Sunday, February 4, 2024

वैवाहिक सम्बन्ध र ईश्वरीय सिद्धान्तहरू

 


“अदन” शब्दकाे अर्थ हिब्रू भाषामा “जहाँ परमेश्वर बास गर्नुहुन्छ” भन्ने हुन्छ, त्यसैले परमेश्वरले मानिसलाई दिनुभएको पहिलो कुरा “उहाँको उपस्थिति” थियो। (उत्पत्ति २:८,१५)
1. त्यसैले पुरुषलाई चाहिने पहिलो कुरा स्त्री होइन; तर “परमेश्वरको उपस्थिति” हो।
एक स्त्रीले पनि पुरूषलाई परमेश्वरको उपस्थितिमा भेट्नुपर्छ। हव्वाले अदन बगैंचामा आदमलाई भेटे।

2. परमेश्वरले मानिसलाई बगैंचामा राखेपछि दिनुभएको अर्को कुरा “काम” थियो। (उत्पत्ति २:१५)
परमेश्वरले पुरुषलाई नारी दिनुभन्दा पहिले “काम” दिनुभयो। यसको मतलब एक पुरुषलाई स्त्री प्राप्त गर्नु अघि “काम” चाहिन्छ। परमेश्वरका प्राथमिकताहरू धेरै स्पष्ट छन।

3. परमेश्वरले मानिसलाई भन्नु भएको तेस्रो कुरा थियो “खेती (गाेडगाड) गर।” (उत्पत्ति २:१५)
यहाँ खेती गर्नुको अर्थ हो, आफ्नो वरपरका सबै कुरामा उत्कृष्ट ल्याउनुहोस, आफ्नो वरपरका सबै कुरा र सबैको सम्भावनालाई अधिकतम बनाउनु हो; सबै कुरा फलदायी बनाउनु। परमेश्वरले त्यो पुरुषलाई मात्र भन्नुभयो। यसैले परमेश्वरले पुरुषलाई कहिल्यै काम नलाग्ने स्त्री दिनुहुन्न। परमेश्वरले पुरुषलाई उसले जे चाहान्छ त्यही गर्न सृष्टि गर्नुभयो। तपाईंले खोज्नुभएको स्त्री अवस्थित छैन; उनी तिम्रो दिमागमा मात्रै छिन। तपाइँको काम तपाइँले विवाह गरेर कच्चा माल लिनु र तपाइँको दिमागमा भएको महिलामा खेती गर्नु हो। त्यसोभए तपाईको विवाह भएको २० वर्ष भइसकेको छ र तपाईले प्राप्त गरेको उत्पादन तपाईलाई अझै मन पर्दैन, त्यो तपाईको गल्ती हो। जस्तैः

★ यदि तपाईंको श्रीमतीले थोरै तौल बढाएकी छिन र तपाईंलाई त्यो मन पर्दैन भने, उनको आलोचना नगर्नुहोस; उनलाई बिहान ६ बजे यसाे भन्दै उठाउनु तपाईंको काम हो, “हे प्यारी, हामी केही समय बाहिर घुम्न जाऔं।”

★ तपाईंलाई उनको लुगा मन पर्दैन? उनलाई बुटीक (कपडा पसल) मा लैजानुहोस र तपाईंलाई मनपर्ने लुगाहरू किनिदिनुहोस।

★ उनी राम्रो अंग्रेजी (कुनै भाषा) बोल्न सक्दैनन? उनलाई कुनै काेचिङ सेन्टरमा पठाउनुहोस र उनको ट्युसन शुल्क तिर्नुहोस। उनमा खेती गर्नुहोस! ईत्यादी...

4. चौथो कुरा परमेश्वरले मानिसलाई भन्नुभयो, “बगैंचाको रक्षा (हेरचाह) गर।” (उत्पत्ति २:१५)
मानिस आफ्नो रेखदेखमा सबै कुराको रक्षक हुनुपर्छ। यसैले परमेश्वरले तपाईंलाई बलियो हड्डी दिनुभयो। ठूलो मांसपेशी र बलियो शरिर, महिलालाई दुर्व्यवहार गर्न होइन, तर महिलाको रक्षा गर्नकाे निम्ति हाे।

5. परमेश्वरले मानिसलाई दिनुभएको अन्तिम चीज उहाँको “वचन” थियो। (उत्पत्ति २:१६-१७)
परमेश्वरले मानिसलाई असल र खराबकाे ज्ञान दिने रूखलाई नछुनु भन्नुभयो; परमेश्वरले स्त्रीलाई रूखको बारेमा कहिल्यै भन्नुभएन! जसको मतलब यो मानिस थियो जसले “परमेश्वरको वचन” पाएको थियो र उसको काम आफ्नी पत्नीलाई “परमेश्वरको वचन” सिकाउनु थियो।

नोट: कुनै पनि कुराले महिलालाई निराश पार्दैन जब उसले आफ्नो पुरुषलाई सोध्छे “त्यसो भए तपाई के सोच्नुहुन्छ” र मूर्ख व्यक्तिले यसरी जवाफ दिन्छ, “तिमीलाई जे लाग्छ ठीक छ” वा चुप बस्छ।
त्यसो नगर्नुहोस दाजुभाईहरू, त्यसो नगर्नुहोस! उनी ज्ञान र दिशाको खोजीमा छिन। त्यो अन्तिम आज्ञा थियो जुन परमेश्वरले मानिसलाई उत्पत्ति २:१७ मा दिनुभएको थियो।

★ अब यो हेर्नुहोस: उत्पत्ति २:१८ पदमा, परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन।” अब, कथनलाई छिटो-छिटो नपढ्नुहोस, बिस्तारै फेरि पढ्नुहोस, “मानिस एकलो रहन असल छैन।”

फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति त्यसलाई सुहाउने एक जना सहयोगी बनाउनेछु।” [उत्पत्ति २:१८]

प्रश्न: काे मानिस???
उत्तर: त्याे मानिस जो...
* परमेश्वरको उपस्थितिमा बस्छ।
* काम (भाैतिक या आत्मिक) गर्छ।
* खेती (सुधार या निर्माण) गर्न सक्छ।
* सुरक्षा दिन सक्छ।
* सिकाउन सक्छ।

★ त्यसैले “परमेश्वरको उपस्थिति मन नपर्ने”, “काम नगर्ने”, “खेती गर्न नसक्ने”, “सुरक्षा दिन नसक्ने” र “सिकाउन नसक्ने” मानिस भेट्नुभयो भने... त्याे तपाईंको निम्ति हाेईन।
त्यो मानिस एक्लो हुनु राम्रो हो!
समाप्त!

- डा. माइल्स मुनरो

Sources :
1. https://www.pridesibiya.com/2017/04/myles-munroe-relationships-and-marriage.html?m=1
2. https://www.linkedin.com/posts/charles-anyanwu-872216277_myles-munroe-on-relationships-and-marriage-activity-7131204041941872641-8Dv0
3. https://youtu.be/zFUM_Dya7U8?si=-D3XHeOEcwCIjFM5
4. https://youtu.be/DUr-5BeuaeM?si=HMe1H8ZJgYSJfuOY
5. https://www.facebook.com/100001676056647/posts/pfbid01PTyMPjRefFJwSmpWTtqvtDAMwjbE7wkZKMAa3Hspb3zGycLpxYRRVELoz3MFW28l/


No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...