स्त्रीहरूले यी चीजहरू गर्न छोड्नुपर्छ, यो प्रेम होइन तर घृणित काम हाे।
1. विवाह नगरेको पुरुषसँग एउटै कोठामा बस्ने वा एउटै ओछ्यानमा सुत्नु (यो सामाजिक र धार्मिक दुवै नजरमा घृणित छ, र यसलाई व्यभिचार भनिन्छ)।
2. आफ्नो आमाबाबु वा परिवारसँग परिचित नभएको या नचिनेको व्यक्तिसँग विवाहको करारमा बाँधिन्छाै भने (तपाईं आफ्नो समय र जीवन बर्बाद गर्दै हुनुहुन्छ र परमेश्वरबाटको आशिष रोक्दै हुनुहुन्छ)।
3. सामाजिक सञ्जालमा आफ्नो प्रेमीसँगकाे सम्बन्धकाे बारेमा सबै तस्विरहरू साझा गर्छौं (यो एक गम्भीर र ठुलो गल्ती हो, किनकि हामीलाई पछ्याउने सधै हाम्रो भलाई चाहानेमात्र हुँदैनन, तर हामीलाई बर्बाद गर्ने पनि हुन्छन)।
4. तपाइँको आफ्नो कुमारीत्व वा तपाइँको मुकुट एक पुरुषलाई सुम्पिदिनुहुन्छ, जसले तपाइँसँग विवाह गरेको छैन (तपाईंले आफ्नो गौरवशाली लक्ष्य बर्बाद गर्नुभयो र जीवनमा आफ्नो प्रतिष्ठा गुमाउनुभयो)।
5. तपाईंले डेट गरिरहनुभएको मानिसको खातिर आफ्नो आमाबाबुको अनाज्ञाकारी हुनु (यो मुर्खता हो; के तपाई आफ्नो दिमागबाट बाहिर त हुनुहुन्न? तपाई किन परमेश्वरको हस्तक्षेप मार्फत तिनीहरूलाई विश्वास दिलाउन सक्नुहुन्न!)।
6. उसले तपाईसँग विवाह गर्ने वाचा गरेको कारणले सजिलै यौनसम्पर्क गर्न दिनु (के तपाईं यो जीवनको लागि सबैभन्दा बुद्धिमानी महिला हुनुहुन्छ? यो तपाईंको आत्माको हानि र परमेश्वरलाई त्याग्नु हो)।
7. आफ्नो प्रेमीलाई आफ्नो नग्न तस्विरहरू पठाउने वा उसलाई रोमान्टिक मुद्राहरू पठाउने कुरा गर्नु (याे तिमीलाई लाजलाग्दो काम र बेइज्जती हाे। एकदिन उसले आफ्नो स्वार्थको निम्ति तपाइँको विरुद्धमा त्यसलाई प्रयोग गर्नेछ, तपाइँले त्याे सम्बन्ध समाप्त गरे तापनि!)।
8. तपाईंको प्रेमीले हातपात गर्छ, र तपाइँ अझै पनि ऊ बिना बाँच्न सक्दैन भनेर भन्नुहुनेछ (ओहाे! तपाईलाई छुटकारा चाहिएकाे छ। यो प्रेम होइन, तर यो त पीडादायी भविष्यको जग हो)।
9. जब एक व्यक्तिले तपाईलाई धोका दिईरहन्छ, र तपाईले अझै पनि उसलाई छोड्न सक्नुहुन्न भनी भन्नुहुन्छ, (ओहाे! तपाईलाई प्रार्थना चाहिन्छ, किनभने तपाईले आफ्नो चिहान आफै खन्न थाल्नुभयो)।
10. जीवनमा गलत निर्णयहरूकाे कारणले अनगिन्ती गल्तीहरू हुन सक्छन, तर ती गल्तीहरू लुकाउने या ढाकछोप गर्नु हुँदैन। त्यसलाई जीवनकाे एक पाठकाे रूपमा स्विकार गर्नुपर्छ। अबदेखि ती गल्तीहरू नदाेहाेर्याउने, अरूलाई सिकाउने र सचेत गराउने काम गर्नुपर्छ।
तपाईंले विवाहभन्दा पहिले राख्नुभएको यी 10 जगकाे आधारमा तपाईंले आफ्नो भविष्य निर्माण गर्नुहुनेछ।
सम्बन्धको मामिलामा धेरै चिन्तित र निराश नहुनुहोस। सम्बन्ध अब हाम्रो क्षणिक रमाइलो भन्दा बढी छ।

No comments:
Post a Comment