“प्रहार गर, प्रहार गर, हे विरोधी समुहहरू,
तिम्रा हथौडाहरू भाँचिनेछन, तर परमेश्वरकाे लिही सधै खडा रहिरहनेछ!”
केही वर्ष पहिले मैले ए. पी. जोन्सको गवाही पढेको थिएँ, पहिलो विश्व युद्धका सिपाही जसले ख्रीष्टलाई भेट्टाए। युद्धपछि उनले “तपाईं कहाँ हुनुहुन्छ?” भन्ने एउटा सानो सुसमाचार पुस्तिका उत्पादन गरे। त्यसमा एउटा पद थियो, जुन मलाई विशेष मन पर्यो...
“प्रहार गर, प्रहार गर, हे विरोधी समुहहरू,
तिम्रा हथौडाहरू भाँचिनेछन, तर परमेश्वरकाे लिही सधै खडा रहिरहनेछ!”
हथौडाहरू तोड्ने लिही! परमेश्वरको वचनले शंका गर्ने र यसका शिक्षाहरूलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई अलमल्लमा पार्न जारी राख्छ।
बाइबल एउटा लिही हो जसलाई धेरैले तोड्न खोज्छन, तर वास्तवमा त्यहाँ कुनै प्रतिद्वन्दी छैन - बाइबल, परमेश्वरको वचन परमेश्वरको पवित्रताको स्वर्गीय भट्टीमा बनाइएको थियो।
गुप्त रहस्यको पुस्तक, जुन परमेश्वरले उहाँको सामु नम्र हुनेहरूलाई प्रकट गर्नुहुन्छ, एक जीवित वचन जसले येशू ख्रीष्टद्वारा लाखौंलाई आशा र मुक्ति ल्याउँछ, यसका शिक्षाहरू पालन गर्नेहरूकाे निम्ति अनगिन्ती आशिषहरू राखिएका छन... परमप्रभुले हामीलाई एउटा लिही दिनुभएको छ, जाे कहिल्यै टुट्ने छैन!
यसकारण लेखिएको छ,
“हे परमप्रभु, तपाईंको वचन सनातन र अनन्त छ, आकाशमा त्यो स्थिर रहन्छ।” [भजनसंग्रह 119:89]
“स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन।” [मत्ती 24:35]
Source:
https://pictureweekly.com/Godsanvil.html

No comments:
Post a Comment