1. येशू क्रूसमा टाँगेर मर्नुभयो।
2. उहाँलाई गाडियो।
3. उहाँको मृत्युले चेलाहरूलाई निराश र आशा गुमाएको थियो।
4. चिहान खाली थियो (याे सबैभन्दा बढी विवादित बिषय पनि हाे)।
5. चेलाहरूले बौरी उठ्नुहुने येशूको प्रत्येक्ष उपस्थितिकाे अनुभव गरेका थिए (याे सबैभन्दा महत्त्वपूर्ण प्रमाण हाे।)
6. चेलाहरू शंका गर्नेहरूबाट साहसी उद्घोषकहरूमा परिणत भएका थिए।
7. चेलाहरूकाे सन्देश पुनरुत्थान केन्द्रीत सन्देश थियो।
8. तिनीहरूले यरूशलेममा येशूको पुनरुत्थानको सन्देश प्रचार गरे।
9. तिनीहरूकाे प्रचारले मण्डली जन्मियो र बढ्यो।
10. ख्रीष्टमा विश्वास गर्ने अर्थोडक्स यहूदीहरूले आइतवारलाई आफ्नो उपासनाको मुख्य दिन बनाए।
11. पुनरुत्थान हुनुभएको येशूलाई देख्दा याकुब विश्वासमा परिणत भएका थिए (याकुब परिवारमा शंकास्पद थिए)।
12. येशू र ख्रीष्टियनहरूकाे घाेर बिराेधी पावल विश्वासमा परिणत भएका थिए (पावल एक बाहिरी शंकास्पद थिए)।
अधिकांश विद्वानहरू के विश्वास गर्छन ?
ली स्ट्रोबेलको "द केस फर द रियल जीसस" (पृ. ११२) मा माइक लिकोनाले भने, “[ग्यारी] हबरमासले 1975 देखि हालसम्म फ्रान्सेली, जर्मन र अंग्रेजीमा २,२०० भन्दा बढी स्रोतहरूको सूची संकलन गरेका छन जसमा विशेषज्ञहरूले पुनरुत्थानको बारेमा लेखेका छन। उनले न्यूनतम तथ्यहरू पहिचान गरेका छन, जुन दृढतापूर्वक प्रमाणित छन र जसलाई शंकावादीहरू सहित धेरै विद्वानहरूले ऐतिहासिक रूपमा मानेका छन। हामी यी तथ्यहरूलाई लेखाजोखा गर्नको लागि उत्कृष्ट ऐतिहासिक व्याख्याको साथ आउन प्रयास गर्छौं। यसलाई न्यूनतम तथ्य दृष्टिकोण भनिन्छ।”
* सबैभन्दा आलोचनात्मक विद्वानहरूले पनि यी १२ तथ्यहरू विश्वास गर्छन।
यसकारण लेखिएको छ,
“यदि ख्रीष्ट मृतकबाट पुनर्जीवित पारिनुभएको होइन भनेता हाम्रो प्रचार व्यर्थ हुन्छ, र तिमीहरूको विश्वास पनि व्यर्थ हुन्छ।” [१ कोरिन्थी 15:14]
“यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएको छ, यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्रता तिमीहरूले व्यर्थैमा विश्वास गर्यौ।
किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो।
उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्रअनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो।” [१ कोरिन्थी 15:2-4]

No comments:
Post a Comment