के तपाई नरकमा विश्वास गर्नुहुन्छ? कतिपय व्यक्तिहरूलाई याे अविश्वसनीय घटना हुन सक्छ। नरककाे बारेमा वैज्ञानिकले अनुसन्धान गरे भनेर मात्रै नरक सत्य छ भन्न खाेजिएकाे हाेईन, तर आज प्रायः हरेक धर्मले नरककाे अस्तित्वमा विश्वास गर्दछन। बाइबलले याे नरक सत्य छ भनेर सिकाउँछ र येशूले पनि आफ्नाे शिक्षामा बारम्बार नरककाे बारेमा शिक्षा दिनुभयो र चेतावनी पनि दिनुभयो।
याे घटना सोभियत युनियन (वर्तमान रूस देश) काे समयमा भएकाे सत्य घटना हाे। सोभियत युनियनकाे समयको साइवेरियामा अचानक जमिनको सतह दुई भाग भएर केही जमिन भासियाे। त्यसको कारण जान्न र गहिरो अनुसन्धान गर्न त्यस समयको सरकारले साइबेरियामा एक भूवैज्ञानिक (Geological) काे समूहलाई अनुसन्धानकाे लागि खटायाे। ती भूवैज्ञानिकहरूले त्यसकाे कारण जान्न जमिनको सतह खन्ने निर्णय गरे, ताकि भित्रैदेखि नै यसको वास्तविक कारण जन्न सकियोस।
ती वैज्ञानिकहरूले एउटा मेशिनकाे सहायताले जमिन खन्दै गए, करिब १४.४ किलोमिटर गहिरो प्वाल खनिसकेपछि अचानक एउटा खालि भाग आयाे, र त्याे खन्ने मेशिनले पनि काम गर्न छाेड्याे र अनियन्त्रित भएर हल्लाउन थाल्यो।
तर अचम्मको कुरा याे छ कि त्यहाँबाट उनीहरूले मानव पिडाले चिच्याएको सुने। तर पहिले त तिनीहरूले सोचे कि त्याे आवाज तिनीहरूको खन्ने यन्त्रको होला। तर केहि समयपछि तिनीहरूले थाहा पाए कि त्याे आवाज पृथ्वीको भित्री भागबाट आएको हो।
तब उनीहरूले अतिसंवेदनशील माइक्रोफोनलाई पृथ्वीकाे गहिराईमा पठाए, जाे प्लेटकाे हलचलको आवाज पत्ता लगाउन डिजाइन गरिएको थियो। जब तिनीहरूले त्याे माइक्रोफोनमा रेकर्ड भएको आवाज उनीहरूले आफ्नै कानले पत्याउनै सकेनन। उनीहरूले त्याे माइक्रोफोन जलेर भस्म हुनुभन्दा पहिले लगभग 40 सेकेण्डकाे अडियो रेकर्ड गर्न सफल भए, र त्यहाँ पीडाले चिच्याइरहेका मानवका आवाजहरू सुने। ती चिच्याहट एउटामात्रै मानिसको होइन, ती लाखौं-लाख मानिसहरूको चिच्याहट थिए।
एउटै आवाज चिन्न सकिने भएता पनि, हामीले पृष्ठभूमिमा हजारौं, सायद लाखौं, पीडादायी आत्माहरू चिच्याइरहेको आवाज थियोे। यो घटनापछि, लगभग आधा वैज्ञानिकहरूले डरको कारण जागिर छोडे।
भ्वाइस रेकर्डिङ बाहेक ती वैज्ञानिकहरूलाई साँच्चिकै विचलित पार्ने कुरा त्यो रात ड्रिल गरिएको साइटबाट निस्किएको उज्यालो ग्यासको फोहोराको उपस्थिति थियो, र यस इन्कान्डेसेन्ट क्लाउड स्तम्भको बीचबाट चमेरो पखेटा भएको एउटा चम्किलो प्राणीले आफूलाई प्रकट गरेको थियो। उसले भनेको थियोे, “मैले जितेको छु, अँध्यारो साइबेरियन आकाशको बिरूद्ध ढाकेको छु।” (I have conquered, emblazoned against the dark Siberian sky.)
यो भयानक घटनापछि, लगभग आधा वैज्ञानिकहरूले डरको कारण त्याे परियोजना छोडे। ती विचलित भएका वैज्ञानिकहरूलाई छोटो अवधिको स्मरणशक्ति मेटाउने औषधि दिएर सबैलाई शान्त पार्न भनिएको थियोे। सोभियतहरूले यो औषधि आघात पीडितहरूको उपचारमा प्रयोग गर्थे।
“तिनीहरूले अधाेलाेकसम्म खनेतापनि..” (आमाेस 9:2)
“..they dig into hell..” (Amos 9:2)
दुर्गम साइबेरियामा परियोजनाका प्रबन्धक डा. अजाकोभले भने, “कम्युनिष्टको हैसियतमा म स्वर्ग वा बाइबलमा विश्वास गर्दिन तर एक वैज्ञानिकको हैसियतमा म अहिले नरकमा विश्वास गर्छु। यस्तो खाेज गर्न पाउँदा हामी छक्क पर्यौं भन्नु पर्दैन। तर हामीले के देख्यौं र हामीले के सुन्यौं, हामीलाई थाहा छ। र हामी पूर्ण रूपमा विश्वस्त छौं कि हामीले नरकको ढोकाबाट ड्रिल गर्यौं।”
यी सबै घटनापछि सोभियत युनियनले त्याे ठाँउ फेरि कहिल्यै नखाेल्ने गरि सिल गरेर राख्याे। सोभियत युनियनले याे सत्य घटनालाई केही समय दबाएर राखे तापनि केही वैज्ञानिकले यस घटनालाई संसारकाे सामु ल्याए। ती वैज्ञानिकहरू मध्ये डा. अजाकोभ पनि एक हुन, जसले याे सत्यलाई बाहिर ल्याए।
तल दिईएकाे लिङ्कबाट लगभग 40 सेकेन्डकाे रेकर्ड गरिएका आवाज सुन्न या डाउनलाेड गर्न सक्नुहुनेछ,
https://www.jesus-is-savior.com/sounds/sounds_from_hell.mp3
यसकारण नरक एक वास्तविक ठाउँ हाे, याे डराउन दिनकाे लागि मात्रै भनिएको हाेईन। जसरी यस संसारमा असल र खराबकाे न्याय हुन्छ, त्यसरी नै सृष्टिकर्ता परमेश्वरकाे राज्यमा पनि हामीले गरेका असल या खराब सबैकाे न्याय गरिनेछ, र सबैकाे न्यायपछि परिणाम स्वरूप स्वर्ग या नरकपनि तय गरिएकाे छ। यसैले पापमय जीवनलाई त्यागाैँ, र एक पवित्र जीवन जीऔँ। साथै, त्यस अनन्त दण्डदेखि कसरी र कसले बचाउन सक्छ, भनी खाेज र अनुसन्धान गराैँ!
नरक अवस्थित छ र यो वास्तविक छ। पापमय जीवन बिताउने र येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा अस्वीकार गर्नेहरूको लागि यो अनन्त पीडाको ठाउँ हो। येशूलाई हाम्रो मुक्तिदाताको रूपमा स्वीकार गरेर मात्र हामी नरकमा जानबाट बच्न सक्छौं।
स्वर्ग वा नरकको बारेमा सबैभन्दा धेरै जान्ने सबैभन्दा भरपर्दो साक्षी येशूले भन्नुभएको अनुसार नरक एउटा वास्तविक ठाउँ हो। अन्तिम शाश्वत गन्तव्य स्वर्ग वा नरक निर्धारण गर्ने छनौट तपाईंको हो।
* स्मरण रहाेस, यहाँ बारम्बार नरक शब्द भनिए तापनि याे तड्पिने स्थान हाे, जाे यस पृथ्वी मुनि छ। पापी मानिस मरेपछि न्यायकाे दिनसम्मको लागि त्यही तड्पिने स्थानमा जान्छ। नरक अहिलेसम्म बनेको छैन, तर यस पृथ्वीमा येशू ख्रीष्टकाे 1000 बर्षकाे शासनकालकाे अन्त्यपछि सारा संसारका मानिसहरूकाे न्याय सेताे सिंहासनमा हुनेछ, तब नरककाे अस्तित्व हुनेछ। जहाँ पापीहरूलाई सदाको निम्ति फ्याँकिनेछ।
यसकारण लेखिएको छ,
“तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा भएकाहरू, हत्याराहरू, व्यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्नेहरू सबैको हिस्सा आगो र गन्धक दन्कने कुण्डमा हुनेछ। यो दोस्रो मृत्यु हो।” [प्रकाश 21:8]
“मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए। यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो। जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो।” [प्रकाश 20:15]
“दुष्टहरूचाहिँ पातालमै फर्केर जानेछन, सबै जातिहरू, जसले परमेश्वरलाई बिर्सन्छन।” [भजनसंग्रह 9:17]
“परमेश्वरलाई नचिन्नेहरूलाई र हाम्रा प्रभु येशूको सुसमाचार नमान्नेहरूलाई उहाँले दण्ड दिनुहुन्छ।” [२ थेसलोनिकी 1:8]
“मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन। त्यहाँ मानिसहरू रुनेछन र दाह्रा किट्नेछन।” [मत्ती 13:41-42]
Sources :
1. https://www.christianitytoday.com/ct/1990/july-16/scientists-discover-hell-in-siberia.html
2. https://hellandheaventestimonies.wordpress.com/2011/03/28/scientist-who-dug-into-hell-in-siberia-and-recorded-the-cries-of-the-damned-souls/
3. https://theunexplainedmysteries.com/well-to-hell.html
4. https://godshotspot.wordpress.com/tag/dr-azzacove/
5. https://www.nairaland.com/1560322/scientist-dug-into-hell-siberia
6. https://youtu.be/amqysIBR0pQ
7. https://youtu.be/8VtlyHjTSgM
8. https://youtu.be/h6CGU6kTQxs

No comments:
Post a Comment