थिक योजना बनाउनुहोस। तपाईंले पैसा कसरी व्यवस्थापन गर्ने भनेर परमेश्वरसँग सोध्नुहोस। तपाईलाई आफ्नै रणनीति चाहिन्छ। यो जस्तो देखिन्छ, त्यस्तो सरल भने छैन।
सेवकाईमा आर्थिक कुराकाे पनि महत्त्वपूर्ण भाग हुन्छ।
सेवकाईमा आर्थिक व्यवस्थापनकाे निम्ति परमेश्वरबाट ज्ञान र समझ माग्नुहोस। सेवकाईलाई कसरी बढाउने भनेर सरसल्लाह लिनुहाेस, नत्र तपाईं भिखारीमा परिणत हुनुहुनेछ।
दान र भेटीमा आक्रमण नगर्नुहोस, नत्र यसले तपाइँलाई एक दिन शिकार गर्नेछ।
6. तपाईंसँग विवरणहरू नभएका सेवकहरूको लाञ्छना या बदनामी या विवादहरूमा टिप्पणी नगर्नुहोस। चीजहरू देखिए जस्तो सरल छैनन।
कुनै सम्झौता बिना निष्ठापूर्वक आफ्नो सेवाकाे काममा लागि रहनुहाेस।
7. भविष्यवाणी, दर्शन, सपना वा प्रेमको कारणले मात्रै विवाह नगर्नुहोस।
तर एक महान उद्देश्यकाे कारण विवाह गर्नुहोस। सेवकाईको जीवनसाथी बन्न सक्नेसँग बिहे गर्नुहाेस। जो साथी हो, त्यससँग बिहे गर्नुहाेस। धेरैसँग सामना गर्न सक्ने व्यक्तिसँग विवाह गर्नुहोस। नत्र त्याे एक सेवकाईको साझेदार हुन सक्दैन।
धेरै सेवकहरूहरू र ठुला मण्डलीका प्रचारक पनि आफ्नो विवाहकाे निम्ति पछुताउँछन, तर परमेश्वरले तपाईंलाई मद्दत गर्नुहुनेछ।
यदि तपाईं पहिले नै विवाहित हुनुहुन्छ भने एक गुणस्तरीय निर्णय लिनुहोस र तपाईंले आफ्नो विवाहको आनन्द लिनुहुनेछ। आफ्नो जीवनसाथीलाई माया गर्नुहोस। तपाईंलाई माया गर्छु भनी दाबी गर्ने जो कोहीसँग पनि शैतानलाई तपाईंको ध्यान भड्काउन नदिनुहोस।
संचार गर्नुहोस, अन्तरक्रिया र छलफल गर्नुहोस। आफ्नो जीवनसाथीसँग कुरा गर्नुहोस, समय बिताउनुहाेस र प्रार्थना गर्नुहोस।
* अन्तमा, याे कुरा सधै याद गर्नुहाेस कि जब तपाईं परमेश्वरकाे सेवामा लाग्नुहुन्छ, तब तपाईं एक भयानक आत्मिक युद्धमा पनि सहभागी हुनुभएको छ। अर्को भाषामा सेवकाई एक आत्मिक लडाइँ हाे।

No comments:
Post a Comment