१. परमप्रभुले मोशालाई भन्नुभयो,
२. “इस्राएलीहरूलाई भन: म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
३. तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँका रीतिथिति र विधिहरू पनि नमान्नू।
४. तिमीहरूले मेरा विधान र विधिहरू पालन गरेर त्यसअनुसार चल्नुपर्छ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
५. तिमीहरूले मेरा यी विधिविधानहरू पालन गर्नू, किनभने ती पालन गर्ने मानिस तीद्वारा जीवित रहनेछ। म परमप्रभु हुँ।
६. तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनो पर्नेसित सहवास नगरोस। म परमप्रभु हुँ।
७. तेरी आमासित सहवास गरेर आफ्ना बुबालाई शर्ममा नपार। त्यो तेरी आमा हो। त्यससित तैंले सहवास नगर।
८. तैंले आफ्ना बुबाकी पत्नीसित सहवास नगर। त्यसो गर्नाले तैंले आफ्ना बुबाको अपमान गर्छस।
९. तैंले आफ्नी साक्खै दिदी-बहिनी अथवा आफ्ना आमा वा बुबापट्टिकी झट्केली छोरीसित सहवास नगर-- त्यो आफ्नै घरमा होस कि बाहिर जन्मेर बढ़ेकी होस।
१०. आफ्नो छोरापट्टिकी होस कि छोरीपट्टिकी होस, तैंले आफ्नी नातिनीसित सहवास नगर। त्यसबाट तैंले आफ्नै अपमान गर्नेछस।
११. तैंले आफ्नी सौतिनी आमापट्टिकी छोरीसित सहवास नगर, त्यो तेरी बहिनी हो।
१२. तैंले आफ्नी फुपूसित सहवास नगर। त्यो तेरा बुबाकी नजिककी नातेदार हो।
१३. तैंले आफ्नी आमाकी दिदीबहिनीसित सहवास नगर। त्यो तेरी आमाकी नजिककी नातेदार हो।
१४. तैंले तेरी बड़ी-आमा कि काकीसित सहवास गरेर आफ्ना बुबाका दाजुभाइको अपमान नगर। त्यो तेरी बड़ी-आमा अथवा काकी हो।
१५. तैंले आफ्नी बुहारीसित सहवास नगर। त्यो तेरो छोराकी पत्नी हो। तैंले त्यससित सहवास नगर।
१६. तैंले आफ्नी भाउजू वा भाइबुहारीसित सहवास गरेर आफ्नो दाजुभाइको अपमान नगर।
१७. कुनै स्त्री र त्यसकी छोरी दुवैसित तैंले सहवास नगर। अनि त्यसको छोरा अथवा छोरीपट्टिकी नातिनीसित पनि सहवास नगर। तिनीहरू नजिकका नातेदार हुन। त्यसो गर्नु दुष्टता हो।
१८. तैंले आफ्नी पत्नीकै जीवनकालमा त्यसकी दिदी वा बहिनीलाई सौता ल्याएर सहवास नगर।
१९. कुनै स्त्रीका रजस्वलाको समयमा त्यससित सहवास नगर।
२०. तैंले परस्त्रीसित सहवास नगर। त्यसरी तैंले आफूलाई अशुद्ध नपार।
२१. आफ्ना छोराछोरी मोलोखको निम्ति आगोमा चढ़ाएर आफ्ना परमेश्वरको नाउँ अपवित्र नपार। म नै परमप्रभु हुँ।
२२. स्त्रीहरूसँगझैँ पुरुषसँग सम्भोग नगर। त्यो घृणित कार्य हो।
२३. कुनै पशु-प्राणीसित सम्भोग गरेर तैंले आफूलाई अशुद्ध नगर। स्त्री पनि सम्भोग गर्नलाई पशु-प्राणीसित नसुतोस। त्यो अस्वाभाविक दुराचरण हो।
२४. यस्ता सबै कामहरूद्वारा तिमीहरू आफैलाई अशुद्ध नपार। म तिमीहरूका सामुन्नेबाट जुन जातिहरूलाई निकाल्दैछु तिनीहरू यी सबै कुरामा नै अशुद्ध भएका छन।
२५. त्यसरी नै त्यो देश अशुद्ध भएको हो। अनि मैले त्यसमाथि त्यसका अधर्मको दण्ड उठाएँ, र देशले आफ्ना बासिन्दाहरूलाई उकेलेर फ्याँकिदियो।
२६. तर चाहे स्वदेशी होस, चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस, तिमीहरूले मेरा विधिविधानहरू पालन गर्नू, र यस्ता घिनलाग्दा कामहरू नगर्नू।
२७. किनभने यस्तै सबै घिनलाग्दा कामहरू त्यस देशका पूर्वबासिन्दाहरूले गरे, र त्यो देश अशुद्ध भयो।
२८. मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्यस देशलाई अशुद्ध पार्यो भने त्यसका पूर्वबासिन्दालाई झैँ तिमीहरूलाई पनि त्यसले उकेलेर फ्याँकिदिनेछ।
२९. कसैले यीमध्ये कुनै घृणित काम गर्यो भने त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस।
३०. यसकारण अघि-अघिकाहरूले गरिआएका घृणित काम तिमीहरूले चाहिँ नगर्नू र आफैलाई अशुद्ध नगर्नू भनी मैले दिएका आदेश पालन गर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ'।”
[१ लेवीहरू १८:१-३०]
★ हामीले यस्तो किसिमको उच्च स्तरकाे नैतिक शिक्षा बाइबल बाहेक अरू कहिँ पाउने छैनौं!
यसकारण लेखिएको छ,
“तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तैंले व्यभिचार नगर।’
तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।” (मत्ती 5:27-30)
“पापमय स्वभावका कामहरू प्रत्यक्ष छन, जो यी नै हुन -- व्यभिचार, अपवित्रता, लम्पटपना, मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
डाह, पियक्कड़पन, अशलील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन, परमेश्वरका राज्यका हकदार बन्नेछैनन।” (गलाती 5:19-21)
“तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।” (प्रकाश 21:8)
“सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।” (हिब्रू 13:4)
.jpeg)
No comments:
Post a Comment