साँचो भविष्यवक्ताकाे चित्र :
1. ऊ एक स्कूलकाे शिक्षक जस्तै हाे, जसले मानिसहरूलाई ख्रीष्ट कहाँ ल्याउँछ, तर थोरैले मात्रै उनको कक्षामा श्रेणी बढाउँछन।
2. ऊ जीवित हुँदा मित्रहीन हुन्छ, तर मरेपछि प्रसिद्ध हुन्छ।
3. ऊ सेवकाईमा स्थापित हुँदा ठुलो विरुद्ध हुनेछ, तर भविष्यमा ऊ सन्तको रूपमा स्थापित हुनेछ।
4. उसले सेवा गर्दा दैनिक दु:खको रोटी खान्छ, तर उसले जीवनको रोटी खुवाउनेछ, जसले उसको कुरा सुन्नेछन।
5. ऊ मानिसहरूको अघि केही दिनसम्म हिँड्छ, तर त्याे भन्दा पहिले वर्षौंसम्म परमेश्वरको अगाडि हिँडेको हुन्छ।
6. ऊ राष्ट्रको लागि कष्टकर हाे, तर त्याे भन्दा पहिले ऊ राष्ट्रद्दारा कष्ट पाएको हुन्छ।
7. उसले परमेश्वरकाे सन्देशलाई घोषणा गर्नेछ, स्पष्ट पार्नेछ र तिरस्कृत हुनेछ।
8. उसको हृदय ज्वालामुखी जस्तै छ, र उसका शब्दहरू आगो जस्तै छन।
9. उसले मानिसहरूसँग परमेश्वरको बारेमा कुरा गर्छ।
10. उसले विधर्मीहरूका बीचमा सत्यको दियो लगेर जान्छ, तर उसलाई मानिसहरूले उपहास गर्नेछन।
11. उसले मानिसहरूको अघि जानुभन्दा पहिले परमेश्वरकाे अघि गएको हुन्छ।
12. ऊ गोप्य ठाउँमा परमेश्वरसँग लुकेको हुन्छ, तर बजारमा लुकाउने ऊसँग केही छैन।
13. ऊ स्वाभाविक रूपमा संवेदनशील हुन्छ, तर अलौकिक रूपमा आत्मिक हुन्छ।
14. ऊसँग जोश, उद्देश्य र मुस्कान हुन्छ।
15. ऊ परमेश्वरबाट नियुक्त भएको हो, तर मानिसहरूद्वारा घृणा गरिएको हुन्छ।
- लियोनार्ड रेभेनहिल
* आज मण्डलीलाई परमेश्वरले पठाउनु भएको भविष्यवक्ता चाहिएकाे छ। यदि तपाईंले साँचो भविष्यबक्तालाई अपनाउनु भएको छैन भने झुठो भविष्यबक्तालाई अपनाउनु पर्नेछ!
र अन्तमा, तपाईंको निम्ति प्रश्न याे छ कि,
के तपाईंले साँचो भविष्यवक्तालाई चिन्नुभएकाे छ?
यसकारण होशे 9:7 मा लेखिएको छ,
“दण्ड दिने दिनहरू नजिकै छन, प्रतिशोधका दिनहरू आइरहेछन। इस्राएलले त्यो थाहा पाऊन। तिम्रा धेरै पाप र ठूलो वैरभावको कारणले तिम्रो लागि अगमवक्ताचाहिँ मूर्ख र आत्माले प्रेरित भएको मानिसचाहिँ बौलाहासरह हुनेछ।”

No comments:
Post a Comment