“अनि तैंले निखुर सुनको एउटा कृपा-आसन बनाउनू। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको होस।” [प्रस्थान 25:17]
करारको सन्दूक भित्र तीनवटा चीजहरू थिए,
1. मन्ना (परमेश्वरको वचनको प्रतिनिधित्व गर्छ),
2. ढुङ्गाका पाटीहरू (व्यवस्थाको प्रतिनिधित्व गर्छ),
3. र हारूनको लौरो (नेतृत्वको प्रतिनिधित्व गर्छ)।
यी सबै माथि दुई करूबहरूको कृपाको आसन भनिने ढक्कन थियो। जब पनि परमेश्वरले आफ्नो वचन, व्यवस्था वा उहाँको नेतृत्व हेर्नुभयो, तब उहाँले कृपाद्वारा हेर्नुभयो।
यो हामीले सधैं सम्झनु पर्ने महत्त्वपूर्ण कुरा हो। हामीलाई परमेश्वरकाे वचन चाहिन्छ, र हामीलाई सिद्धान्त चाहिन्छ। हामीलाई कानून चाहिन्छ, र हामीलाई पवित्रता चाहिन्छ। हामीलाई नेतृत्व चाहिन्छ र हामीलाई सेवकहरू चाहिन्छ। तर ती सबै भन्दा माथि, हामीलाई कृपा चाहिन्छ।
व्यभिचारमा पक्रिएकी एउटा स्त्रीलाई भेट्दा येशूले हामीलाई याे सत्यता देखाउनुभयो।
व्यवस्थाले भन्छ, “उसलाई ढुङ्गा हान।”
उनको वरिपरि धर्म गुरूहरू चिच्याए, “उसलाई ढुङ्गा हान।”
के गर्ने भन्ने कुरा व्यवस्थामा लेखिएको थियो। तर त्यसपछि, त्यहाँ कृपा-आसन (येशू ख्रीष्ट) आउँनुहुन्छ र सबैलाई घाेषणा गर्नुहुन्छ। “म पनि तिमीलाई दण्ड दिन्नँ। जाऊ, अनि फेरि पाप नगर।” [यूहन्ना 8:1-11]
येशूको अगाडि तिनीहरूसँग व्यवस्था र सत्य थियो। तर जब येशू ख्रीष्ट आउनुभयो, उहाँले अर्को आयाम थप्नुभयो। उहाँले कृपा-आसन थप्नुभयाे। त्यसैले उहाँ सत्य र अनुग्रहका साथ आउनुभयो भनी भनिएको छ [युहन्ना 1:17]। कृपा बिनाको सत्य, कठोर र एकपक्षीय निर्णयात्मक मात्रै हुन्छ, तर कृपाको आसनले ढाकिएको सत्य निकै सुन्दर हुन्छ।
हामीले धार्मिकता प्रचार गर्नुपर्छ, र हामीले पवित्रता प्रचार गर्नुपर्छ। हामीसँग सिद्धान्त, र बलियो नेतृत्व हुनुपर्छ। तर यी सबै भन्दा माथि, हामीलाई कृपा चाहिन्छ।
* कृपा = अनुग्रह
यसकारण लेखिएको छ,
“उहाँका अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौं। किनभने व्यवस्था मोशाद्वारा दिइयो, अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए।” [यूहन्ना 1:16-17]
“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ– र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो– कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।” [एफिसी 2:8-9]
“ख्रीष्ट येशूमा भएको विश्वास र प्रेमको साथ मेरो निम्ति हाम्रा प्रभुको अनुग्रह प्रशस्त मात्रामा उर्लिआयो।” [१ तिमोथी 1:14]
“हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसँग रहोस।” [२ थेसलोनिकी 3:18]
“किनकि जुन मानिसले कृपा गरेको छैन, त्यसको न्याय कृपाविना नै हुन्छ। कृपा न्यायमाथि विजयी हुन्छ।” [याकूब 2:13]

No comments:
Post a Comment