Monday, February 6, 2023

पवित्र आत्मा को हुनुहुन्छ ?




पवित्र आत्माको बारेमा पाँच सत्यताहरू :

1. उहाँ एक व्यक्ति हुनुहुन्छ ।

- पवित्र आत्मा त्रिएकको तेस्रो व्यक्ति हुनुहुन्छ।

2. उहाँ पूर्णतया परमेश्वर हुनुहुन्छ ।

- त्रिएकका तीनै व्यक्तित्वहरू पूर्णतया परमेश्वर र "महिमामा समान" हुनुहुन्छ।

3. उहाँ सधैं अस्तित्वमा हुनुहुन्छ ।

- परमेश्वर पिता, पुत्र र पवित्र आत्माको रूपमा अनन्त रूपमा अवस्थित हुनुहुन्छ।

4. तपाईंले उहाँलाई विश्वास, बप्तिस्मा र पुष्टिकरणमा ग्रहण गर्नुहुन्छ ।

- हामीले उहाँलाई पहिले विश्वास र बप्तिस्मामा ग्रहण गर्छौं, र त्यसपछि पुष्टिकरणमा पवित्र आत्माको वरदानमा बलियो हुन्छौं।

5. ख्रीष्टियनहरू पवित्र आत्माका मन्दिरहरू हुन ।

- हामीमा पवित्र आत्मा बास गर्नुहुन्छ, यसकारण हामीले पवित्र आत्मा अनुसार जिउनुपर्छ।


पवित्र आत्मा र उहाँको काम :

1. उहाँले हामीलाई मद्दत गर्नुहुन्छ । (रोमी 8:26)

2. उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ । (यूहन्ना 16:13)

3. उहाँले हामीलाई सिकाउनुहुन्छ । (यूहन्ना 14:26)

4. उहाँ बोल्नुहुन्छ । (प्रकाश 2:7)

5. उहाँले प्रकट गर्नुहुन्छ । (1 कोरिन्थी 2:10)

6. उहाँले निर्देशन दिनुहुन्छ । (प्रेरित 8:29)

7. उहाँले येशूको गवाही दिनुहुन्छ । (यूहन्ना 15:26)

8. उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ । (प्रेरित 9:31)

9. उहाँले हामीलाई बोलाउनुहुन्छ । (प्रेरित 13:2)

10. उहाँले हामीलाई भर्नुहुन्छ । (प्रेरित 4:31]

11. उहाँले हामीलाई बलियो बनाउनुहुन्छ । (एफिसी 3:16)

12. उहाँ हाम्रो लागि प्रार्थना गर्नुहुन्छ । (राेमी 8:26)

13. उहाँले हामी मार्फत अगमवाणी गर्नुहुन्छ । (2 पत्रुस 1:21]

14. उहाँले सत्यको साक्षी दिनुहुन्छ । (रोमी 9:1)

15. उहाँले आनन्द ल्याउनुहुन्छ । (1 थेस्स. 1:6)

16. उहाँले स्वतन्त्रता ल्याउनुहुन्छ । (2 कोरिन्थी 3:17)

17. उहाँले आज्ञा पालन गर्न मद्दत गर्नुहुन्छ । (1 पत्रु. 1:22)

18. उहाँले येशूको आगमनकाे निम्ति बोलाउनुहुन्छ । (प्रकाश 22:17)

19. उहाँले हामीलाई परिवर्तन गर्नुहुन्छ । (2 कोरिन्थी 3:18)

20. उहाँ हामीमा बस्नुहुन्छ । (2 कोरिन्थी 3:16)

21. उहाँले हामीलाई मुक्त गर्नुहुन्छ । (रोमी 8:2)

22. उहाँले हामीलाई नवीकरण गर्नुहुन्छ । (तीतस 3:5)

23. उहाँले हामीमा फल फलाउनु हुन्छ । (गलाती 5:22-23)

24. उहाँले उपहार दिनुहुन्छ । (1 कोरिन्थी 12:8-10)

25. उहाँले हामीलाई नेतृत्व गर्नुहुन्छ । (रोमी 8:14)

26. उहाँले दोषी ठहराउनुहुन्छ । (यूहन्ना 16:8)

27. उहाँले हामीलाई पवित्र गर्नुहुन्छ । (2 थेस्स. 2:14)

28. उहाँले हामीलाई सामर्थ्य दिनुहुन्छ । (प्रेरित 1:8)

29. उहाँले हामीलाई एकतामा ल्याउनुहुन्छ । (एफिसी 4:3-4)

30. उहाँले हामीलाई छाप लगाउनुहुन्छ । (एफिसी 1:13)

31. उहाँले हामीलाई पिताकहाँ प्रवेश दिनुहुन्छ । (एफिसी 2:18)

32. उहाँले हामीलाई पर्खन सक्षम बनाउनुहुन्छ । (गलाती 5:5)

33. उहाँले दुष्ट आत्माहरूलाई भगाउनुहुन्छ । (मत्ती 12:28)


* पवित्र आत्माले एक व्यक्तिको जीवनमा यी कामहरू तब गर्नुहुन्छ, जब एक व्यक्तिले उहाँमाथि पुर्ण रूपमा विश्वास गर्दछ र आफ्नाे जीवनमा यी काम गर्न पवित्र आत्मालाई 100% अनुमति दिन्छ ।


बाइबल अनुसार पवित्र आत्माको विशिष्ट व्यक्तित्व :

1. पवित्र आत्माको निन्दा गर्न सकिन्छ । (मत्ती १२:३१-३२; मर्कूस ३:२८-२९; लुका १२:१०)

2. पवित्र आत्मालाई झूट बोल्न सकिन्छ । (प्रेरित ५:३-४)

3. पवित्र आत्मालाई शाेकित पार्न सकिन्छ । (यशैया ६३:१०; एफिसी ४:३०; हिब्रू १०:२९)

4. पवित्र आत्माले सुन्न सक्नुहुन्छ । (यूहन्ना १६:१३)

5. पवित्र आत्माले बोल्न सक्नुहुन्छ । (यूहन्ना १६:१३; प्रेरित १३:२-४; १ तिमोथी ४:१; हिब्रू ३:७-११; १०:१५-१७; प्रकाश १४:१३; २२:१७)

6. पवित्र आत्माले सिकाउन सक्नुहुन्छ । (लूका १२:१२, यूहन्ना १४:२६, यूहन्ना १६:१३; १ कोरिन्थी २:१३)

7. पवित्र आत्माले निषेध गर्नुहुन्छ । (प्रेरित १६:६-७)

8. पवित्र आत्माले आज्ञा दिनुहुन्छ । (प्रेरित १३:२-४)

9. पवित्र आत्माले उपहार दिनुहुन्छ । (१ कोरिन्थी १२:११; हिब्रू २:४)

10. पवित्र आत्माले येशूको महिमा गर्नुहुन्छ । (यूहन्ना १६:१४)

11. पवित्र आत्मासँग आवाज छ । (यूहन्ना ३:८, हिब्रू ३:७)

12. पवित्र आत्मासँग इच्छा छ । (प्रेरित १३:२-४; १६:६-७;१ कोरिन्थी १२:११)

13. पवित्र आत्माले मध्यस्थता गर्नुहुन्छ । (रोमी ८:२६-२७, ८:३४, हिब्रू ७:२५)

14. पवित्र आत्मा सान्त्वनादाता हुनुहुन्छ । (यूहन्ना १४:१६-१७; १४:२६; १५:२६; १६:७-१५)

15. पवित्र आत्मा पिता र पुत्रबाट काममा अलग हुनुहुन्छ । (यूहन्ना १४:१६, १४:२६, १५:२६, १६:७-१५)

16. पवित्र आत्मासँग प्रेम छ । (रोमी १५:३०, ८:३८-३९)

17. पवित्र आत्माले साक्षी/गवाही दिनुहुन्छ । (यूहन्ना १५:२६, प्रेरित ५:३२, २०:२३)


*पवित्र आत्मा कुनै शक्ति या वस्तु हाेईन, तर एक व्यक्ति हुनुहुन्छ । उहाँले हामीलाई डराउन दिन आउनुभएको हाेईन, तर एक गहिरो सम्बन्ध राख्न आउनुभएको हाे । मण्डलीलाई सिद्ध र पवित्र बनाउने उहाँको मुख्य काम हाे !


पवित्र आत्माकाे बारेमा 3 प्रकारको विचारधारा भएका मानिसहरूकाे समूह :

1. पवित्र आत्मा र उहाँको कामलाई नै विश्वास नगर्ने ।

2. पवित्र आत्मा र उहाँको कामलाई विश्वास गर्ने तर उहाँलाई आफ्नाे जीवनमा काम गर्न 100% अनुमाती नदिने । 

3. पवित्र आत्मा र उहाँको कामलाई विश्वास गर्ने र साथमा  उहाँलाई आफ्नाे जीवनमा काम गर्न 100% अनुमाती दिने । 


*आज तपाईं यी तीन समुह मध्ये कुन समुहमा पर्नुहुन्छ ?

तपाईंको याे एक निर्णयले तपाईंको आत्मिक जीवनमा निकै ठुलो असर पार्नेछ !




पवित्र आत्मा र पवित्र आत्माकाे व्यक्तित्व :

पवित्र आत्मा एक व्यक्ति हुनुहुन्छ, तर कुनै बस्तु या शक्ति हुनुहुन्न ।

1. उहाँले साेँच्नुहुन्छ । (प्रेरित १५:२८)

2. उहाँले बोल्नुहुन्छ । (प्रेरित १:१६)

3. उहाँले शोक गर्नुहुन्छ । (एफिसी ४:३०)

4. उहाँले निर्णय गर्नुहुन्छ । (१ कोरिन्थी १२:११)


* यदि कसैले पवित्र आत्मालाई कुनै एक बस्तु या शक्ति मात्रै मान्दछ भने त्याे बाइबलीय शिक्षा हाेईन !






 

No comments:

परमेश्वरले हामीलाई जीवनको पुस्तकको बारेमा किन बताउनुहुन्छ ?

  १. परमेश्वर हामी डर वा चिन्तित भएको चाहनुहुन्न । २. परमेश्वर चाहनुहुन्छ कि हामीले उहाँको कुरा सुनौं र जे भए पनि उहाँकहाँ मद्दतको लागि जाऊँ...