शैतानले उसको दूतलाई सोध्यो, “हामी कसरी हाम्रो राज्यमा धेरैभन्दा धेरै आत्मा प्राप्त गर्न सक्छौं?”
एउटा दुष्ट आत्माले भन्यो, “म पृथ्वीमा जान्छु र त्यहाँ परमेश्वर छैनन भनेर मानिसहरूलाई बताउनेछु।”
“के याे भन्दा अरू कुनै राम्रो योजना?” शैतानले सोध्यो।
दोस्रो दुष्ट आत्माले भन्यो, “म पृथ्वीमा गएर मानिसहरूलाई भन्नेछु कि परमेश्वर हुनुहुन्छ, र उहाँले येशूलाई बलिदान हुन पठाउनुभयो, तर येशू कहिल्यै पुनरुत्थान हुनुभएन।”
केही सन्तुष्ट भएर शैतानले फेरि सोध्याे, “के याे भन्दा अझै राम्रो योजना छ?”
एक अन्तिम दुष्ट आत्माले भन्यो, “मसँग एउटा राम्रो योजना छ। म संसारका मानिसहरूकाे मनमा याे विचार राखिदिनेछु कि येशू संसारकाे पापीहरूका लागि मर्नुभयो, र मृत्युबाट बौरेर उठ्नुभयो। तर यसमा विश्वास गर्न अझ धेरै समय बाँकी छ।”
शैतानलाई यो योजना निकै राम्रो लाग्यो र कराउँदै ती आफ्ना दुतहरूलाई आदेश दिँदै भन्यो, “तिमीहरू सबै जाओ। समय बर्बाद नगरी यस कुरालाई पृथ्वीका सबै मानिसहरूलाई बताईदेओ, ताकि हामीले हाम्रो राज्यकाे निम्ति धेरै आत्माहरू प्राप्त गर्न सकौं।”
* के आज शैतानले यसरी नै अलगअलग विचारहरू संसारमा फैलाएर मानिसहरूलाई आफ्नाे कब्जामा पारेको छैन र?
तपाईंकाे हरेक विश्वास र विचारहरू प्रति हाेशियार हुनुहाेस, किनकि मानिसको सबै विचार र विश्वास फाइदाजनक छैनन, तर ती कतैबाट प्रायोजित र नियन्त्रित हुनसक्छन।
यसकारण लेखिएको छ,
“हामी जान्दछौं, हामी परमेश्वरका हौं, र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” [१ यूहन्ना 5:19]
“तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ।” [२ कोरिन्थी 4:4]
किनभने उहाँ भन्नुहुन्छ, “ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। [२ कोरिन्थी 6:2]
“ताकि शैतानले हामीलाई फसाउन नपाओस, किनकि त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौं।” [२ कोरिन्थी 2:11]

No comments:
Post a Comment