विवाहको लागि सही कारणहरू :
(आउने सबै पुस्ताहरूका लागि)
1. याैनको निम्ति मात्रै विवाह नगर्नुहोस।
2. तपाई बुढो हुँदै गएकोले मात्रै विवाह नगर्नुहोस।
3. तपाईंको उमेर पुगेकोले मात्रै पनि विवाह नगर्नुहोस।
4. तपाईं एक्लो हुनुहुन्छ, त्यस कारणले मात्रै विवाह नगर्नुहोस।
5. तपाईलाई आर्थिक रूपमा सहयोग गर्न कोही चाहिन्छ, त्यस कारणले मात्रै विवाह नगर्नुहोस।
6. तपाईंकाे गल्तीले गर्भवती भएकोले विवाह नगर्नुहोस।
7. तपाईंले त्याे व्यक्तिलाई गुमाउन चाहनुहुन्न, त्यस कारणले विवाह नगर्नुहोस।
8. पारिवारिक दबाबको कारणले विवाह नगर्नुहोस।
9. तपाईलाई विवाहको विचार मन पर्छ, त्यस कारणले विवाह नगर्नुहोस।
10. कसैबाट सहानुभूति पाउन र कसैलाई सहानुभूति दिन चाहनुहुन्छ, त्यस कारणले विवाह नगर्नुहोस।
11. आफ्नै देश, समाज, भाषा र जातीकाे भएको कारणले मात्रै विवाह नगर्नुहोस।
12. तपाईंले अरूकाे वैवाहिक जीवन सफल भएको देखेको कारणले मात्रै विवाह नगर्नुहोस।
13. तपाईं बच्चाहरूलाई माया गर्नुहुन्छ, त्याे कारणले मात्रै विवाह नगर्नुहोस।
14. तपाईंका सबै साथीहरू विवाह गर्दैछन, त्याे कारणले मात्रै विवाह नगर्नुहोस।
15. शारीरिक वा शैक्षिक योग्यताको कारणले मात्रै पनि विवाह नगर्नुहोस।
16. तपाईं आफ्नो परिवारबाट टाढा जान चाहनुहुन्छ, त्याे कारणले विवाह नगर्नुहोस।
17. कसैले तपाईंको हेरचाह गरेको चाहनुहुन्छ, त्याे कारणले विवाह नगर्नुहोस।
18. तपाइँले कसैलाई कुनै काम गर्न लगाउन र पूरा भएको चाहनुहुन्छ, त्याे कारणले विवाह नगर्नुहोस।
19. तपाईंले परिवारको सदस्य वा तपाईंको नजिकको कसैको ऋण तिर्नुपर्छ, त्याे कारणले विवाह नगर्नुहोस।
20. तपाईंसँग कुनै विकल्प छैन, त्याे कारणले मात्रै विवाह नगर्नुहोस।
तर,
21. तपाईंले विवाह गर्नुहोस, किनभने तपाईंको लागि याे परमेश्वरकाे इच्छा हाे।
22. तपाईंले विवाह गर्नुहोस, किनभने तपाईं त्यसको लागि तयार हुनुहुन्छ।
23. तपाईं प्रेमको कारणले विवाह गर्नुहोस।
24. तपाईंले विवाह गर्नुहोस, किनभने तपाईं परमेश्वरको उद्देश्य पूरा गर्न चाहनुहुन्छ।
25. तपाईंले विवाह गर्नुहोस, किनभने तपाईं राम्रो सहयोगी हुन चाहनुहुन्छ।
अन्तमा: सबैभन्दा महत्त्वपूर्ण कुरा... “परमेश्वरको महिमाको लागि विवाह गर्नुहोस!”
* म सर्वशक्तिमान परमेश्वरसँग प्रार्थना गर्दछु कि तपाईलाई उहाँले सही मनसायका साथ विवाह गर्न चाहने उत्तम जीवन साथी दिनुभएको होस!
Source :
Hagan Publications Group
Marriage Lesson 101 by Bishop Maxwell A. Hagan

No comments:
Post a Comment