कुखुराका चल्लाहरू र गरूडकाे बचेरालाई एकै ठाँउमा मिसिएर साथसाथै हुर्काईदै थियाे।
पहेलाँ कुखुराका चल्लाहरू निकै सलक्क परेका र एक आपसमा प्रेम गर्ने र एकले अर्काेलाई वास्ता गर्ने गर्थे तर त्याे गरूडकाे चल्लाे कालो र भद्दा देखिने भएकाेले अरू सबै चल्लाहरूले उसलाई मन पराउदैन थिए।
त्याे कसैसँग नमिल्ने, छुट्टै देखिने चल्लाे सधै एक्लै पर्थ्याे, एक्लै खेल्थ्याे र एक्लै दाना खाेजी खान्थ्याे।
जब त्याे चल्लाे अरू चल्लाहरू तिर जान्थ्यो, तिनले उसलाई नराम्रो सँग हेप्दथे, तिनिहरूले उसलाई ठुङ्ग्थे।
कहिलेकाही त उसकाे जीउकाे छालामा घाउ लागेर रगत बगेको हुन्थ्यो।
एक दिन घमाईलाे घाम लागेको थियो; त्यसदिन त्यस चल्लाले आफ्नाे पखेटा फट्कार्यो र भुरूरू उड्दै रमाइलोसँग माथि आकाशमा गयाे।
* मेरो एउटै आशा पनि यही हाे र मैले यसै आशालाई मनभित्र साँचेर राखेको छु। एकदिन त्याे घमाईलाे सुन्दर दिनमा याे संसारका सबै दुःख, निराश र असमझदारीलाई छाेडेर म पनि उच्च आकाशमा उड्छु। यही आशामा म अहिले यस संसारमा सबै दुःख र कष्ट सहदैछु।
यसकारण लेखिएको छ,
“यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो।
यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” [यूहन्ना 15:18-19]
“मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन, जसरी म संसारको होइनँ।” [यूहन्ना 17:14]
“मैले तिमीहरूलाई यी कुरा यस हेतुले भनेको छु, कि ममा तिमीहरूलाई शान्ति होस। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु।” [यूहन्ना 16:33]
Sources :
Book, "THE HAPPY WOMAN", By: ANG SON YOO

1 comment:
Amen all the glory to God!
Post a Comment