Monday, December 4, 2023

तीन रूखहरूको कथा

 


एक पटक पहाडको टुप्पोमा, तीनवटा साना रूखहरू उभिए र तिनीहरू हुर्किएपछि के बन्न चाहन्छन भन्ने सपना देखे।

पहिलो सानो रूखले ताराहरूलाई हेर्दै भन्यो, “कुनै दिन म खजाना राख्ने बाकस बन्ने आशा गर्छु। म सुन, चाँदी र बहुमूल्य रत्नहरूले भरिन चाहन्छु। म संसारको सबैभन्दा सुन्दर खजानाको बाकस हुनेछु, र सबैले मेरो सुन्दरता देख्नेछन!”

दोस्रो सानो रूखले समुद्रतिर बगिरहेको सानो खोलालाई हेर्दै भन्याे, “एक दिन म एउटा शक्तिशाली जहाज हुनेछु। म शक्तिशाली राजा र रानीहरूलाई समुद्र पार गरेर पृथ्वीको कुनाकुनासम्म पुग्नेछु। मेरो माथि चढेर सबैले ममा सुरक्षित महसुस गर्नेछन। म संसारको सबैभन्दा बलियो जहाज हुनेछु!”

अन्तमा, तेस्रो सानो रूखले तल उपत्यकामा जहाँ व्यस्त शहरमा व्यस्त पुरुष र महिलाहरू काम गरिरहेकाे हेर्दै भन्यो, “म यहीँ बस्न चाहन्छु र बढेर जङ्गलको सबैभन्दा अग्लो र सीधा रूख बन्न चाहन्छु। म यो पहाडमा उभिएर मानिसहरूले मेरो हाँगाहरू हेर्नेछन र स्वर्ग र परमेश्वरको बारेमा सोच्नेछन र म कति नजिक छु। म सबै समयको सबैभन्दा ठूलो रूख हुनेछु र मानिसहरूले मलाई सधैं सम्झनेछन!”

[यी तीन रूखहरू जस्तै हामी सबैको सपनाहरू छन!]

ती रूखहरूले आफ्नो जीवनकाे सपनाहरू एकाअर्कालाई भनेपछि वर्षौं बित्यो। पानी पर्यो, घाम लाग्यो र साना रूखहरू अग्लो भए। एक दिन तीन जना व्यक्तिहरू काठ काट्न पहाड चढे। 

जब तिनीहरू मध्ये एक पहिलो रूखमा आयो उसले भन्यो, “यो बलियो र सुन्दर रूख जस्तो देखिन्छ, यो मेरो लागि उपयुक्त छ। मलाई लाग्छ कि म यो रूख सिकर्मीलाई बेच्नेछु।” अनि उसले रूख काट्न थाल्यो। त्याे रूख धेरै खुसी थियो किनभने उसलाई थाहा थियो कि सिकर्मीले उसलाई आफ्नो सपना जस्तै खजानाको बाकस बनाउनेछ।

दोस्रो काठ काट्नेले दोस्रो रूखलाई हेर्यो र भन्यो, “यो रूख बलियो छ, यो मेरो लागि उपयुक्त छ। मैले यो रूखलाई जहाज बनाउने ठाउँमा बेच्नेछु।” उसको बञ्चरोले दोश्रो रुख ढल्यो। दोस्रो रूख पहिलो रूख भन्दा बढी खुशी थियो, किनभने उसलाई थाहा थियो कि ऊ शक्तिशाली जहाज बन्ने बाटोमा छ। दोस्रो रुखले सोच्याे कि “अब म शक्तिशाली पानीहरू पार गर्नेछु। म शक्तिशाली राजाहरूका लागि बलियो जहाज हुनेछु!”

जब अन्तिम काठ काट्नेले तेस्रो रूख देख्यो, रूख डरायो किनभने उसले काठ काट्नेले भनेको सुन्यो, “मलाई यो रूखको कुनै खास आवश्यकता छैन, तर म यसलाई काट्छु र पछि हेर्छु, जब मलाई यसको केहि आवश्यक पर्छ।” उसको बञ्चरोले तेस्रो रुख ढल्यो। तेस्रो रुखले सोच्याे कि उसको सपना अब कहिल्यै पूरा हुनेछैन!

*******************************************

काठ काट्नेले उनलाई सिकर्मीको पसलमा ल्याएपछि पहिलो रूख खुसी भयो। जब पहिलो रूख सिकर्मीको घरमा आइपुग्यो, उनी छक्क पर्याे, किनकि ती सिकर्मीले त्याे रूखलाई जनावरहरूको लागि एक साधारण डूँड़ बनाए। उसलाई गोठमा राखियो र घाँसले भरियो ताकि जनावरहरूले खान सकून। यो पहिलो रूखले सपना देखेको वा प्रार्थना गरेको थिएन, र ऊ धेरै निराश भयो। किनकि कुनै समयको सुन्दर रूख न सुनले ढाकिएको थियो, न खजानाले। तर त्यसलाई आराको धुलोले लेपिएको थियो र भोकाएका खेतका जनावरहरूको लागि घाँसले भरिएको थियो।

दोस्रो रूख मुस्कुरायो, जब काठ काट्नेले उसलाई जहाज बनाउने ठाउँमा लग्यो, तर त्यसलाई राजा महाराजा चढ्ने शक्तिशाली र ठूलो जहाज बनाइएन। उसलाई एक साधारण माछा मार्ने डुङ्गा बनाईयाे। त्याे एकदमै सानो थियोे, समुद्र वा नदीमा जान पनि कमजोर थियोे, र उसलाई एउटा सानो तालमा लगियो। राजा र रानीहरूलाई चढाएर समुन्द्र पार गरेर एउटा शक्तिशाली जहाज बन्ने उनको सपना हराएर गयो।

काठ काट्नेले तेस्रो रूख ठूला आकारमा कुरूप गरि काट्यो र अन्धकारमा एक्लै छोडियो। याे अवस्थालाई देखेर एकपल्ट अग्लो रुखले अचम्म मान्दै भन्यो, “म सधैं पहाडको टुप्पोमा बस्न चाहन्थें। मैले त अरूलाई स्वर्ग र परमेश्वरलाई देखाउनु थियो, तर याे के भयो?”

धेरै दिन र रात बित्यो, धेरै वर्ष बित्यो। तीनवटै रूखले लगभग आफ्नो आशा, सपना र प्रार्थना बिर्से।

[के तपाईं पनि जीवनको त्यहीँ बिन्दुमा हुनुहुन्छ, जहाँ तपाईंले आफ्नो सपनाहरू सधैंको लागि हराएको जस्तो महसुस गर्नुभएको छ? तर तीन रूखहरूको कथामा जस्तै हामीले आफैलाई प्रोत्साहित गर्न सक्छौं कि परमेश्वरले सबै कुराहरूलाई नियन्त्रण गर्नुहुन्छ। जब हामी उहाँमाथि भरोसा राख्छौं, उहाँ हाम्रो निम्ति धेरै गर्न सक्षम हुनुहुन्छ। हामीले सोचेकाे, चाहेको वा कल्पना गर्न सक्ने भन्दा धेरै धेरै! (एफिसी 3:20)]

तर एक दिन कतै ठाउँ नपाएर एक जना पुरुष र एउटी युवती (याेसेफ र मरियम) त्याे डूँड़ भएको ठाउँमा आए। त्यहाँ छँदा ती युवतीले एउटा बच्चा जन्माइन, र आफ्नो नवजात शिशुलाई त्यही साधारण दाना राखिने डूँड़मा राखे, र त्यसपछि सुनौलो ताराको प्रकाश पहिलो रूखमा चम्क्याे। यसकारण यो डुँड निकै सुन्दर देखिदैछ। कुनै न कुनै रूपमा पहिलो रूखले यस घटनाको महत्त्वलाई अचानक महसुस गर्यो र थाहा पायो कि उसले वास्तवमा सबै समयको सबैभन्दा ठूलो र बहुमुल्य खजाना राखेको थियो। किनकि येशू ख्रीष्ट संसारकै सबैभन्दा बहुमुल्य धन र खजाना हुनुहुन्छ! जसको खाेज सारा मनुष्यले इतिहासदेखि गरिरहेकाे थियोे।

केही वर्षपछि मानिसहरूको एउटा समूह (येशु र उहाँकाे 12 चेलाहरू) दोस्रो रूखको काठबाट बनेको सानो माछा मार्ने डुङ्गामा चढे। ती मध्ये एकजना थाकेका थिए र छिटो निदाए।त्यसपछि चाँडै एक गर्जन सहित ठुलो आँधी उठ्यो। सबै रुखहरू हल्लिए। हावाहुरी र वर्षासँगै यति धेरै यात्रुहरूलाई सुरक्षित रूपमा बोक्न सक्ने शक्ति आफूसँग छैन भनी उनलाई थाहा थियो। अन्तमा, माछा मार्ने डुङ्गामा भएका अरू मानिसहरूले सुतिरहेको मानिसलाई ब्युँझाए, र थकित मानिस ब्यूँझियो। ऊ उठ्यो, आफ्नो हात पसार्यो र भन्यो, “शान्ति!” तब आँधी तुरुन्तै रोकियो। अनि अचानक दोस्रो रूखले थाहा पायो कि उसले त स्वर्ग र पृथ्वीको राजाहरूको राजालाई बोकिरहेको रहेछ। 

लगभग तीन वर्षपछि, कोही आएर अँध्यारो गोठबाट त्याे बिर्सिएकाे तेस्रो रूखको काठलाई ताने। मानिसहरूले यसलाई बोक्ने व्यक्ति (येशू ख्रीष्ट) लाई गिल्ला गरेपछि यो सडकहरू हुँदै लगियो। क्रोधित ठट्टा गर्ने भीडबाट तेस्रो रूख चकित भयाे। जब तिनीहरू एउटा सानो पहाड (कलबरी पहाड) को टुप्पोमा पुगे, सिपाहीहरूले एकजना मानिसको हातमा कीला हानेपछि ऊ काँप्याे। त्यसपछि सिपाहीहरूले उहाँलाई त्यहाँ मर्नको लागि हावामा उठाए। त्याे तेस्रो रूखको काठले कुरूप, कठोर र क्रूर महसुस गर्याे।

तर आइतबार बिहान, जब सूर्य उदाउन थाल्याे र पृथ्वी उसको मुनि खुशीले काँप्यो, तेस्रो रूखलाई थाहा भयाे कि परमेश्वरको प्रेमले सबै कुरा परिवर्तन गरेको छ। तेस्रो रूखले अचानक महसुस गर्यो कि यो वास्तवमै पहाडको टुप्पोमा उभिएर सबैले देख्न र उसले कल्पना गरेको भन्दा स्वर्गको नजिक छ भनेर जान्न सक्ने बलियो थियो। यस कुराले तेस्रो रूखलाई निकै खुशी र आनन्दित बनाएको थियो। किनकि हरेक पटक संसारभरिका मानिसहरूले जब तेस्रो रूखको बारेमा सोच्नेछन, तब तिनीहरूले परमेश्वर र स्वर्गको बारेमा सोच्नेछन। यो संसारको सबैभन्दा अग्लो रूख हुनु भन्दा राम्रो थियो!

आफूले चाहेको कुरा नपाएको कारणले कति चोटि तपाई निराश महसुस गर्नुहुन्छ? निकै बलियो, साहसी र खुसी हुनुहोस किनभने परमेश्वरले तपाईंलाई अझ राम्रो दिनको लागि सोच्दै हुनुहुन्छ। ती रूखहरूझैं हाम्रो लागि परमेश्वरको योजनाहरू हामीले सपना देख्न सक्ने कुनै पनि कुराभन्दा ठूलो र उत्तम छन!

यसकारण लेखिएको छ,
“किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु”, परमप्रभु भन्नुहुन्छ। “ती तिमीहरूका उन्नतिको निम्ति हुन, नोक्सानीको निम्ति होइनन, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
तब तिमीहरू मकहाँ आउनेछौ, र मलाई प्रार्थना गर्नेछौ, र म तिमीहरूको प्रार्थना ध्यानसित सुन्नेछु।
जब तिमीहरूले आफ्ना सारा हृदयले मलाई खोज्नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ। तिमीहरूले मलाई भेट्टाउनेछौ”, परमप्रभु भन्नुहुन्छ। [यर्मिया 29:11-14]

Sources:
https://www.creativebiblestudy.com/legend-of-three-trees.html

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...