Sunday, March 24, 2024

ईजेबेल को थिईन?





पुरानो करार :

उनले आहाब राजासँग विवाह गरिन। (१ राजा १६:३१)

उनले परमेश्वरका अगमवक्ताहरूलाई मारिन। (१ राजा १८:४) 

उनले नाबोतको मृत्युको आदेश दिइन। (१ राजा २१:८-१०)

उनले बोक्सीविद्या अभ्यास गरिन। (२ राजा ९:२२) 

उनको शरीर र हड्डीहरू कुकुरहरूले खाए। (२ राजा ९:३५)


नयाँ करार :

उनी झुठो अगमवक्ता, झूटा शिक्षक, अनैतिक स्त्री र मूर्तिपूजक हुन। (प्रकाश २:२०-२१)


 ईजेबेल बालकी अगमवक्ता थिइन। विवाहित भए पनि - उनी मालिक हुन। उनको आत्मा विद्रोही, स्वयंलाई बढी प्रेम गर्ने, र समानुभूति रहित हुन्छ। परमेश्‍वरले घृणा गर्ने कुरालाई ईजेबेलले प्रेम गर्छिन र परमेश्‍वरले मन पराउने कुरालाई ईजेबेलले घृणा गर्छिन। उनको आत्माले अरूको जीवनलाई आफ्नो स्वार्थकाे निम्ति प्रयोग गर्न, कपट गर्न र नष्ट गर्न खोज्छिन। यो शैतानी आत्मालाई बुझ्न र प्रार्थना गर्न सक्षम हुनुहोस।



No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...